अभिनेत्री मेलिना मानन्धरले ‘प्रियसी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेकी हुन् । उनले प्रेमपिण्ड, जालीरुमाल, सिमाना, रानीखोला, मामाघर जस्ता हिट चलचित्रहरुमा काम गरिसकेकी छिन् भने ठूलो पर्दामा ‘ज्वालामुखि’ र टेलिफिल्म ‘करुणा’ निर्माणसमेत गरेकी छन् । कुनै समय निकै चलेकी नायिका मेलिना अहिले भने चलचित्रमा एकदमै कम झुल्किने गरेकी छिन् । सेन्सर बोर्डकी सदस्यसमेत भएर काम गरेकी मेलिना अहिले परिवार र चलचित्र बाहिरकै काममा ब्यस्त छिन् । श्रीमान मुकेश ढकाल अमेरिका गएपछि मेलिना आफूलाई हरेक कुरामा समय अभाव भईरहेको महशुस गर्छिन् । यद्यपी उनले दुईवटा चलचित्र ‘लालटिन’ र ‘रोमियो’मा काम गरेकी छिन् जुन चलचित्रहरु रिलिजको तयारीमा छन् । 
मेलिना मानन्धर आफू सानोमा एकदमै सरल र ज्ञानी बच्चा भएको बताउँछिन् । कुनै पनि काममा नहडबढाउने उनको स्वभाव थियो । केही कुरा हेरेमा एकोहोरो भएर हेरिरहन्थिन् । पढ्नमा उनको रुचि फिटिक्कै थिएन जसका कारण उनले आफ्नो अध्ययनलाई उच्च शिक्षासम्म पुर्याउन सकिनन् । पढाईमा किन मन लागेन त ? जवाफमा मेलिना भन्छिन, खै ममा पढ्नु पर्छ भन्ने जोश जाँगर नै आएन । त्यसमाथि स्कुलको वातावरणले मलाई नपढ्नलाई बल पुर्यायो । शिक्षक एकदमै कडा हुनुहुन्थ्यो । सायद पढ्ने वातावरण राम्रो भएको भए म धेरै पढ्थेँ होला ।
उनको सुन्दरतामा नलठ्ठिने प्रायः कमै होलान् । उनको जीवनमा धेरै किसिमका फ्यानहरु आए जो उनीसँग जीवन बिताउन चाहान्थे । उनका बच्चादेखि बुढासम्मका फ्यानहरु छन् । विवाहित भएको थाहा हुँदा पनि आफूलाई चाहनेहरु धेरै भएको मेलिनाले बताईन् । जीवनमा आफूले सानैमा सँगै पढ्ने एक जना केटालाई मन पराएको कुरा उनले खोलिन् । तर उनीसँग पछि स्कुलमा पिटापिट भएर उनको सम्बन्ध छुट्टियो । पछि फेरि एक फ्यानले उनलाई रगतले लेखिएको प्रेमपत्र पठाएका थिए । धेरै वर्षसम्म उनले त्यो प्रेमपत्र संगालेर राखेकी थिईन् । किनकी उनी आफैलाई पनि त्यो प्रेमपत्र प्यारो लाग्थ्यो । उनले यसो भनिरहँदा हामीले अहिले पनि छ ? भनेर सोध्दा उनी भन्छिन, ‘दुःखको कुरा मैले सधै संगालेर राख्न सकिनँ । अहिले त कहाँ पुग्यो थाहै भएन ।’
जीवनमा हत्तपत्त विवादमा नआएकी मेलिनालाई मिडियाका केही कुराहरुले भने निकै हाँसो उठाउँदा रहेछन् । अन्र्तवार्ता लिन आउनेले आफूलाई अझै पनि तपार्ईको पहिलो सिनेमा कुन हो ? भनेर सोध्छन् । यो प्रश्न सुन्दा उनलाई एकदमै हाँसो उठ्छ । अर्को कुरा ‘सेक्स भनेको के हो ?’ भनेर उनलाई धेरै मिडियाकर्मीले सोधेका रहेछन् । यो पनि उनलाई फिटक्कै मन नपर्ने र धेरै हाँसो उठाउने प्रश्न हो । सेक्स सम्बन्धी सोधिने प्रश्नका बारेमा बोल्दै उनी भन्छिन, ‘कुनै समय प्राय सबै पत्रपत्रिकाले आफ्नो ग्राहक पाठक बढाउन यस विषयमा लेख्नु भो । कलाकारहरुलाई सोध्नु भयो । तर अहिले त्यो चलन हटेको छ । बेकारको लाग्छ त्यो प्रश्न मलाई ।’जीवनमा मिडियाका कारण कहिल्यै अफ्ठ्यारोमा पर्नु भएको छ ? भन्ने हाम्रो जिज्ञासामा मेलिना भन्छिन, छ नि । एक पटक फोटोसपबाट मेरो टाउको र अर्काे व्यक्तिको भल्गर जिउ राखेर फोटो छापिएको रहेछ । त्यतीबेला म संगै ४ र ५ जना नायिकाहरुको फोटो त्यसरी नै बाहिरिएको थियो । त्यसले बजारमा निकै हंगामा मच्चाएको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
मोडेल बाट अन्य
काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो...
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि...






