न्यू साउथवेल्सका प्रिमियर बार्डले लिए राजनीतिबाट सन्यास

१९ जनवरी, सिड्नी । अष्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्यू साउथवेल्सका प्रिमियर माइक बार्डले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा भाबुक हुँदै उनले १० वर्षदेखिको राजनीति यात्राबाट बिश्राम लिने घोषणा गरे ।

‘मैले धेरैपटक भनेको छु कि म जीवनभर राजनीति गर्न चाहन्नँ’, उनले बिहीबार भने, ‘आज म त्यस प्रतीज्ञालाई व्यवहारमा उतार्न गइरहेको छु ।’

बार्ड अष्ट्रेलियाका निक्कै चर्चित राजनीतिज्ञमध्ये एक हुन् । तर पछिल्ला मत परीक्षणहरुले भने उनको लोकपि्रयता खस्कँदै गइरहेको देखाएको थियो ।

अर्को साता हुने पार्टीको बैठकमा उनको राजीनामा स्वीकृत हुने बताइएको छ र त्यही बैठकले बार्डको उत्तराधिकारी चयन गर्नेछ ।

पार्टीका कोषाध्यक्ष ग्लेडिस बेरेजिक्लिन बार्डको उत्तराधिकारीको प्रमुख दावेदारको रुपमा देखिएका छन् ।

‘मेरो बिचारमा सबैजना अचम्मित भएका छन्,’ न्यू साउथ वेल्सका उपप्रिमियर जोन बारिलारोले भने, ‘आजको घोषणाले के प्रमाणित भएको छ कि उनले परिवारलाई समय दिने निर्णय गरे ।’

बार्ड अप्रिल २०१४ मा न्यू साउथ वेल्सको मुख्यमन्त्री बन्नुलाई उच्च सम्मानको रुपमा लिइन्छ । तर त्यस पदका लागि उनको योगदान भने उल्लेख्य छ नै ।

‘मेरा मातापिता र बहिनी निक्कै गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहँदा मैले समय दिन पाइनँ र त्यसले मलाई पीडा हुन्छ,’ बार्डले भने, ‘तर अब समय परिवर्तन हुँदैछ ।’

मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय बाट अन्य

भेनेजुएलामा गयो शक्तिशाली भूकम्प, विभिन्न भागमा व्यापक क्षति

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा...

सगरमाथा चुचुरोमा पुगे अहिलेसम्मकै धेरै आरोही

एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका...

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो...

अमेरिकाले एमसीसी बन्द गर्ने

अर्बपति इलोन मस्कले नेतृत्व गरिरहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वमा आर्थिक वृद्धि र गरिबी घटाउन...

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी...

विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीको जापान सरकारलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग  आज शिष्टाचार भेटवार्ता...

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा...

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए...