कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ ।

मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ ।

तर, हामीले बालबच्चालाई जहाँ मन्टेसरी भनेर पढ्न पठाइरहेका छौं, त्यो वास्तवमै मन्टेसरी शिक्षा

प्रणाली अपनाइएको छ ?

अभिभावकले एकदमै मनन गर्नुपर्ने प्रश्न हो यो।

किनभने मन्टेसरी शिक्षा प्रणाली अन्तर्गत त्यस्ता संशाधन पर्याप्त हुन जरुरी छ, जहाँ बालबालिकाहरु उन्मुक्त खेल्न सक्छन् । उनीहरुले खेलेर, अनुभव गरेर आफूलाई उजागर गर्ने वातावरण हुनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने मन्टेसरीका लागि बाल मनोविज्ञान बुझ्न सक्ने र सोही अनुरुप सहजीकरण गर्नसक्ने क्षमता भएको शिक्षक जरुरी हुन्छ ।

मन्टेसरीमा पुरातन ढर्राको पठनपाठन हुँदैन । त्यहाँ बालबालिकालाई जबरजस्ती कुनैपनि कुरा सिक्न बाध्य पारिँदैन । बरु बालबालिकाको रुची, इच्छा, क्षमता बुझेर सोही अनुरुप उनीहरुलाई उपयोगी कुराहरु सिक्नमा सहयोग गरिन्छ।

खासमा मन्टेसरी शिक्षा पद्धति कस्तो हुन्छ ? किन यो विश्वभर लोकप्रिय छ ? यी प्रश्न सँगसँगै मन्टेसरी शिक्षाको थालनी गर्ने मारिया मन्टेसरीको बारे जान्नु उपयुक्त हुन्छ।

कसरी सुरु भयो मन्टेसरी शिक्षा ?

मन्टेसरी शिक्षाको प्रवर्तक हुन्, मारिया मन्टेसरी । उनी इटालियन नागरिक थिइन् । मारिया मन्टेसरीले सन् १८९४ मा रोम विश्वविद्यालयबाट चिकित्साशास्त्रको पढाइ पूरा गरिन् । उनी मनोचिकित्सक र बाल विशेषज्ञ थिइन् ।

सुरुवाती दिनहरुमा मारियाले मानसिक रुपले विकलाङ्ग बच्चाको उपचार गरिन् । यस क्रममा के थाहा पाइन् भने यिनीहरुलाई उपचार होइन बरु उपयुक्त शिक्षा पद्धति आवश्यक छ । त्यसपछि उनको ध्यान चिकित्साभन्दा शिक्षामा बढी केन्द्रित भयो ।

सन् १९०० मा उनी अर्थोफ्रेनिक विद्यालयमा निर्देशक बनिन् । त्यहाँ उनलाई यस्तो शिक्षा पद्धति विकास गर्ने मौका दिइयो, जहाँ फरक क्षमताका बालबालिका पढ्न सकोस् । यसरी मारियाले बालबालिकाको मनोविज्ञान अनुरुप खेल एवं विभिन्न गतिविधिको माध्यामबाट नयाँ कुरा सिक्ने पद्धति विकास गरिन् ।

त्यस अघिसम्म पुरातन शैलीको शिक्षा व्याप्त थियो । सबै विद्यार्थीलाई एकै ठाउँमा राखेरे एकै किसिमले पठनपाठन गराइन्थ्यो । यसले गर्दा फरक क्षमताका बालबालिकाहरु ‘कमजोर’ कहलिन्थे । यदि सही शिक्षादीक्षा दिने हो भने उनीहरु छिटो र उत्कृट ढंगले सिक्न सक्छन् भन्ने कुरालाई मध्यनजर राखेर मारियाले नयाँ शिक्षा पद्धति विकास गरिन् ।

मन्टेसरीले खासगरी खेलको माध्यामबाट शिक्षा दिने पद्धतिको विकास गर्न चाहन्थिन् । उनलाई के थाहा थियो भने, बच्चाहरूमा खेल्ने प्रवृत्ति जन्मजात हुन्छ । त्यसैले उनीहरूले खेलको माध्यामबाट सहज रुपमा सिक्न सक्छन् ।

