
स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ । हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली चोकमा रहेको राजधानी ब्याङ्क्वेट एण्ड मल्टी भेन्युमा तिजी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
रुकुम पूर्व पश्चिम यातायात प्रा लि,रुकुमेली ट्रभल्स एण्ड टुर प्रा लि काठमाडौ र अनुग्रह मनिट्रान्फर मुख्य प्रायोजक रहेको महोत्सवलाई श्री आदर्श मावी भुपू विद्यार्थी परिवार आठ, विस कोट १४ घेत्मा,होटल कमल ताल बसन्तनगर,मोनाल गेष्ट हाउस बसन्तनगर,करिष्मा गेष्ट हाउस बसन्त नगर तथा रुकुम यातायात प्रा लि ले सहप्रायोजन गरेको छ । यस्तै महोत्सवलाई आनन्द पुन समाजसेवी,न्यु भ्याली कोल्ड स्टोर हात्तिगौँडा,राप्ती रुक्मेली धर्तीमाता गेष्टहाउस मित्रनगर,होटल माउण्ट एभरेष्ट मित्रनगर,सानोभेरी यातायात समितिले प्रायोजन गरेको छ ।
तिज महोत्सवमा वरिष्ठ लोक तथा दोहरी गायक गायिकाहरु बिमाकुमारी दुरा,दीला विक,किरणबाबु पुन,पुर्णिमा सेन, रमेश डाँगी, तिलक परियार,सूर्या पुन,आशा पुन,अमित परियार,कपिल मगर नेपाली दाई मनिषा ओली लगायतको विशेष प्रस्तुती रहने आयोजक जनप्रिय इभेन्ट म्यानेटमेन्टका प्रबन्ध निर्देशक उनबाहादुर तामाङले जानकारी दिनु भयो । यस्तै महोत्सवमा हस्याकलाकार प्रकाश काँडेल गुलेलीले पेटमिची हँसाउने छन् ।
महोत्सवमा आधुनिक गायक प्रकाश रन्काको विशेष प्रस्तुती रहने छ भने मोडल आयुषा राईले आफ्नो कला प्रस्तुत गर्ने छिन् ।पूर्व खेलकुद मन्त्री कमला रोका प्रमुख अतिथी रहने कार्यक्रममा पूर्व गृह तथा उर्जा मन्त्री जनार्दन शर्मा,पूर्व बाणिज्य मन्त्री गणेशमान पुन,दलजित शेर्पाली,गोपाल जी जंग शाह,मिठ मल्ल,तिथी गौतम,ठगेन्द्र पुरी,मानबहादुर नेपाली,अर्जुन केसी, सुेरेन्द्र बहादुर शाह लगायतका अतिथीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।
लक्ष्मी र टाइमेक्सले साथ दिएको तीज महोत्सवलाई प्रिन्ट पार्टनरको रुपमा प्रिन्ट बजारले साथ दिएको छ । यस्तै अफिशियल मिडियाको रुपमा सञ्चार खबर डटकम तथा रेडियो काठमाण्डौ रहेको छ । कार्यक्रम व्यावस्थापकको रुपमा उनबाहादुर तामाङ र मिलन तामाङ रहनु भएको छ । कार्यक्रममा सहभागी हुनका लागी ५ सय र एक हजारको प्रवेश पासको ब्यबस्था गरिएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ । अघिल्लो वर्षको ‘स्विङ’मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो । जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको...
हुम्ला। शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिण भेग...
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...
काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...






