अर्थ
सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने उद्देश्य राखेको छ। नयाँ व्यवसायिक यात्रासँगै सोनीले सुनचाँदी कारोबारमा ग्राहकको विश्वासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘विश्वास, शुद्धता र पारदर्शिता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावनाका साथ भगवती ज्वेलर्स सञ्चालनमा...
...विस्तृतमा पढ्नुहोस्खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको कार्यसम्पादन, वर्तमान गतिविधि तथा आगामी कार्ययोजनाबारे चर्चा गरिएको थियो। कार्यक्रममा कम्पनीले खाद्य वस्तुको आपूर्ति व्यवस्थापन, बिक्री वितरण, बजार हस्तक्षेप तथा उपभोक्तालाई सहज रूपमा खाद्य सामग्री उपलब्ध गराउन निर्वाह गर्दै आएको...
...विस्तृतमा पढ्नुहोस्भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै आए पनि मुख्य विषयमा ठोस निर्णय हुन नसकेको भन्दै आन्दोलनलाई थप कडा बनाउने जनाएको हो। संघका अनुसार साउन २२ गतेसम्म श्रम स्वीकृति प्राप्त गरेका श्रमिकलाई भदौ १ गतेसम्ममा गन्तव्य मुलुकतर्फ पठाइसक्नुपर्नेछ।...
...विस्तृतमा पढ्नुहोस्युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई आधुनिक, पारदर्शी र व्यवसायीमैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेकी भण्डारीले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको परिणाम नभई समग्र पर्यटन व्यवसायको साझा...
...विस्तृतमा पढ्नुहोस्नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा वन नेपाल (Forest Nepal) का संस्थापक तथा हाल फिनल्यान्डमा कार्यरत डा. हरि अधिकारीले डिजिटल प्रविधि तथा सफ्टवेयर नवप्रवर्तनको प्रयोगमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र वैज्ञानिक बनाउन सकिने...
...विस्तृतमा पढ्नुहोस्कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन
काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ। यसअघि एशोसिएशनका अध्यक्ष रमेशकुमार बरालको सभापतित्व तथा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमको...
...विस्तृतमा पढ्नुहोस्बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच व्यावसायिक एकता, संस्थागत सुदृढीकरण र व्यवसायीका साझा मुद्दा समाधानप्रति नयाँ अपेक्षा जागेको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ईश्वर लामाले ७७ मत प्राप्त गर्दै स्पष्ट बहुमतका साथ विजय हासिल गरे। उनका...
...विस्तृतमा पढ्नुहोस्नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न
काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न साधारणसभा संस्थाका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन कम्पनी सचिव राजेश श्रेष्ठले गरेका थिए भने सञ्चालक सन्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिमा शेयरधनी,...
...विस्तृतमा पढ्नुहोस्बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो
काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। त्यसैगरी मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट बढेर ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ३६५...
...विस्तृतमा पढ्नुहोस्भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने
काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पूरा सिलिन्डर बजारमा पठाउन लागेको हो। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न...
...विस्तृतमा पढ्नुहोस्