अन्ततः मारिया मन्टेसरीले त्यस्तै शिक्षा पद्धतीको विकास र अभ्यास गरिन्, जहाँ बालबालिकाहरु खेल्दै र रमाउँदै नयाँ कुरा सिक्न सक्छन् । यस नवीन पद्धती विश्वभर शिशु शिक्षाका लागि सर्वाधिक उपयुक्त विधि मानियो । पुरातन शिक्षाले ‘कमजोर’ भनेका बालबालिका पनि मन्टेसरी पद्धतीमा उत्कृष्ट ठहरिए।

कस्तो हुन्छ मन्टेसरी शिक्षा ?

मन्टेसरी शिक्षा पद्धतिमा बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर सोही अनुकुल शैक्षिक वातावरण तय गरिन्छ । यसमा शिक्षक–शिक्षिकाले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ । हरेक बच्चा आफैँमा विशेष हुन्छन् भन्ने मान्यतालाई आत्मसात गर्दै मन्टेसरी शिक्षाले उपयुक्त वातावरणको व्यवस्था गरिदिन्छ ।

बच्चाहरु के सिक्न चाहन्छन्, कसरी सिक्न चाहन्छन्, कुन माध्याम अपनाउन चाहन्छन् ? यावत् कुरा बुझेर सोही अनुरुप शैक्षिक शंसाधन उपलब्ध गराइन्छ । यसरी उनीहरुले आफ्नो इन्द्रीयको प्रयोगबाट हेरेर, सुँघेर, सुनेर, चाखेर, छोएर, महसुस गरेर नयाँ कुरा सिक्छन् । यो पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने विधि हो।

यसलाई ‘लोकतान्त्रिक विधि’ पनि भन्ने गरिएको छ । किनभने मन्टेसरी शिक्षा पद्धतीमा बालबालिकाको रुचीलाई सर्वोपरी मानिन्छ । उनीहरुको इच्छा अनुरुप नै कुनैपनि कुरा सिकाउने गरिन्छ । यहाँ परम्परागत शिक्षामा जस्तो करकाप, होडबाजी हुँदैन । किताब, कापी बोक्न लगाइँदैन ।

उनीहरुको इच्छा अनुरुप क्रियाकलाप गर्न दिइन्छ र सोही क्रममा नयाँ–नयाँ कुरामा उत्सुकता जगाउने गरिन्छ । बालबालिकाले दबाबमा होइन बरु स्वच्छन्द ढंगले खेल वा मनोरञ्जनबाट धेरै कुरा सिक्न सक्छन्।

-खड्का गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही–६, दाङमा कार्यरत शिक्षिका हुन्।

मा प्रकाशित

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय, अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...

स्नो रिभर्सको वित्तीय सुधार, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव

काठमाडौं ।  १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको स्नो रिभर्स लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका...

चःमति बहुउद्देश्यीय सहकारीको २०औँ वार्षिक साधारण सभा सम्पन्न, मन्दिरा महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा...

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते   सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने...

केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले गरे उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासमा रहेका नेपालीको आवाज कांग्रेसको नीति...

आजदेखि देउवा समूहको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन आजदेखि सुरु हुँदै छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवा समूहले बेग्लै अधिवेशन सुरु गर्न लागेको हो । देउवा समूहको...

कांग्रेस सभापतिमा गगनभन्दा किशोर सिंह राठोर उपयुक्त हुनसक्छन्ः गोविन्द निरौला

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि गगन थापाभन्दा किशोर सिंह राठोर उपयुक्त उम्मेदवार हुनसक्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा पार्टीभित्र बहस तीव्र भइरहेका...

काठमाडौं–१० बाट २९ महाधिवेशन प्रतिनिधि निर्वाचित, लामाले प्राप्त गरे सर्वाधिक मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं १० बाट केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने २९ जना महाधिवेशन प्रतिनिधिको टुंगो निर्वाचनमार्फत लागेको छ। मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार क्षेत्रबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका प्रतिनिधिहरूमध्ये...