शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्यपुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा मन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुन अघि नै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।
व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले मंगलबारको बैठकमा वर्षेनी पाठ्यपुस्तक अभाव हुने गरेकोतर्फ सचेत गराएपछि पौडेलले समयमै पाठ्य पुस्तक उपलब्ध गराउने गरी कार्ययोजना बनाएर अघि बढेको जानकारी गराएका थिए ।
मन्त्री पौडेलले फागुन १ गते भित्रै पाठ्यपुस्तक सम्बन्धित विद्यालयले पाउने गरी छपाईको कामलाई तीव्रता दिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिइ सकेको बताए ।
त्यस्तै समयमा पुस्तक उपलब्ध गराउनकै लागि विगतको परम्परालाई पनि निरन्तरता दिदैं निजी क्षेत्रलाई समेत छपाईको काम दिएको जानकारी गराए । यसैबीच सरकारले पुस्तक छपाईको कामलाई अघि बढाउने कार्ययोजना बनाएपनि वितरणको कामको जिम्मा भने कसलाई दिने भन्ने टुंगो लगाउन सकेको छैन ।
त्यस्तै शिक्षा मन्त्रालयले भने विद्यालय तहका ७९ लाख ११ हजार ९ सय ६६ वटा पाठ्य पुस्तक स्टकमा रहेको र आवश्यक पुस्तकको छपाईको काम सकिने वित्तिकै वितरणको कामलाई तीव्रता दिने जनाएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
शिक्षा बाट अन्य
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौँ । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ...
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने साझा लक्ष्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।...
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली...
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...





