नेपाली भूमिमाथि हातहतियार सहित प्रवेश गरेर निर्दोष नेपाली युवाको हत्या गर्ने भारतीय पक्षको अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरित


काठमाडौं–प्रमुख प्रतिपक्ष दल एमालेले सरकारमाथि चौतर्फी हमला गरेको छ ।

मेची–महाकाली राष्ट्रिय अभियानको समापनको घोषणासहित एमाले अध्यक्ष केपी ओलीले जारी गरेको विज्ञप्तीमा सरकारमाथि हमला गरिएको छ ।

विज्ञप्तीमा सरकारमाथि गरिएका हमला यस्ता छन् स्

१ –संविधानको कार्यान्वयनको मुख्य कडी भनेकै आगामी २०७४ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि निकायहरू स्थापित गर्नु र सङ्क्रमणकाललाई समाप्त पार्नु हो । संविधान कार्यान्वयन हुन नदिएर मुुलुकलाई अस्थिरतातिर धकेल्ने गलत मनशायका साथ गठन भएको वर्तमान सरकारले गएका ७ महिना व्यर्थमा खेर फालेको छ ।

२ –हाम्रो पार्टीको निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समय अगाडि मात्रै आगामी २०७४ बैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएको छ । तर घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी छन् ।

३ –प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै छ । हाम्रो पार्टी तत्काल राजनीतिक दल सम्बन्धी विधेयक लगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्यौल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन आह्वान गर्दछ ।

४ –जनताको अभिमत, सर्वोच्च अदालतको फैसला र व्यवस्थापिका–संसदभित्र स्पष्ट रूपमा प्रकट भएको मतको अवस्थालाई ध्यानमा राखेर संशोधन विधेयकलाई फिर्ता लिन र संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने अर्थहीन र हानीकारक तर्क अगाडि सारेर मुलुकलाई अनावश्यक राजनीतिक विवाद तथा द्वन्द्वतिर धकेल्ने काम बन्द गर्न सरकार तथा सत्तारूढ दलहरूलाई आह्वान गर्दछ ।

५–मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेका छन् । मिलेर बसेको नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने, विगतमा सामन्ती व्यवस्थाका कारण सिर्जित सामाजिक विभेद र उत्पीडनको दोष कुनै एक समुदायमाथि थोपरेर जातीय र साम्प्रदायिक घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर गर्ने प्रवृत्तिहरू बढ्न थालेका छन् ।

६–अझ कतिपय तत्वहरू खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हरकतहरू समेत गरिरहेका छन् । यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार तिनैलाई प्रोत्साहन गरिरहेको छ । हाम्रो पार्टी तराई–मधेसको विकास र समृद्धिका लागि दृढ सङ्कल्पित छ । पार्टी स्थापना कालदेखि नै हामीले लिँदै आएका नीतिहरू, खेल्दै आएको भूमिका र हाम्रो पार्टी नेतृत्वमा सञ्चालित सरकारहरूले यस सम्बन्धमा अगाडि सारेका योजनाहरूले यसलाई पुष्टि गर्छन् ।

७–हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित पूर्ववर्ती सरकारले अगाडि सारेका काठमाडौं– तराई द्रूत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हुलाकी राजमार्ग, तराई सिचाइ योजना, तराईका जिल्ला सदरमुकामहरूलाई राजमार्गसँग जोड्ने सडकहरूको विस्तार तथा सदरमुकामहरूको विकासका लागि छुट्याएको बजेट, जनता आवास कार्यक्रम अन्तरगत तराई–मधेसका घरबारविहीनहरूका लागि निशुल्क घरहरूको निर्माण र वितरण लगायत अनेकौं कार्यक्रमहरूले हाम्रो पार्टीको तराई–मधेस सम्बन्धी नीतिलाई अकाट्य ढङ्गले पुष्टि गर्छन् ।

८–तर यी यथार्थलाई जनताको बीचमा पुग्नै नदिने, संविधानमा महिला, दलित, जनजाति, तराईवासी–मधेसी, थारु, मुस्लिम लगायत समुदायका लागि स्थापित गरिएका अधिकार तथा ती अधिकार स्थापित गर्न नेकपा ९एमाले० ले खेलेको भूमिकाका बारेमा भ्रम छर्ने र तराईवासी–मधेसी जनताका वास्तविक समस्या र चाहनालाई ओझेलमा पार्दै स्वयं तराई–मधेसका जनताबाट तिरष्कृत समूहहरूका रणनीतिक स्वार्थ र दलीय आग्रहलाई ‘मधेसको समस्या’ का रूपमा चित्रण गर्ने गरिएको छ ।

९ –हाम्रो पार्टी आम तराईवासी–मधेसी जनताको साथमा सधैभरि दृढतापूर्वक उभिएको छ र त्यहाँका वास्तविक समस्या समाधान गर्न निरन्तर प्रयत्नशील छ । तराई–मधेसका नाममा भइरहेको सामाजिक विभाजन र सामाजिक विद्वेषको राजनीतिक गतिविधिको आलोचना र विरोधलाई तराई–मधेसको विरोध भनेर कुप्रचार नगर्न हाम्रो पार्टी सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।

१० –वर्तमान सरकार गठनसँगै सत्ता गठबन्धनबाट मुुलुकको स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितहरूमाथि विभिन्न कोणबाट निरन्तर प्रहार जारी छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अगाडि बढ्नु पर्नेमा सरकार विपरित बाटो हिंडिरहेको छ ।

११ –छिमेकी मित्र राष्ट्रसँग पूर्ववर्ती सरकारले गरेका दीर्घकालीन महत्व र राष्ट्रिय हितका सम्झौताहरूलाई कार्यान्वयन नगर्ने, तिनलाई असफल पार्ने र राष्ट्रिय हित विपरित वाह्य शक्तिहरूसँग लम्पसार पर्ने सरकारको नीतिका कारण राष्ट्रिय स्वाभीमान र राष्ट्रिय स्वाधीनता झनै कमजोर बन्दै गएको छ र नेपालका आन्तरिक मामलाहरूमा वाह्य हस्तक्षेप बढ्दै गएको छ । हाम्रो पार्टी यस्ता प्रवृत्तिहरूको विरोध गर्दछ ।

१२ – नेपाली भूमिमाथि हातहतियार सहित प्रवेश गरेर निर्दोष नेपाली युवाको हत्या गर्ने भारतीय पक्षको अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरितको क्रियाकलापको सशक्त प्रतिवाद गर्दै उक्त क्रियाकलाप्रति भारत पक्षलाई क्षमायाचना गराउन र क्षतिपूर्ति दिलाउनुको साटो वर्तमान सरकार बिषयलाई अन्यत्र मोड्ने प्रयाश गरिरहेको छ ।

१३ –हाम्रो पार्टी यस गम्भीर बिषयमा कुटनीतिक माध्यमबाट गंभीर वार्ता गरी भारत पक्षलाई क्षमायाचना गर्न, पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिलाउन तथा अब आइन्दा यस्ता घटना नघट्ने कुराको प्रत्याभूति गराउन सरकारसमक्ष जोडदार माग गर्दछ ।

१४–निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरूपयोग गर्ने काम व्यापक रूपमा गरिरहेको छ ।

१५ –निर्वाचनलाई प्रभावित गर्ने गरी नयाँ नियुक्ति गर्ने, नयाँ संस्थाहरूको निर्माण गर्ने, जनस्तरबाट निर्माण गरिएका संरचनाहरूको नाम परिवर्तन गरी राजनीतिक हस्तक्षेप गर्ने र कर्मचारीहरूको जथाभावी सरुवा गर्ने लगायत निर्वाचन आचारसंहिता विपरितका कामहरू तीव्र रूपमा भइरहेका छन् । सरकारका यस्ता क्रियाकलापप्रति गंभीर आपत्ति जनाउँदै तत्काल यस्ता काम बन्द गर्न र यसमा प्रभावकारी हस्तक्षेप गर्न निर्वाचन आयोग लगायत सम्बद्ध पक्षको गंभीर ध्यानाकर्षण गर्दछ ।

१६ –वर्तमान सरकारबाट प्रचलित ऐनलाई छल्ने बदनियतले एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी बिषयलाई मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराई गरेको नीतिगत भ्रष्टाचारप्रति गंभीर आपत्ति प्रकट गर्दै हाम्रो पार्टी मन्त्रिपरिषद्बाट भएको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न तथा प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग लाभकर असुल गर्न माग गर्दछ ।

मधेशी मोर्चामाथि एमालेको १० हमला

१ –सुनसरी, सप्तरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लाहरूमा मधेसी मोर्चा लगायत विभिन्न समूहहरूले गरेको बन्द र दिएका धम्की, वाधा अवरोध, आगजनी र ढुङ्गामुढालाई पञ्छाउँदै मेची–महाकाली राष्ट्रिय अभियानमा जसरी हजारौं–हजार जनताहरू सहभागी हुनुभएको छ, यसप्रति पार्टी कृतज्ञ छ ।

२– जनताको सचेत, सङ्गठित र एकतावद्ध प्रयाशका सामु कस्तै जनविरोधी तत्वहरूको पनि केही चल्दैन भन्ने यथार्थ फेरि एकपटक पुष्टि भएको छ र नेकपा ९एमाले० का नीतिहरूप्रति जनताको अनुमोदन प्राप्त भएको छ ।

३–हिंसामाथि शान्तिको, ध्वंशमाथि निर्माणको, सामाजिक विद्वेष र जातीय घृणामाथि सामाजिक सद्भाव र सहिष्णुता एवं सहअस्तित्वको, अँध्यारोमाथि उज्यालोको, फाटोवादी तत्वहरूका विरुद्ध राष्ट्रिय एकताका पक्षधर जनताको र संविधान समाप्त पार्न खोज्नेमाथि संविधान कार्यान्वयन गर्न चाहनेहरूको सफलताको रूपमा हामीले यस अभियानलाई विश्लेषण गरेका छौं ।

