सरिफ पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई शुक्रबार राति लाहोरस्थित विमानस्थलबाट पक्राउ गरिएको छ । लन्डनबाट अबुधाबी हुँदै शुक्रबार पाकिस्तान फर्किएका सरिफ लाहोर विमानस्थलमा ओर्लिए लगत्तै पक्राउ परेका हुन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई शुक्रबार राति पक्राउ गरिँदै र सरिफकी छोरी मरियम नवाज ।

सरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल अकाउन्टेबिलिटी ब्युरो (एनएबी) का अधिकारीहरूले पक्राउ गरेका हुन् । सरिफले कार चढेर जान अस्वीकार गरेपछि चार्टर्ड जहाजबाट राजधानी इस्लामाबाद पुर्‍याइएको थियो । लगत्तै उनीहरूलाई अडियाला जेल पुर्‍याइएको हो ।

सरकारी अधिकारीहरूलाई सरिफ र मरियमलाई अदालतमा उपस्थित नगराईकन जेल पठाउने आदेश दिइएको थियो । सरिफलाई तत्कालका लागि अडियाला जेलमै राखिने अधिकारीहरूले जनाएका छन् । मरियमलाई भने स्वास्थ्य परीक्षण र अरू औपचारिकता पूरा गरी इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने जनाइएको छ ।

लाहोरमा सरिफको स्वागतका लागि बसेका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही सामान्य घाइते भएको जनाइएको छ ।

पाकिस्तानी अदालतले गत जुलाई ६ मा भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्ष जेल सजाय सुनाएको थियो । जेल सजायसँगै १ करोड अमेरिकी डलर जरिवानाको फैसला गरेको थियो । अदालतले सजाय सुनाउने बेला सरिफ आफ्नी श्रीमतीको उपचारका लागि लन्डनमा थिए ।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपिल गरेको थियो । विमानस्थल पुगेका कैयौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न समयमा ३ पटकसम्म पाकिस्तानको प्रधानमन्त्री बनेका सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट मुक्त भएका थिए ।

साथै अदालतले उनलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्धसमेत लगाइसकेको छ । तर सरिफ तथा उनका समर्थकले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् । सरिफले भने ‘सत्तापक्षले राजनीतिक पूर्वग्रहका आधारमा आफूलाई फसाएको’ आरोप लगाए ।

सरकारले अनावश्यक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन स्वतन्त्र रूपमा हुनेमा आशंका व्यक्त गरे । पाकिस्तानमा आगामी जुलाई २५ मा हुने आमनिर्वाचनको पुर्वसन्ध्यामा भएको उनको गिरफ्तारी अर्थपूर्ण भएको जनाइएको छ । पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन हुँदै छ ।

मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय बाट अन्य

भेनेजुएलामा गयो शक्तिशाली भूकम्प, विभिन्न भागमा व्यापक क्षति

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा...

सगरमाथा चुचुरोमा पुगे अहिलेसम्मकै धेरै आरोही

एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका...

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो...

अमेरिकाले एमसीसी बन्द गर्ने

अर्बपति इलोन मस्कले नेतृत्व गरिरहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वमा आर्थिक वृद्धि र गरिबी घटाउन...

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी...

विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीको जापान सरकारलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग  आज शिष्टाचार भेटवार्ता...

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा...

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए...