९ माघ, सोलुखुम्बु। नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।
पर्यटकीय मौसममा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् ।
एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन् – “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।”
बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताए ।
उनका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ ।
माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन्, “यसले हामीलाई पनि समस्या पर्ने गरेको छ, कुनैबेला विमान उड्ने बेलामा पनि हराएको यात्रु खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपरेको थुप्रै घटना भएका छन्”, केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो ।
प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् ।
मा प्रकाशित
यसमा तपाइको मत
पर्यटन बाट अन्य
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । ठमेलको पर्यटन, व्यवसाय र व्यवस्थापनलाई नयाँ गति दिने प्रतिबद्धतासहित युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेल ठमेल पर्यटन विकास परिषद्को महासचिव पदको चुनावी मैदानमा उत्रिएका छन्। आगामी असार २७ गते हुने परिषद्को निर्वाचनका...
काठमाडौं । पर्यटकीय राजधानीका रूपमा परिचित ठमेलमा यसपटक नेतृत्व चयनको बहससँगै नयाँ पुस्ताका व्यवसायीहरूको सक्रियता पनि बढेको छ। यही क्रममा लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी रमेश थापा ले ठमेल पर्यटन विकास...
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी आषाढ २७ गते हुने निर्वाचनका लागि परिषद्का अनुभवी पर्यटन व्यवसायी राजु मान डंगोलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीलाई सक्रिय रूपमा अघि बढाएका छन्। यसअघि २०८३ असार १४ गते उम्मेदवारी घोषणा...
सहकारी अभियानमा तीन दशकदेखि गतिशिल, सक्रिय प्रारम्भिक संस्थादेखि सहकारी महासंघसम्म नेतृत्व गरेका डा.परितोष पौडेल आम सहकारीकर्मीमाझ परिचत नाम रहेको छ । वित्तीय कारोबारको मर्म बुभेका परितोष राष्ट्रिय सहकारी बैकको बागमती प्रदेश संचालक पदको उम्मेदवार...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही...
दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ। एक पुरुष र दुई महिलाको शव फेला परेको हो। उनीहरूको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ। फेला परेका पुरुष दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण...
काठमाडौं । सगरमाथाको ढुङ्गा बेचेर अरबौं कमाउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । नेपाली युवाले सगरमाथाको ढुङ्गाबाट घडीको डायल बनाई १३ लाखमा सो घडी बेचेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बहुमूल्य खजानाले...





