सरकार द्वन्द्वको बिजारोपन गर्दैछः सिंह

सरकारले स्थानीय तह निर्वाचनको प्रकृयालाई अगाडी बढाईरहेको र विपक्षी नेकपा एमालेले निर्वाचनको लागि दबाब दिईरहेको छ भने मधेशी मोर्चाले संविधान संशोधन विना निर्वाचन नगर्न अडान लिईरहेको बेला यसै सन्दर्भमा लोक दलका अध्यक्ष कौशल कुमार सिंहले सरकारले स्थानीय तहको पुनर्संरचना संविधान जस्तै खल्तीबाट गरेर बल जफ्ती संविधानमा सबैको सहमति बेगर निर्वाचनलाई अगाडी बढाएर सरकार देशमा द्वन्द्वको बिजारोपन गर्न लागेको बताएको छ । पत्रकारहरु संगको कुराकानीमा उहाँले स्थानीय जनताको सेवा सुविधा छिटो र छरितो ढंगले जनप्रतिनिधिमार्फत हुने व्यवस्थालाई हटाएर अब प्रशासनतन्त्रबाट गराउने प्रकृया अगाडी बढाएपछि अहिले जिल्ला–जिल्ला, गाउँ–गाउँमा विवाद बढेको छ भने स्थानीय निकायको संख्या घटाएर जनताको कामलाई प्रभावित पार्ने काम भएको बताउनु हुन्छ । उनले अब ग्रामीण तहको जनतालाई विभिन्न किसिमका सिफारिस लगायतको काम गराउन लामो प्रकयाबाट गुज्रिनु पर्ने र समयका साथै खर्च पनि बढी हुने हुनाले अहिलेको स्थानीय तहको संरचना छिट्टै असफल हुने बताउनु भयो । उहाँले अहिलेको संरचनालाई जनताले नस्वीकार्ने समेत बताउनु भयो ।
संघीयतालाई विस्तारै समाप्त पार्ने योजनासहित नै अहिलेको स्थानीय तहको क्षेत्र र अधिकारलाई डिजाईन गरिएको आरोप लगाउँदै नेता सिंहले संघीयता अहिलेका तीन ठूला दललाई मन नपरेको बताए । उनले भने ‘यदि स्थानीय तहका प्रतिनिधिले पनि राष्ट्रपति निर्वाचनमा भोट हाल्छन् भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नै संविधानमा गरि दिएको भए हुन्थ्यो नी । किन यस्तो बेखेडा गरेको ?’ उनले स्थानीय निकायलाई प्रदेश मातहत नराख्नुको पछाडीको मूल कारण बाध्यताबस स्वीकारेको संघीयतालाई विस्तारै असफल बनाएर सिंहदरबारबाट गाउँ सञ्चालन गर्ने नीति रहेको प्रष्टाए ।
बहुमतको बलमा संसदीय प्रकृयालाई बाईपास गरी लाखौं जनताले संविधानमा दिएको सुझावलाई अध्ययन नै नगरी बलजफ्ती ५–७ जना नेताले फास्ट ट्रयाकको नाममा बनाएको संविधानलाई मधेशी, पिछडावर्ग, दलित, आदीवासी जनजाति, मुस्लिम मान्न तयार नरहेको अवस्थामा अहिले फेरी संविधानमा सहमति जुटाउनुको सट्टा बलजफ्ती बन्दुकको बलमा निर्वाचन प्रकृयालाई अगाडी बढाएर देशमा अराजकता मच्चाउनेतिर वर्तमान सत्ता उद्दत देखिएको उहाँको भनाई छ । उहाँले यस्तै अवस्था रहे मधेशी जनता अहिले नेपालमा मधेशी जनताको अधिकार प्राप्तिको लागि लड्ने नेतालाई छाडेर विकल्पतिर अग्रसर भए भने त्यसबेला यो सरकारले के गर्ने भन्ने प्रश्न समेत गरे ।
विविधताले भरिएको देशमा सबैको अधिकार स्थापित हुने गरी संविधानलाई सबैको साझा बनाउन र संविधानमा सबैको सहमति जुटाउन वर्तमान संसद र सरकार असफल भईसकेको हुनाले अब देशमा रहेका अग्रगामी परिवर्तनकारी राजनीतिक शक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलनबाट निकास खोज्नुको विकल्प नरहेको नेता सिंहको भनाई छ । उनले सरकारले बन्दुकको बलमा देश चलाउन छाडेर जनताको मन जितेर देश चलाउन समेत आग्रह गरे । उहाँले एक प्रश्नको उत्तरमा भने ‘यदि मधेशका जनता उहाँहरुलाई नै भोट दिएका थिए भने उनीहरुको गलत कृयाकलाप विरुध लाखौं मधेशी जनता हस्ताक्षर गरेर र सडकमा उत्रेर कसरी विरोध गरे र अहिले पनि गरिरहेका छन् ।’उनको पार्टी लोक दलले अहिलेको राजनीतिक गतिरोध र अवस्थाबारे यही चैत २७, २८ र २९ गते सिरहा जिल्लाको लहानमा तीन दिने नेतृत्व स्तरको राष्ट्रिय कार्यकर्ता सम्मेलन गर्दैछ । जसमा अध्यक्ष सिंहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने अन्य राजनीतिक प्रशिक्षण, संगठनात्मक सुदृढिकरण र नेतृत्व विकासबारे छलफल हुने जनाएको छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...