‘छक्का पन्जा २’ र ‘मंगलम’ एकसाथ मैदानमा उत्रिदै

नेपाल फिल्म क्षेत्रमा सबैभन्दा बढी चर्चामा रहने विषय भनेको नेपाली फिल्मको रिलिज मिति हो । बारम्बार रिलिज मिति फाइनल भएका फिल्मको रिलिज पोस्टपोन्ड र नयाँ मिति कन्फर्म लगायतका खबरले नेपाली मिडियामा राम्रै स्थान पाउने गर्छन । यस्तै, एकै मितिमा दुई वा त्योभन्दा बढी फिल्मको भिडन्तको खबरले पनि नेपाली मिडियामा ठूलै भूकम्प ल्याउने गरेका छन् ।
आज हामी असोज ११ गते रिलिज हुन लागेका दुई फिल्मको महासंग्रामको विषयमा कुरा गर्दैछौं । असोज ११ गते यसवर्षको सबैभन्दा ठूलो भिडन्त हुँदैछ । दशैंको फूलपातीमा ‘छक्का पन्जा २’ र ‘मंगलम’ एकसाथ मैदानमा उत्रिदैछन् । दशैंको विदा खान यी दुवै फिल्मले असोज ११ गतेलाई रिलिज कन्फर्म गरेका हुन् ।
अनौठो के छ भने निर्माता छविराज ओझा फिल्म रिलिजको झण्डै ३ महिना अगाडि नै गीत सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गर्ने गर्छन । तर, फिल्म ‘मंगलम’को अहिलेसम्म न पोस्टर रिलिज भएको छ न त गीत नै । फिल्म वितरणको जिम्मा लिएको एफडी कम्पनीले पनि ‘छक्का पन्जा २’ एकसाथ रिलिज हुने भएपछि हल कम पाउने भन्दै निर्माता ओझालाई रिलिज मिति सार्न आग्रह गरिरहेको छ ।
फिल्म रिलिजका लागि २ महिना बाँकी रहँदा छविराज ओझाले पोस्टर र गीत सार्वजनिक नगर्नुले पनि उनी उक्त मितिबाट पछाडि हट्ने सोचमा रहेको अनुमान लगाउन सकिन्छ । तर, उनले आधिकारीक जानकारी भने दिएका छैनन् । फिल्म ‘छक्का पन्जा २’ को केहीदिन भित्रमा नै पहिलो गीत रिलिज हुँदैछ भने गएको महिनामा नै हल टीजर युट्युबमा सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गरिसकेको छ ।
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, ‘मंगलम’लाई असोज ११ गतेबाट पोस्टपोन्ड गरेर कात्तिक ३ गते अनमोल केसी अभिनित फिल्म ‘कृ’सँग एकसाथ रिलिज गर्ने तयारी भैरहेको छ । तर, यसको औपचारिक जानकारी भने बाहिरिएको छैन । निर्माता छविराज ओझाले असोज ११ गतेबाट पछाडि हटेर कात्तिक ३ गते फिल्म रिलिज गर्ने कुरा गलत रहेको फिल्मीखबरसँगको फोनर्वार्तामा बताए । यस्तै, फिल्म वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले भने, ‘छविराज ओझा पुरानो मेकर हुनुहुन्छ । उहाँलाई सेल्फल्यान्डिङ गर्ने कुरामा अहिले छलफल भैरहेको छ । केहीदिन भित्रमा नै रिलिजको टुंगो लाग्छ ।’
यदी छविराज ओझा असोज ११ गतेबाट पछाडि नहटे ‘छक्का पन्जा २’ सँगको भिडन्त हेर्न लायकै हुनेमा शंका छैन । फिल्म ‘मंगलम’मा पुष्पल खड्का, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको मुख्य भूमिका छ भने नवल नेपालले फिल्म निर्देशन गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन खुला

काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...

हासोले भरिएको “फेरि रेशम फिलिली”

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...

ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...

आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...

श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो...

डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...

रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौं :  भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...

अर्बिट इनर्जीले ५० करोडको आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि...