प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको चुनाव दुई चरणमा गर्न खोजिए मान्य नहुने बताएको छ । साथै स्थानीय तहका प्रमुख उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट हटाउने प्रस्ताव मान्य नहुने प्रष्ट पारेको छ ।
एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले सोमबार इलाममा पत्रकार सम्मेलनमार्फत दुई चरणको चुनाव स्वीकार्य नहुने बताएका हुन् ।
प्रेस चौतारी इलाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘दुई चरणमा चुनाव गर्ने भन्ने कुरामै चुनाव नगराउने षड्यन्त्र लुकेको छ । यसमा हामी सहमत हुन सक्दैनौं ।’
नेम्वाङले संविधान संशोधनको नयाँ प्रस्तावमा एमाले पनि सहमत भएको भनेर प्रधानमन्त्री प्रचण्डले झेली कुरा गरेको आरोप लगाए ।
उनले संविधान संशोधनको नयाँ विषय बस्तुमा प्रधानमन्त्रीले एमालेसँग छलफल नगरेको बताए । उनले भने, ‘संशोधनको विषयमा पनि चाइना जानुअघि सामान्य कुरा भएको थियो । प्रधानमन्त्री फर्केर आएर केही कुरा भएको छैन । एमालेको सहमतिमै गर्छु भन्दै हुनुहुन्छ, झेली कुरा हो । हामीलाई कुनै जानकारी छैन ।’
उनले अघि भने, मन्त्रिपरिषदको बैठक समेत बस्ने नसक्ने, अदालतको फैसलापछि पनि नेपाल प्रहरीका आईजिपी नियुक्त गर्ने नसक्ने र उपप्रधानमन्त्रीको बरियता समेत निर्धारण गर्न नसक्ने सरकारको कुरा गर्नु अर्थ छैन ।’
पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले चुनावका लागि संविधान संशोधनको आवश्यकता नरहेको भन्दै अहिले संशोधनको बेमौसमी बाजा बजाउन खोजिएको टिप्पणी गरे । उनले एमालेमा उम्मेदवार छनौटमा कुनै विवाद नरहेको दाबी गरे ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...