४–हामीले भन्दै आएका छौं– यो अभियान नेकपा ९एमाले० ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो । अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौं । अभियानको तेस्रो दिन राजविराजमा घटित घटनाका बारेमा पार्टीले आफ्नो दृष्टिकोण फागुन २४ गते नै सार्वजनिक गरिसकेको छ ।

५–संविधान प्रदत्त अधिकार र लोकतन्त्रका सर्वस्वीकार्य मान्यतालाई प्रयोग गर्दै शान्तिपूर्ण र सद्भावयुक्त अभियानमा हिंडेको नेकपा ९एमाले० को अभियानलाई लक्षित गरेर त्यस दिन मधेसी मोर्चाका नाममा जे जस्ता निन्दनीय र आपराधिक घटनाहरू भए, त्यसबाट हाम्रो पार्टी निकै गंभीर भएको छ ।

६–आफूसँग असहमत पक्षलाई निषेध गर्ने, त्यसका निम्ति हिंसा र अपराधको सहारा लिने र सुनियोजित रूपमा अप्रिय घटना घटाएर त्यसमाथि सहानुभूतिको राजनीति गर्ने मधेसी मोर्चाको दुराशय र तज्जन्य हरकत नै राजविराज घटनाको एकमात्र कारण हो भन्ने कुरामा कुनै सन्देह छैन ।

७–मधेसी मोर्चाका गतिविधिहरूमा अपराध र राजनीतिको सीमारेखा मेटिँदै जानु र मधेसी मोर्चाको काँध विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडको रूपमा प्रयोग हुँदै जानु निकै दुखद र चिन्ताको बिषय हो ।
–८ अझ सत्तापक्ष र वर्तमान प्रधानमन्त्रीलाई भोट हाल्ने समूहहरूबाटै यस्ता क्रियाकलाप हुनुले मुलुकमा सत्ता संरक्षित सामाजिक फासिवादको उदय हुँदै गरेको खतरनाक सङ्केत गर्दछन् ।

९–लोकतन्त्र र बहुलवादी समाजका लागि यस्ता प्रवृत्तिहरूको उदय निकै चुनौतीको बिषय हो । सप्तरी घटनापछि पनि मधेसी मोर्चाले बाँके लगायत स्थानहरूमा त्यस्तै घटना घटाउने असफल प्रयाश गरेको छ । नेकपा ९एमाले० फेरि पनि उक्त दुखद घटनामा भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दछ । मधेसी मोर्चालाई आफ्ना निषेधकारी, सामाजिक फासिवादी र हिंसात्मक क्रियाकलाप परित्याग गरेर लोकतान्त्रिक आचरण प्रस्तुत गर्न ध्यानाकर्षण गर्दछ ।

१०–यस्ता क्रियाकलापले मुलुकलाई मात्रै होइन अन्ततोगत्वा स्वयं यसका प्रयोगकर्तालाई समेत ठूलो हानी पु¥याउने यथार्थप्रति सजग गराउँदछ र राष्ट्र एवं जनताप्रति जिम्मेवारीवोधका साथ प्रस्तुत हुन आह्वान गर्दछ । स्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर तत्कालका लागि स्थगन गरिएको प्रदेश नं २ मा नया स्वरूपमा विशेष कार्यक्रम छिटै सञ्चालन हुने जानकारी गराउन चाहन्छु ।

संविधान संशोधन विधेयकबारे एमालेको २ अडान
१– संविधान संशोधन विधेयकबारे पार्टीको मान्यतालाई पुनः जोड दिंदै हामी स्पष्ट पार्न चाहन्छौं– उक्त विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित भएको हुनाले कुनै पनि अर्थमा पारित हुन सक्दैन ।

२–जनताको अभिमत, सर्वोच्च अदालतको फैसला र व्यवस्थापिका–संसदभित्र स्पष्ट रूपमा प्रकट भएको मतको अवस्थालाई ध्यानमा राखेर संशोधन विधेयकलाई फिर्ता लिन र संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने अर्थहीन र हानीकारक तर्क अगाडि सारेर मुलुकलाई अनावश्यक राजनीतिक विवाद तथा द्वन्द्वतिर धकेल्ने काम बन्द गर्न सरकार तथा सत्तारूढ दलहरूलाई आह्वान गर्दछ ।

मिडियामाथि एमालेका ३ धारणा

१– नेपालका प्रायः जसो सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले अभियानलाई यथोचित प्राथमिकतामा राखेर निरन्तर समाचार सम्प्रेषण, विचार विश्लेषण र समालोचनात्मक टिप्पणी गर्नुभएको छ । हामी उहाँहरूलाई धन्यवाद प्रकट गर्दछौं ।

