भारतसँग विवाद बढ्दै गएपछि चीनले हजारौँ टन सैन्य सामग्री तथा बन्दोबस्तीका सामान तिब्बत पुर्याएको बताइएको छ। चिनियाँ जनमुक्ति सेनाले तिब्बतको कुनलुन पर्वतभन्दा दक्षिणी क्षेत्रमा सो सामग्री पुर्याएको हो।
चिनियाँ जनमुक्ति सेनाको मुखपत्र पिएलए डेलीले जनाएअनुसार जुन महिनाको अन्त्यतिर चिनियाँ सेनाले सडक तथा रेलमार्गबाट ती सामग्री तिब्बत पुर्याएको हो।
गएको सोमबार चिनियाँ सरकारी सिसिटिभीले विवादित दोक्लम क्षेत्रनजिकै तिब्बतमा चिनियाँ सेनाले सैन्य अभ्यास सम्पन्न गरेको बताएको थियो।
त्यही सैन्य अभ्यासका लागि सामग्री तिब्बत पुर्याइएको थियो वा युद्धको तयारीका लागि थियो भन्नेबारे पिएलए डेलीले केही बताएको छैन।
चीन–भुटान–भारत सीमामा गत महिनादेखी जारी तनाव कम गर्न पहिले भारतले आफ्नो सेना फिर्ता बोलाउनुपर्ने सर्त चीनले अघि सार्दै आएको छ। केही अघि जर्मनीमा भएको जि२० सम्मेलनका क्रममा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न अस्वीकार गरेका थिए। यस विषयमा दुवै देशले चेतावनीयुक्त भाषामा एकअर्काको आलोचना गरेका छन्।
चीन असामान्य रुपले आक्रमक: भारत
उता भारतीय विदेश सचिव एस जयशंकरले दोक्लम विवादमा चीन असामान्य रुपले आक्रमक भएको बताएका छन्। यद्यपि यसको समाधानका लागि कूटनीतिक प्रयास भइरहेको जानकारी उनले दिएका छन्। विदेश सचिव जयशंकरले भारतीय संसदको विदेश मामिला समितिमा सांसदहरुलाई चीनसँगको विवादबारे जानकारी गराउने क्रममा यस्तो बताएका हुन्।
उनले अन्धराष्ट्रवाद र चर्को मिडिया प्रचारबाजीका कारण यो विषय बढी उचालिएको बताउँदै चीनसँगको सम्बन्ध मिडियामा प्रचार भएजति नबिग्रेको दाबी पनि गरे।
संसदको विदेश मामिला समितिका ३१ मध्ये २० सदस्य उपस्थित सो बैठकमा विपक्षी कांग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धी पनि उपस्थित थिए। गान्धीले कास्मिरको विषयमा हालै इरान, रुस, टर्की र चीनजस्ता देशले चासो देखाउनु भारतको ‘कूटनीतिक असफलता’ भएको बताउँदै विदेश सचिवसामु प्रश्न सोधेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एकाथरि विश्लेषकहरुले भने चीन र भारतबीच पछिल्लो समय देखिएको विवाद सीमानाको कारण नभइ चीनको बेल्ट एन्ड रोड परियोजनालाई भारतले चुनौती दिएको कारण भएको तर्क पनि गरेका छन्।
मा प्रकाशित
यसमा तपाइको मत
अन्तराष्ट्रिय बाट अन्य
काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा...
एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली...
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी...
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग आज शिष्टाचार भेटवार्ता...
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए...
फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...


