आईजीपीको लागि महाभीडन्त,को होला ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि दुवै संगठनमा नयाँ प्रहरी प्रमुखको हुने भन्ने विषयले चर्चा पाउन थालेको छ।

तीस वर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख दुर्जकुमार राईले सेवाबाट अवकाश लिने भएपछि नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले दुवै संगठनमा चलखेल बढेको छ।

 नेपाल प्रहरीमा अब को नयाँ प्रहरी प्रमुख बन्ने भन्ने विषय अहिले चर्कोरूपमा बहसमा आएको छ। नेपाल प्रहरीमा आईजीपी अर्यालसहित ७ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूले एकैपटक अवकाश पाउने भएपछि हाल प्रहरी नायब महानिरीक्षक रहेका मध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता रहेको छ।

उता सशस्त्र प्रहरी बलमा भने भावी नेतृत्वका लागि त्यति विवाद नभए पनि केही एआईजीहरू आईजीपीको लविङमा लागेका छन्। सशस्त्र प्रहरी बलमा एक नम्बरमा रहेका सिंहबहादुर श्रेष्ठ नयाँ प्रमुख बन्ने देखिएका छन्। तर दुई र तीन नम्बरमा रहेका प्रेमकुमार शाही र प्रकाश ओझा पनि आईजीपीको लविङमा लागेका छन्। अहिलेसम्म विवाद भित्रीरूपमा देखिए पनि सो संगठनभित्रको विवाद बाहिर आएको खासै देखिँदैन। सो संगठनका एक उच्च अधिकारी भन्छन्– ‘सरकारले अहिलेसम्म जेष्ठताको आधारमा नै संगठन प्रमुख छान्ने गरेकाले खासै विवाद देखिँदैन तर प्रतिस्पर्धीहरूले आफू पनि संगठन प्रमुखको दाबेदार रहेको भन्दै लविङ गर्नु ठूलो कुरा होइन।’

यसअघि अनिवार्य अवकाश पाउनुभन्दा १ महिनाअघि बिदा बस्ने प्रचलन रहेको भए पनि अहिले भने फागुन २ गतेबाट अनिर्वाय अवकाश पाउने दुवै संगठनका प्रमुखले बिदा लिएका छैनन्। संक्रमणकाल रहेको भन्दै दुवै संगठनका प्रमुखहरूले बिदा नबस्ने बताएका छन्। यता सबैभन्दा बढी विवाद नेपाल प्रहरीमा भएको छ। नेपाल प्रहरीमा हाल डीआईजीका रूपमा कार्यरत रहनुभएका नवराज सिलवाल जेष्ठताको हिसाबले एक नम्बरमा हुनुहुन्छ। उहाँसँगै वरीयताको तेस्रो नम्बरमा रहनुभएका जयबहादुर चन्दले भावी नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरेपछि सो संगठनको विवाद अहिले छताछुल्लरूपमा बाहिर आएको छ।

सो संगठनमा नयाँ संगठन प्रमुखको दाबेदारका रूपमा अर्का दुई डीआईजीहरू प्रकाश अर्याल र बमबहादुर भण्डारी पनि रहनुभएको छ। वरिष्ठताको आधारमा दुई नम्बरमा अर्याल हुनुहुन्छ भने चौथो नम्बरमा भण्डारी रहनुभएको छ।

यसअघिका प्रहरी महानिरीक्षक कुवेरसिंह राना संगठन प्रमुख बन्ने बेलामा पनि अहिलेको जस्तै विवाद भएको थियो। सो बेला एक नम्बरमा रहेका एआईजी राना र तीन नम्बरमा रहेका भीष्म प्रसाईंबीच नयाँ संगठन प्रमुख बन्ने विषयमा लामो विवाद भए पनि सरकारले एक नम्बरमा रहेका रानालाई नै नेपाल प्रहरीको प्रमुखका रूपमा चयन गरेको थियो।

संगठन प्रमुख हुन कसलाई रहर हुँदैन र? दाबेदारका रूपमा रहेका डीआईजीहरूले लविङ गर्नुलाई अन्यथा लिन नहुने प्रहरीका एक अधिकृतको कथन रहेको छ। नेपाल प्रहरीमा नयाँ संगठन प्रमुख बन्नका लागि चारै जना डीआईजी अहिले एकले अर्कोलाई खुइल्याउने गरी मिडियाबाजी गर्नमा तल्लीन रहँदै आएका छन्। दुवै संगठनमा अब आउने प्रहरी प्रमुखले १ वर्षमात्रै काम गर्न पाउनेछन्। तीस वर्षे सेवा अवधिका कारण दुवै संगठनका प्रमुखले १ वर्ष संगठन प्रमुख भएपछि अनिवार्य अवकाश पाउनेछन्।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...