
४ बैशाख । हामी आठौं राष्ट्रिय खेलकुदको पुर्व सन्ध्यामा छौं । नेपाली खेलकुदकै बहुप्रतिक्षित एवं प्रतिष्ठित खेलकुद महोत्सव आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घघाटन बैशाख ५ गते बेलुकी ६ बजे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्युले गर्नुहुनेछ ।
बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसर हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपुर्ण मञ्च हो ।
बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने सुवर्ण अवसर हो बृहत खेलकुद । खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन । तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो ।
अन्तराष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो । यो स्वर्णिम अवसरलाई हामी सबैले सदुपयोग गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको मान्यता छ । तसर्थ यसबीचमा बन्द र हड्तालका कुनै पनि कार्यक्रम नगरिदिन हामी सबैलाई हार्दिक अपिल गर्दछौं । यदि पुर्व्निर्धा्रित कार्यक्रम भए फिर्ता लिइ आम खेलाडीको मनोभावनालाई कदर गरिदिनहुन पनि हामी अपिल गर्दछौं । आठौं सफल बनाउने दायित्व तपाई हामी सबैको हो ।
आठौं अन्तर्गत १४ खेल उद्घाटन अघि नै सम्पन्न हुने यहा“हरुमा जानकारी गराउन चाहन्छु । बा“की २५ खेल बैशाख ५ देखि ११ गतेको अवधिमा सम्पन्न हुनेछ । यसका लागि पनि देशका बिभिन्न भुभागबाट खेलाडी आइसकेका छन, कतिपय खेलाडी आउने क्रम जारी छ ।
३७ वर्षको बृहत खेलकुदको इतिहासमा सुरुका तीन संस्करण बाहेक बृहत राष्ट्रिय खेलकुद निर्धातित २ वर्षको अवधिमा हुन सकेको छैन । यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौं राष्ट्रिय खेलकुदको समापन पछि आठौं खेलकुदको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौ ।
आठौं राष्ट्रिय खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हो भन्ने हाम्रो बुझाइ हो । ५० मिटर लम्बाइको पौडी पोखरीमा सम्बन्धित प्रदेशमै प्रतियोगिता हुनु, उपत्यका बाहिर सिन्थेटिक ट्रयाकमा एथलेटिक्स हुनु, नेपालमै अत्याधुनिक प्यारापिट निर्माण गरिनु, प्रायजसो हरेक खेलको आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनु, बाध्यतावश विदेशिएका खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पहिलोपटक एनआरएनए टिमलाई सहभागी गराउनुलगायत प्रतियोगिताका महत्वपूर्ण पक्ष हुन् ।
आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन् । २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकगरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागि हुनेछन् । यी खेलाडीका लागि राष्ट्रिय टिममा छनोट हुने एउटा अवसर पनि हो ।
नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद(साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिनहुन सबै पक्षस“ग हार्दिक अपिल गर्दछौं ।
आठौं राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउनु प्रमुख दायित्व हाम्रो नै हो । सहयोगका लागि सबैलाई धन्यवाद ।
मा प्रकाशित
यसमा तपाइको मत
खेलकुद बाट अन्य
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा खो–खो खेलको विकास र विस्तार गर्ने उद्देश्यले पहिलोपटक काठमाडौं महानगरपालिका व्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खो–खो प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका खो–खो संघले आइतबार आयोजित पत्रकार...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...
स्नेहित रेड्डीको आक्रमक शतकमा न्युजिल्यान्डले आइसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीसामु ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको...
मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रु. ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेकाे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै कीर्तिपुरस्थित...
पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरको जीत गर्दै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि हात पारेको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै...
काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।...
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते)...






