माघ ९, २०७३- आफ्नो प्रस्तुति लिएर अष्ट्रेलिया आएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अष्ट्रेलियाका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले आफ्नो फाउण्डेसनमार्फत निर्माण गरिरहेको नमुना बस्तीका लागि मञ्चबाटै १६ हजार डलर बढी रकम समेत संकलन गरे ।
सिड्नीमा रहेको गजबको इभेन्टस् र धुर्मुस सुन्तली फाउण्डेसनद्वारा नमुना बस्ती निर्माणमा सहयोग पुर्याउन रकम संकलन गर्ने उद्देश्यका साथ सांगीतिक साँझको आयोजना गरिएको थियो । विभिन्न सांगीतिक कार्यक्रम, नृत्यहरुका साथमा नेपालबाट आएका गायक भरत सिटौलाको प्रस्तुति समेत राखिएको थियो भने धुर्मुस-सुन्तलीले आफ्नो प्रहसन समेत प्रस्तुत गरेका थिए । मुख्य गरेर नेपाली राजनीतिलाई ब्यङ्य गरिएको उनीहरुको प्रहसनले नेताहरुलाई सुध्रन सुझाव दिएको थियो ।
कार्यक्रममा भरत सिटौलाले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेका थिए भने अष्ट्रेलियाका गायक, गायिकाहरु समीर आचार्य, सञ्जीव पराजुली, मोक्षदा सिलवाल, सुजन पोखरेल, प्रदीप चापागाईंले समेत गीत सुनाएका थिए । कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रदीप निरौलाले सञ्चालन गरेको कार्यक्रमको आकर्षणको रुपमा अष्ट्रेलियामा रहेर नेपाली गीत, संगीतलाई नौलो ढंगले नृत्यमा पस्कँदै आएको द नेक्स्टको प्रस्तुति पनि थियो । सिड्नीको हर्स्टभिलमा रहेका मराना अडिटोरियममा भएको कार्यक्रममा ७ सय बढी दर्शकहरुले सहभागिता जनाएको आयोजक संस्थाका प्रदीप चापागाईंले जानकारी दिए ।
धुर्मुस-सुन्तलीले आफूहरुले मुसहर बस्तीमा निर्माण सुरु गरेको घरहरु यही नयाँ वर्षमा हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिएका थिए । यसैगरी उनीहरुले ४० वटा घरको जग राखिसकेका कारण आफूहरुले सोचेको समयमा घर हस्तान्तरण गर्न सक्ने विश्वास व्यक्त गरे । उनीहरुले देश विदेशबाट आफूहरुले पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा १ हजार डलर बढी सहयोग दिन चाहनेहरुलाई आयोजकले मञ्चमै आएर रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइदिएको थियो । जसअनुसार मञ्चबाट मात्रै १६ हजार बढी रकम संकलन गरिएको थियो भने अहिलेसम्म जम्मा १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ संकलन गरिसकिएको आयोजकले जानकारी दिएको छ । उनीहरुलाई सिड्नीका वाणिज्यदूत दीपक खड्काले ५ हजार डलर र कोग्राहमा रहेको बोइज युनाईटेड ग्रुपले ३ हजार ६ सय ७ डलर सहयोग गरेको थियो ।
आफ्नो तीन साता लामो सांगीतिक कार्यक्रमका लागि उनीहरु अहिले अष्ट्रेलियाका विभिन्न शहरहरुमा छन् । उनीहरुको कार्यक्रम मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा समेत आयोजजना हुँदैछ ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