२–प्राप्त रचनात्मक सुझाव र कतिपय कमीहरूप्रति व्यक्त आलोचनाहरूलाई पार्टीले सम्मान गर्दछ र आगामी दिनमा थप सुधार गर्ने विश्वास दिलाउन चाहन्छ । तर कतिपय विश्लेषक र सञ्चारमाध्यमहरूबाट यस क्रममा भएका आपराधिक क्रियाकलापलाई वेवास्ता गर्दै नेकपा ९एमाले० लाई अर्घेलो देखाउने, त्यस्ता हिंसात्मक गतिविधिलाई उचित ठह¥याउने र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि भइरहेको यस्तो गंभीर आक्रमणको खतरालाई पनि उपेक्षा गर्ने प्रवृत्ति समेत प्रकट भएका छन् ।

३–अपराध, हिंसा र सामाजिक फासिवादको कुनै विचारधारा, वर्ग या सीमा हुँदैन र आज नेकपा ९एमाले० का विरुद्ध देखिएको यो आक्रमण वस्तुतः फरक विचारलाई निषेध गर्ने, त्यसका लागि जस्तासुकै अपराधको पनि सहारा लिने, जातीय घृणाको आगोमा आफ्नो स्वार्थ सिद्ध गर्ने र प्रकारान्तरले मुलुकलाई राजनीतिक अस्थिरता, जातीय द्वन्द्व र सामाजिक विद्वेषतिर धकेल्ने लोकतन्त्र विरोधी षडयन्त्रका अङ्ग हो भन्ने यथार्थलाई बुझ्न आवश्यक छ ।

त्यसबाहेक

–विज्ञप्तीमा अभियानको बीचमा झण्डै २५ हजार नेता÷कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा ९एमाले० मा प्रवेश गरेको दावी गरिएको छ ।

(विज्ञप्तीमा सुनसरी, सप्तरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लाहरूमा मधेसी मोर्चा लगायत विभिन्न समूहहरूले गरेको बन्द र दिएका धम्की, वाधा अवरोध, आगजनी र ढुङ्गामुढालाई पञ्छाउँदै मेची–महाकाली राष्ट्रिय अभियानमा सफल भएको उल्लेख छ ।

(विज्ञप्तीमा अभियान राष्ट्रकै भएको उल्लेख छ । ‘हामीले भन्दै आएका छौं– यो अभियान नेकपा ९एमाले० ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो । अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ, ओलीले जारी गरेको विज्ञप्तीको पूर्णपाठ
१। ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ नेपालको पूर्वी ढोका झापा जिल्लाको काँकरभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमी ढोका कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ । सहिद दिवसको सन्दर्भ पारेर गतः फागुन २१ गते सुरु भएको उक्त ऐतिहासिक अभियानमा प्रकट भएको अपार जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट हाम्रो पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ । यस अभियानमा आफ्नो प्रत्यक्ष÷परोक्ष सहभागिता, सहयोग र ऐक्यवद्धता प्रकट गर्नु हुने आम जनसमुदायमा नेकपा ९एमाले० हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछ ।

२। पार्टीले दुई महिना अगाडिदेखि नै पत्रकार सम्मेलन र दस्ताबेजहरूमार्फत् मेची–महाकाली राष्ट्रिय अभियानका सम्बन्धमा आफ्नो दृष्टिकोण र कार्ययोजना विधिवत रूपमा सार्वजनिक गरिसकेको थियो । अभियानको मूल उद्देश्य संविधान कार्यान्वयनका लागि जनदबाब सृष्टि गर्नु, संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र तीनै तहको निर्वाचन गरेर राजनीतिक स्थायित्व कायम गर्न उचित वातावरण निर्माण गर्नु, मुलुकको राष्ट्रिय स्वाभिमान र स्वाधीनतामाथि देखा परेका चुनौतीहरूलाई चिर्न जनचेतना अभिवृद्धि गर्नु, विभिन्न खाले अतिवादका कारण खल्बलिन थालेको सामाजिक सद्भावलाई सुदृढ गर्नु र राष्ट्रलाई समृद्धिको दिशामा अग्रसर गराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु थियो ।

