भेनेजुएलामा गयो शक्तिशाली भूकम्प, विभिन्न भागमा व्यापक क्षति

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् ।भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै...

...विस्तृतमा पढ्नुहोस्

सगरमाथा चुचुरोमा पुगे अहिलेसम्मकै धेरै आरोही

एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका महासचिव ऋषि राम भण्डारीले विज्ञप्ति जारी गरेर एकैदिन ठूलो संख्यामा आरोही सगरमाथा चुचुरोमा पुग्नुलाई ठूलो उपलब्धि र नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण क्षण भएका बताएका छन्। यो सिजनमा...

...विस्तृतमा पढ्नुहोस्

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...

...विस्तृतमा पढ्नुहोस्

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । ओलीलाई मेन्सन गर्दै मोदीले लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी,...

...विस्तृतमा पढ्नुहोस्

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरे । ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ...

...विस्तृतमा पढ्नुहोस्

विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीको जापान सरकारलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग  आज शिष्टाचार भेटवार्ता गर्दै राजमार्गको पुनर्निर्माणका गरिदिन आग्रह गरेकी हुन्। भेटमा नेपाल जापान सम्बन्धका विविध पक्ष, दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। उनले नेपालको एक प्रमुख...

...विस्तृतमा पढ्नुहोस्

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो। भेटमा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी...

...विस्तृतमा पढ्नुहोस्

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे । ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड...

...विस्तृतमा पढ्नुहोस्

सुनचाँदीको मूल्य वृद्धि

फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस...

...विस्तृतमा पढ्नुहोस्