युरो कप फुटबलमा इटली र डेनमार्क क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एकरएक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।
यस्तै १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको छ । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।
डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।
डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
मा प्रकाशित
यसमा तपाइको मत
खेलकुद बाट अन्य
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा खो–खो खेलको विकास र विस्तार गर्ने उद्देश्यले पहिलोपटक काठमाडौं महानगरपालिका व्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खो–खो प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका खो–खो संघले आइतबार आयोजित पत्रकार...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...
स्नेहित रेड्डीको आक्रमक शतकमा न्युजिल्यान्डले आइसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीसामु ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको...
मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रु. ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेकाे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै कीर्तिपुरस्थित...
पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरको जीत गर्दै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि हात पारेको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै...
काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।...
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते)...







