
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी आषाढ २७ गते हुने निर्वाचनका लागि परिषद्का अनुभवी पर्यटन व्यवसायी राजु मान डंगोलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीलाई सक्रिय रूपमा अघि बढाएका छन्। यसअघि २०८३ असार १४ गते उम्मेदवारी घोषणा गरिसकेका डंगोलले आफूले पाएको समर्थन, विश्वास र हौसलाप्रति सम्पूर्ण व्यवसायी, घरधनी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
लामो समयदेखि ठमेल पर्यटन विकास परिषद्सँग आबद्ध रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका डंगोलले परिषद्लाई अझ प्रभावकारी, व्यवसायीमैत्री र पर्यटन प्रवर्द्धनमुखी संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले परिषद्भित्रको आफ्नो अनुभव, संस्थागत निरन्तरता र व्यवसायीबीचको विश्वासलाई आगामी नेतृत्वको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
डंगोलले परिषद्को कार्यसमिति सदस्यबाट आफ्नो यात्रा सुरु गरेका थिए। त्यसपछि सचिव, महासचिव तथा लगातार तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै संस्थाको विकास र पर्यटन क्षेत्रको हितमा सक्रिय भूमिका निर्वाह गरेका छन्। उनले २०६५ सालमा कार्यसमिति सदस्य, २०६६ मा सचिव, २०६७ र २०६९ मा महासचिव तथा २०७१, २०७३ र २०७६ मा उपाध्यक्षका रूपमा सेवा गरेका थिए।
उनका अनुसार परिषद्मा लामो समय काम गर्ने क्रममा ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुराँ सञ्चालक, घरधनी र स्थानीय समुदायबाट प्राप्त विश्वास र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति हो। यही विश्वासलाई अझ मजबुत बनाउँदै ठमेललाई अन्तर्राष्ट्रियस्तरको सुरक्षित, व्यवस्थित, स्वच्छ र आकर्षक पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताएका छन्।
डंगोलले आफ्नो नेतृत्वमा परिषद्ले व्यवसायीको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन, सरसफाइ, शान्ति सुरक्षा, पूर्वाधार सुधार तथा निजी र सरकारी निकायबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ठमेलको मौलिक पहिचान जोगाउँदै आधुनिक पर्यटन बजारको आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाइने पनि बताएका छन्।
उनले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको अवसरका रूपमा लिँदै सबै सदस्यसँग सहयोग, सुझाव र समर्थनको अपेक्षा गरेका छन्। “ठमेलको समृद्धि नै हाम्रो साझा लक्ष्य हो। सबै व्यवसायी र सरोकारवालाको साथ, सुझाव र सहकार्यबाट मात्र ठमेललाई अझ सभ्य, सफा, सुरक्षित र आकर्षक बनाउन सकिन्छ,” उनले बताएका छन्।
आफ्नो चुनावी नाराका रूपमा उनले “परिपक्व नेतृत्व, स्वच्छ छवि, शालीन व्यक्तित्व, सभ्य र सफा ठमेल, कामप्रतिको लगनशीलता र शान्ति सुरक्षा कायम—हाम्रो प्रतिबद्धता” भन्ने सन्देश अघि सारेका छन्। यही नारालाई व्यवहारमा उतार्दै संस्थालाई थप सशक्त, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






