प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलसँग जसरी पनि कर उठाइने बताएका छन् । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले क्रेता–बिक्रेता दुबैलाई राखेर कसले तिर्ने भन्नेबारे छलफल गरी लाभकर उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एनसेल विक्रि प्रकरणमा सरकारले ३३ अर्ब लाभकर छुट दिने निर्णय गरेको भन्ने खबर पनि सत्य नभएको दावी गरेका प्रधानमन्त्रीले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउन प्रयास मात्र गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्मा छिटोभन्दा छिटो कर असुली गर्नुपर्छ भन्नेबारे मात्रै छलफल भएको भन्दै उनले कानुनअनुसार लाभकर विक्रेतासँग लिने भनिएपनि यसअघि किन असुल गरिएन भन्नेबारे पनि छानबिन गरिने प्रधानमन्त्रीको भनाइ थियो ।
सांसदहरुले भने क्षेत्राधिकार बाहिरको विषयमा मन्त्रिपरिषद्ले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
बिक्रेताले देश छाडेर गएकाले जसले खरिद गरेको हो उसैबाट लिनुपर्नेमा सरकारले करछलीलाई प्रोत्साहन दिएको सांसदहरुको आरोप थियो ।
एनसेलले कर नतिर्नु पर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गएको भन्दै समितिले प्रधानमन्त्रीलाई नै बोलाएर जानकारी लिएको हो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






