मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन खुला

काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ संस्करण सार्वजनिक गरेको हो। संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित महिलाले खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने जानकारी दिए। उनका अनुसार प्रतियोगिताको...

...विस्तृतमा पढ्नुहोस्

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...

...विस्तृतमा पढ्नुहोस्

हासोले भरिएको “फेरि रेशम फिलिली”

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको छ। हास्यरसले भरिपूर्ण ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिनसक्ने संकेत गरेको छ। निरोज महर्जनद्वारा निर्देशित फिल्मको ट्रेलरले झण्डै १० वर्षअघि...

...विस्तृतमा पढ्नुहोस्

ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन...

...विस्तृतमा पढ्नुहोस्

आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि...

...विस्तृतमा पढ्नुहोस्

श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक...

...विस्तृतमा पढ्नुहोस्

डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई...

...विस्तृतमा पढ्नुहोस्

रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौं :  भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव...

...विस्तृतमा पढ्नुहोस्

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

अर्बिट इनर्जीले ५० करोडको आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर...

...विस्तृतमा पढ्नुहोस्