शिक्षा
लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन, शिक्षा मन्त्रालयको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित सञ्चालनमा आएको यी कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको जनाएको छ। कार्यक्रम उद्घाटन गर्दै फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज...
...विस्तृतमा पढ्नुहोस्संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गरेको हो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत २४औँ राष्ट्रिय परिषद् बैठकबाट पारित २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै संगठनले शिक्षा क्षेत्रलाई अझै पनि पुरानो शिक्षा ऐन, २०२८ को आधारमा सञ्चालन गर्नु...
...विस्तृतमा पढ्नुहोस्शैक्षिक परामर्श संस्थामा कडाइः विदेशी लगानी बन्द, मेला वा प्रदर्शनीमा रोक
काठमाडौँ । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम...
...विस्तृतमा पढ्नुहोस्इक्यान र आइप्यानबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने साझा लक्ष्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीसँगै दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने, नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण...
...विस्तृतमा पढ्नुहोस्भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...
...विस्तृतमा पढ्नुहोस्सरकारी र सरकारको स्वामित्वममा जागिर खाएका चुनाव लड्न नपाउने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो । निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा...
...विस्तृतमा पढ्नुहोस्ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन...
...विस्तृतमा पढ्नुहोस्इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ । हरेक...
...विस्तृतमा पढ्नुहोस्आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि...
...विस्तृतमा पढ्नुहोस्कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ । मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ । तर, हामीले...
...विस्तृतमा पढ्नुहोस्