३। फागुन २१ गते सहिदहरूका प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरेर विशेष कार्यक्रमका बीच यो अभियान झापाबाट शुभारम्भ भएको थियो । अभियानका क्रममा काँकरभिट्टा, बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जीतपुर, लमही, नेपालगञ्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा विशाल जनसभाहरू भएका छन् भने उर्लाबारी, पथरी, बेलबारी, मनहरी, भण्डारा, रामापुर लगायत स्थानमा व्यापक जनसहभागिता सहितका सङ्क्षिप्त सभाहरू भएका छन् । अभियानकै अङ्गका रूपमा बुटवलमा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भने काठमाडौंमा वृहत् कार्यकर्ता भेला आयोजना भएको छ ।
अभियानको प्रचार–प्रसारका लागि झण्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताहरूले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका छन् भने जनसभाहरूमा लाखौं जनताको सहभागिता प्रकट भएको छ । २५ किलोमिटरभन्दा लामा ¥यालीहरू, अभियान–टोलीको स्वागतार्थ सडकमा उभिएका हजारौं जनताको उत्साहपूर्ण सहभागिता र स्वागत, ‘एक घर एक घडा’ आह्वानलाई सार्थक तुल्याउँदै घर–घरमा स्थापित गरिएका जलका घडा, फूलमाला र झण्डा, विविध जातजाति र भाषाभाषी समुदायका मनोहर सांस्कृतिक झाँकीहरू तथा नेताहरूलाई आफ्नो घर–घरमा पाहुना बनाएर राख्न ९होम स्टे० का लागि जनताको स्वतःस्फूर्त उत्साह यस अभियानका महत्वपूर्ण विशेषताका रूपमा रहेका छन् । अभियानको बीचमा झण्डै २५ हजार नेता÷कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा ९एमाले० मा प्रवेश गरेका छन् । नेकपा ९एमाले० को बढ्दो लोकप्रियतालाई पुष्टि भएको छ । अभियानमा सबै वर्ग, समुदाय र पेशाका जनताको व्यापक सहभागिता र विशेष गरेर महिला, युवा र प्रौढहरूको सक्रियताबाट पार्टीले थप प्रेरणा, उर्जा र शक्ति प्राप्त गरेको छ ।

४। सुनसरी, सप्तरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लाहरूमा मधेसी मोर्चा लगायत विभिन्न समूहहरूले गरेको बन्द र दिएका धम्की, वाधा अवरोध, आगजनी र ढुङ्गामुढालाई पञ्छाउँदै मेची–महाकाली राष्ट्रिय अभियानमा जसरी हजारौं–हजार जनताहरू सहभागी हुनुभएको छ, यसप्रति पार्टी कृतज्ञ छ । जनताको सचेत, सङ्गठित र एकतावद्ध प्रयाशका सामु कस्तै जनविरोधी तत्वहरूको पनि केही चल्दैन भन्ने यथार्थ फेरि एकपटक पुष्टि भएको छ र नेकपा ९एमाले० का नीतिहरूप्रति जनताको अनुमोदन प्राप्त भएको छ । हिंसामाथि शान्तिको, ध्वंशमाथि निर्माणको, सामाजिक विद्वेष र जातीय घृणामाथि सामाजिक सद्भाव र सहिष्णुता एवं सहअस्तित्वको, अँध्यारोमाथि उज्यालोको, फाटोवादी तत्वहरूका विरुद्ध राष्ट्रिय एकताका पक्षधर जनताको र संविधान समाप्त पार्न खोज्नेमाथि संविधान कार्यान्वयन गर्न चाहनेहरूको सफलताको रूपमा हामीले यस अभियानलाई विश्लेषण गरेका छौं । हामीले भन्दै आएका छौं– यो अभियान नेकपा ९एमाले० ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो । अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौं ।

५। अभियानको तेस्रो दिन राजविराजमा घटित घटनाका बारेमा पार्टीले आफ्नो दृष्टिकोण फागुन २४ गते नै सार्वजनिक गरिसकेको छ । संविधान प्रदत्त अधिकार र लोकतन्त्रका सर्वस्वीकार्य मान्यतालाई प्रयोग गर्दै शान्तिपूर्ण र सद्भावयुक्त अभियानमा हिंडेको नेकपा ९एमाले० को अभियानलाई लक्षित गरेर त्यस दिन मधेसी मोर्चाका नाममा जे जस्ता निन्दनीय र आपराधिक घटनाहरू भए, त्यसबाट हाम्रो पार्टी निकै गंभीर भएको छ । आफूसँग असहमत पक्षलाई निषेध गर्ने, त्यसका निम्ति हिंसा र अपराधको सहारा लिने र सुनियोजित रूपमा अप्रिय घटना घटाएर त्यसमाथि सहानुभूतिको राजनीति गर्ने मधेसी मोर्चाको दुराशय र तज्जन्य हरकत नै राजविराज घटनाको एकमात्र कारण हो भन्ने कुरामा कुनै सन्देह छैन । मधेसी मोर्चाका गतिविधिहरूमा अपराध र राजनीतिको सीमारेखा मेटिँदै जानु र मधेसी मोर्चाको काँध विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडको रूपमा प्रयोग हुँदै जानु निकै दुखद र चिन्ताको बिषय हो । अझ सत्तापक्ष र वर्तमान प्रधानमन्त्रीलाई भोट हाल्ने समूहहरूबाटै यस्ता क्रियाकलाप हुनुले मुलुकमा सत्ता संरक्षित सामाजिक फासिवादको उदय हुँदै गरेको खतरनाक सङ्केत गर्दछन् । लोकतन्त्र र बहुलवादी समाजका लागि यस्ता प्रवृत्तिहरूको उदय निकै चुनौतीको बिषय हो । सप्तरी घटनापछि पनि मधेसी मोर्चाले बाँके लगायत स्थानहरूमा त्यस्तै घटना घटाउने असफल प्रयाश गरेको छ । नेकपा ९एमाले० फेरि पनि उक्त दुखद घटनामा भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दछ । मधेसी मोर्चालाई आफ्ना निषेधकारी, सामाजिक फासिवादी र हिंसात्मक क्रियाकलाप परित्याग गरेर लोकतान्त्रिक आचरण प्रस्तुत गर्न ध्यानाकर्षण गर्दछ । यस्ता क्रियाकलापले मुलुकलाई मात्रै होइन अन्ततोगत्वा स्वयं यसका प्रयोगकर्तालाई समेत ठूलो हानी पु¥याउने यथार्थप्रति सजग गराउँदछ र राष्ट्र एवं जनताप्रति जिम्मेवारीवोधका साथ प्रस्तुत हुन आह्वान गर्दछ । स्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर तत्कालका लागि स्थगन गरिएको प्रदेश नं २ मा नया स्वरूपमा विशेष कार्यक्रम छिटै सञ्चालन हुने जानकारी गराउन चाहन्छु ।

