बैदेशिक रोजगारी
भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै आए पनि मुख्य विषयमा ठोस निर्णय हुन नसकेको भन्दै आन्दोलनलाई थप कडा बनाउने जनाएको हो। संघका अनुसार साउन २२ गतेसम्म श्रम स्वीकृति प्राप्त गरेका श्रमिकलाई भदौ १ गतेसम्ममा गन्तव्य मुलुकतर्फ पठाइसक्नुपर्नेछ।...
...विस्तृतमा पढ्नुहोस्वैदेशिक रोजगार ठगीविरुद्ध अनलाइनबाटै उजुरी
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित भएका श्रमिकले अब उजुरी दिन काठमाडौं पुगिरहनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलको औपचारिक शुभारम्भ गर्दै यसले पीडितलाई घरबाटै न्यायको पहुँच दिलाउने विश्वास व्यक्त गरे। अहिलेसम्म वैदेशिक...
...विस्तृतमा पढ्नुहोस्नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनमा रामप्रसाद गैरेअध्यक्षमा विजयी
काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा रामप्रसाद गैरे विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी किशोर केसीलाई पराजित गर्दै एसोसिएसनको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बु तथा तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ,...
...विस्तृतमा पढ्नुहोस्भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...
...विस्तृतमा पढ्नुहोस्परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो। भेटमा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी...
...विस्तृतमा पढ्नुहोस्प्रभु साहका आठ प्रश्नमा प्रधानमन्त्रीको आक्रोश– यहाँलाई धन्यवाद छ !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहसँग आक्रोशित बनेका छन् । साहले प्रधानमन्त्रीलाई राखेका आठ प्रश्नको जवाफको सुरुमै भने, “यी उहाँका प्रश्न होइनन्, उहाँका मनमा रहेका घृणा हुन् । संसद् जस्तो गरिमामय स्थानमा यस्तो भाषा राख्दा तपाईंलाई के लाभ भयो ? भन्न मिल्छ ? तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?” लिखित जवाफको तयारीमा रहेका प्रधानमन्त्रीले भने, “ उहाँले गर्नुभएका प्रश्नमा खासै...
...विस्तृतमा पढ्नुहोस्सरकारले सुशासनको आधार तयार गर्दैछ, आवश्यक कानून बनाउँछ: मन्त्री भण्डारी
काठमाडौं । उद्योग मन्त्री दामोदर भण्डारीले सरकारले सुशासनको आधार तयार बनाइरहेको दाबी गरेका छन्। एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सेवा प्रवाहको क्षेत्रमा काम गरिरहेको बताए। उनले भने, सरकारले सुशासन र रोजगारीको प्रश्नहरु अन्त्य गर्दैछ। उद्योगलाई पनि हामीले प्रविधिकेन्द्रित बनाउँदै लगेका छौं। त्यही अनुसार अहिले नीति अगाडि बढाएको छ। हामी अहिले नीति सुधारमा लागेका छौं। उद्योगको पूर्वाधार सुधार गर्दैर्छौँ। कानून सुधार गर्दैछ। उनले...
...विस्तृतमा पढ्नुहोस्जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताए। “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक...
...विस्तृतमा पढ्नुहोस्रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव...
...विस्तृतमा पढ्नुहोस्अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो। बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...
...विस्तृतमा पढ्नुहोस्