६। नेपालका प्रायः जसो सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले अभियानलाई यथोचित प्राथमिकतामा राखेर निरन्तर समाचार सम्प्रेषण, विचार विश्लेषण र समालोचनात्मक टिप्पणी गर्नुभएको छ । हामी उहाँहरूलाई धन्यवाद प्रकट गर्दछौं । प्राप्त रचनात्मक सुझाव र कतिपय कमीहरूप्रति व्यक्त आलोचनाहरूलाई पार्टीले सम्मान गर्दछ र आगामी दिनमा थप सुधार गर्ने विश्वास दिलाउन चाहन्छ । तर कतिपय विश्लेषक र सञ्चारमाध्यमहरूबाट यस क्रममा भएका आपराधिक क्रियाकलापलाई वेवास्ता गर्दै नेकपा ९एमाले० लाई अर्घेलो देखाउने, त्यस्ता हिंसात्मक गतिविधिलाई उचित ठह¥याउने र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि भइरहेको यस्तो गंभीर आक्रमणको खतरालाई पनि उपेक्षा गर्ने प्रवृत्ति समेत प्रकट भएका छन् । अपराध, हिंसा र सामाजिक फासिवादको कुनै विचारधारा, वर्ग या सीमा हुँदैन र आज नेकपा ९एमाले० का विरुद्ध देखिएको यो आक्रमण वस्तुतः फरक विचारलाई निषेध गर्ने, त्यसका लागि जस्तासुकै अपराधको पनि सहारा लिने, जातीय घृणाको आगोमा आफ्नो स्वार्थ सिद्ध गर्ने र प्रकारान्तरले मुलुकलाई राजनीतिक अस्थिरता, जातीय द्वन्द्व र सामाजिक विद्वेषतिर धकेल्ने लोकतन्त्र विरोधी षडयन्त्रका अङ्ग हो भन्ने यथार्थलाई बुझ्न आवश्यक छ ।

७। अभियानको सुरक्षा व्यवस्था र अभियानमा खटिएका नेताहरूको सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूबाट प्राप्त सहयोग र समन्वयका लागि हामी सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दछौं । यस्तो सहयोग र समन्वयका कारण अभियान संभाव्य दुर्घटना र वाधा अवरोधहरूलाई पञ्छाउँदैसफलतापूर्वक सम्पन्न भएको छ । इमान्दारिपूर्वक आफ्नो कत्र्तव्य निर्वाह गरेका प्रहरी अधिकृत र प्रशासकहरूमाथि भइरहेका पूर्वाग्रहपूर्ण व्यवहार र प्रतिशोधका क्रियाकलापप्रति नेकपा ९एमाले० आपत्ति प्रकट गर्दछ ।

८। हाम्रो पार्टी आफ्नो दृष्टिकोण र अडान पुनः स्पष्ट पार्न चाहन्छ ः यतिबेला मुलुकको आवश्यकता र जनताको चाहना संविधानको कार्यान्वयन हो । संविधानको कार्यान्वयनको मुख्य कडी भनेकै आगामी २०७४ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि निकायहरू स्थापित गर्नु र सङ्क्रमणकाललाई समाप्त पार्नु हो । संविधान कार्यान्वयन हुन नदिएर मुुलुकलाई अस्थिरतातिर धकेल्ने गलत मनशायका साथ गठन भएको वर्तमान सरकारले गएका ७ महिना व्यर्थमा खेर फालेको छ । हाम्रो पार्टीको निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समय अगाडि मात्रै आगामी २०७४ बैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएको छ । तर घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै छ । हाम्रो पार्टी तत्काल राजनीतिक दल सम्बन्धी विधेयक लगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्यौल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन आह्वान गर्दछ ।

९। संविधान संशोधन विधेयकबारे पार्टीको मान्यतालाई पुनः जोड दिंदै हामी स्पष्ट पार्न चाहन्छौं– उक्त विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित भएको हुनाले कुनै पनि अर्थमा पारित हुन सक्दैन । जनताको अभिमत, सर्वोच्च अदालतको फैसला र व्यवस्थापिका–संसदभित्र स्पष्ट रूपमा प्रकट भएको मतको अवस्थालाई ध्यानमा राखेर संशोधन विधेयकलाई फिर्ता लिन र संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने अर्थहीन र हानीकारक तर्क अगाडि सारेर मुलुकलाई अनावश्यक राजनीतिक विवाद तथा द्वन्द्वतिर धकेल्ने काम बन्द गर्न सरकार तथा सत्तारूढ दलहरूलाई आह्वान गर्दछ ।

१०। मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेका छन् । मिलेर बसेको नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने, विगतमा सामन्ती व्यवस्थाका कारण सिर्जित सामाजिक विभेद र उत्पीडनको दोष कुनै एक समुदायमाथि थोपरेर जातीय र साम्प्रदायिक घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर गर्ने प्रवृत्तिहरू बढ्न थालेका छन् । अझ कतिपय तत्वहरू खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हरकतहरू समेत गरिरहेका छन् । यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार तिनैलाई प्रोत्साहन गरिरहेको छ । हाम्रो पार्टी तराई–मधेसको विकास र समृद्धिका लागि दृढ सङ्कल्पित छ । पार्टी स्थापना कालदेखि नै हामीले लिँदै आएका नीतिहरू, खेल्दै आएको भूमिका र हाम्रो पार्टी नेतृत्वमा सञ्चालित सरकारहरूले यस सम्बन्धमा अगाडि सारेका योजनाहरूले यसलाई पुष्टि गर्छन् । हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित पूर्ववर्ती सरकारले अगाडि सारेका काठमाडौं– तराई द्रूत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हुलाकी राजमार्ग, तराई सिचाइ योजना, तराईका जिल्ला सदरमुकामहरूलाई राजमार्गसँग जोड्ने सडकहरूको विस्तार तथा सदरमुकामहरूको विकासका लागि छुट्याएको बजेट, जनता आवास कार्यक्रम अन्तरगत तराई–मधेसका घरबारविहीनहरूका लागि निशुल्क घरहरूको निर्माण र वितरण लगायत अनेकौं कार्यक्रमहरूले हाम्रो पार्टीको तराई–मधेस सम्बन्धी नीतिलाई अकाट्य ढङ्गले पुष्टि गर्छन् । तर यी यथार्थलाई जनताको बीचमा पुग्नै नदिने, संविधानमा महिला, दलित, जनजाति, तराईवासी–मधेसी, थारु, मुस्लिम लगायत समुदायका लागि स्थापित गरिएका अधिकार तथा ती अधिकार स्थापित गर्न नेकपा ९एमाले० ले खेलेको भूमिकाका बारेमा भ्रम छर्ने र तराईवासी–मधेसी जनताका वास्तविक समस्या र चाहनालाई ओझेलमा पार्दै स्वयं तराई–मधेसका जनताबाट तिरष्कृत समूहहरूका रणनीतिक स्वार्थ र दलीय आग्रहलाई ‘मधेसको समस्या’ का रूपमा चित्रण गर्ने गरिएको छ । हाम्रो पार्टी आम तराईवासी–मधेसी जनताको साथमा सधैभरि दृढतापूर्वक उभिएको छ र त्यहाँका वास्तविक समस्या समाधान गर्न निरन्तर प्रयत्नशील छ । तराई–मधेसका नाममा भइरहेको सामाजिक विभाजन र सामाजिक विद्वेषको राजनीतिक गतिविधिको आलोचना र विरोधलाई तराई–मधेसको विरोध भनेर कुप्रचार नगर्न हाम्रो पार्टी सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।

११। वर्तमान सरकार गठनसँगै सत्ता गठबन्धनबाट मुुलुकको स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितहरूमाथि विभिन्न कोणबाट निरन्तर प्रहार जारी छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अगाडि बढ्नु पर्नेमा सरकार विपरित बाटो हिंडिरहेको छ । छिमेकी मित्र राष्ट्रसँग पूर्ववर्ती सरकारले गरेका दीर्घकालीन महत्व र राष्ट्रिय हितका सम्झौताहरूलाई कार्यान्वयन नगर्ने, तिनलाई असफल पार्ने र राष्ट्रिय हित विपरित वाह्य शक्तिहरूसँग लम्पसार पर्ने सरकारको नीतिका कारण राष्ट्रिय स्वाभीमान र राष्ट्रिय स्वाधीनता झनै कमजोर बन्दै गएको छ र नेपालका आन्तरिक मामलाहरूमा वाह्य हस्तक्षेप बढ्दै गएको छ । हाम्रो पार्टी यस्ता प्रवृत्तिहरूको विरोध गर्दछ ।

१२। यसै पृष्ठभूमिमा हालै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल ९क्क्द्य० का जवानहरूले नेपाली भूमिभित्र पसेर गोविन्द गौतमको गोली हानी कायरतापूर्वक हत्या गरेका छन् । नेपाली जनतामाथि दुव्र्यवहार र आक्रमण गरेका छन् । हाम्रो पार्टी नेपाली भूभागमाथिको अतिक्रमणको विरोध र मातृभूमिको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिद गोविन्द गौतमप्रति उच्च सम्मान व्यक्त गर्र्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र नेपाली भूमि अतिक्रमणका विरुद्ध साहसका साथ प्रतिरोध गर्ने आनन्दबजारका बासिन्दाहरूप्रति अभिनन्दन गर्दछ । नेपाली भूमिमाथि हातहतियार सहित प्रवेश गरेर निर्दोष नेपाली युवाको हत्या गर्ने भारतीय पक्षको अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरितको क्रियाकलापको सशक्त प्रतिवाद गर्दै उक्त क्रियाकलाप्रति भारत पक्षलाई क्षमायाचना गराउन र क्षतिपूर्ति दिलाउनुको साटो वर्तमान सरकार बिषयलाई अन्यत्र मोड्ने प्रयाश गरिरहेको छ । हाम्रो पार्टी यस गम्भीर बिषयमा कुटनीतिक माध्यमबाट गंभीर वार्ता गरी भारत पक्षलाई क्षमायाचना गर्न, पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिलाउन तथा अब आइन्दा यस्ता घटना नघट्ने कुराको प्रत्याभूति गराउन सरकारसमक्ष जोडदार माग गर्दछ ।

१३। निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरूपयोग गर्ने काम व्यापक रूपमा गरिरहेको छ । निर्वाचनलाई प्रभावित गर्ने गरी नयाँ नियुक्ति गर्ने, नयाँ संस्थाहरूको निर्माण गर्ने, जनस्तरबाट निर्माण गरिएका संरचनाहरूको नाम परिवर्तन गरी राजनीतिक हस्तक्षेप गर्ने र कर्मचारीहरूको जथाभावी सरुवा गर्ने लगायत निर्वाचन आचारसंहिता विपरितका कामहरू तीव्र रूपमा भइरहेका छन् । सरकारका यस्ता क्रियाकलापप्रति गंभीर आपत्ति जनाउँदै तत्काल यस्ता काम बन्द गर्न र यसमा प्रभावकारी हस्तक्षेप गर्न निर्वाचन आयोग लगायत सम्बद्ध पक्षको गंभीर ध्यानाकर्षण गर्दछ ।
१४। वर्तमान सरकारबाट प्रचलित ऐनलाई छल्ने बदनियतले एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी बिषयलाई मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराई गरेको नीतिगत भ्रष्टाचारप्रति गंभीर आपत्ति प्रकट गर्दै हाम्रो पार्टी मन्त्रिपरिषद्बाट भएको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न तथा प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग लाभकर असुल गर्न माग गर्दछ ।

१५। मुलुक निर्वाचनको दिशामा अग्रसर भइसकेको परिप्रेक्ष्यमा सिङ्गो पार्टी पङ्क्तिलाई उत्साहका साथ निर्वाचनको तयारीमा अग्रसर हुन, संविधान निर्माण, राष्ट्रियताको संरक्षण र मुलुकको आर्थिक समृद्धि र विकासका लागि पार्टीले खेल्दै आएको भूमिका लगायत विषयलाई जनताको बीचमा सशक्त ढङ्गले स्थापित गर्न र सबै तहका निर्वाचनहरूमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ । साथै सबै दलहरूलाई निर्वाचनमा स्वस्थ प्रतिष्पर्धाका साथ सहभागी हुन र लोकतान्त्रिक निर्वाचन तथा ताजा जनादेशका आधारमा मुलुकका समस्या समाधानमा एकजुट हुन आह्वान गर्दछ ।

१६। मेची– महाकाली राष्ट्रिय अभियानमा पार्टीलाई अपार माया र विश्वास प्रकट गर्नु हुने आम जनसमुदायमा पुनः आभार प्रकट गर्दै यस अभियानलाई सफल पार्न सहयोग गर्नु हुने पार्टीका सम्पूर्ण कमिटी, जनवर्गीय र पेशागत र सामुदायिक सङ्गठनहरू, सम्पर्क समन्वय कमिटी र सम्पर्क मञ्चहरू अभियानको केन्द्रीय टोलीमा सहभागी सबै नेता–कार्यकर्ताहरू, अहोरात्र खट्नु हुने स्वयंसेवकहरू, सांस्कृतिक टिम, स्वास्थ्यकर्मी मित्रहरू, सञ्चारमाध्यमहरू, यातायात साधन उपलव्ध गराउने नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन, हामीलाई आश्रय दिने आश्रयदाता एवं होटेल व्यवसायी मित्रहरू र सुरक्षाकर्मी लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अभियानमा घाइते हुनुभएका साथीहरूको स्वास्थ्यलाभको कामना गर्दछु । पार्टीले सञ्चालन गर्ने आगामी दिनका सबै कार्यक्रमहरूमा पनि यहाँहरूको यस्तै साथ–सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद १

केपी शर्मा ओली
अध्यक्ष

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...