लोक दलको राष्ट्रिय कार्यकर्ता सम्मेलन शुरु

लोक दलको राष्ट्रिय कार्यकर्ता सम्मेलन सिरहाको लहानमा शुरु भएको छ । लोक दलले पार्टीको संगठनात्मक अवस्था तथा संवैधानिक र कानुनी व्यवस्थाबारे दलको राजनीतिक रणनीति र कार्यकर्ताहरुलाई नेतृत्वदायी भूमिकामा अगाडी ल्याउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको अध्यक्ष कौशल कुमार सिंहले बताउनु भयो ।
सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले अहिले देशको सबै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका विवादमा परेकोले २०६२÷०६३ को जनआन्दोलनको उपलब्धि गुम्ने खतरा बढेको बताउनु भयो । उहाँले अहिले जनआन्दोलनको उपलब्धि गणतन्त्र, समानुपातिक समावेशी चरित्रको राज्य प्रणाली, संघीयता र धर्म निरपेक्षता माथि खतरा आएको बताए । अहिले सबै अंग, निकाय तथा संविधान, ऐन, कानुनहरु विवादमा पर्दै गईरहेकोले देशमाथि खतरा बढीरहेको उहाँले औंल्याउनु भयो ।
अहिलेको राजनीति लोकतन्त्र मास्ने तिर अग्रसर भएको बताउँदै अध्यक्ष सिंहले अब लोकतन्त्रलाई कमजोर वर्गको अधिकारको लागि प्रयोग गर्न कमजोर वर्गका नेतृत्ववर्गहरु संगठित भएर अगाडी बढनु पर्ने धारणा व्यक्त गर्नु भयो । उनले अहिले मधेशी, पिछडावर्ग, दलित, जनजातिहरुको अधिकार खोस्ने गरी पूँजीवादी प्रजातन्त्रको अवधारणा अनुसार थ्रेसहोल्डको अवधारणा आएको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष सिंहले अहिले भ्रष्टहरु संसारभर नै कमजोर वर्गको अधिकारलाई मास्न र स्थापित गर्न नदिनको लागि सञ्जाल चलाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि भ्रष्टहरुको सञ्जालले कमजोर वर्गलाई माथि आउन नदिन विभिन्न ऐन र कानुनहरुको निर्माण गरिरहेको बताउनु भयो ।
उनले एउटा प्रसंगमा भने मधेशीको अधिकारको मार्गमा मधेशीको भोट पहाडी पार्टीलाई दिईने र मधेशी व्यापारीले नोट पनि पहाडी पार्टीलाई नै दिएर बलियो बनाईरहेकोले मधेशीको अधिकार संकटमा रहेको बताउनु भयो । उनले व्यापारी गोल्छा समुहले एउटा पहाडी पार्टीलाई ७ करोड दिएको कुरा बाहिर ल्याएको प्रसंग कोट्याउँदै भन्नु भयो कि त्यति गर्दा पनि गोल्छालाई पहाडे पार्टीले बेईज्जत गरे र उनको ईज्जतसँग खेलवाड गरेतापनि विभिन्न लोभ लालचका कारण त्यस्ताको साथ छाडन् नचाहेको बताए ।
उपाध्यक्ष रामऔतार मण्डलले लोक दल पिछडावर्गको अधिकारको लागि कार्य गरिरहेकोले पिछडावर्गको अधिकारप्रति समर्पितहरुलाई एकजुट भएर अगाडी बढन आग्रह गर्नु भयो । उनले पिछडावर्गको अधिकारलाई अग्रसरता लोक दलले लिईरहेको र यसको लागि संघर्ष गरिरहेको बताए । महासचिव सी.एन.खडगाले लोक दलले संघर्ष गरेर संविधानमा पिछडावर्गको केही अधिकार सुनिश्चित गराउन सफल भएता पनि आयोग र आरक्षण दिलाउन नसकेकोले संघर्ष गर्नु पर्ने बताए । कोषाध्यक्ष श्रीमती इन्दिरा साहले पिछडावर्गलाई आरक्षण र आयोग नदिएर राज्यले पिछडावर्गसँग विभेद गरेको बताए । उनले अहिले पिछडावर्ग, दलित, जनजातिका महिलाहरु महिला आरक्षणभित्र नपर्ने गरेकोले महिला आरक्षणभित्र पनि यिनीहरुको लागि जनसंख्याको आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने बताउनु भयो । कार्यक्रममा सह–महासचिव धनीराम महतोले लोक दल अन्याय र अत्याचारविरुद्ध लडने संगठित शक्ति भएकोले यसले नै मधेशी, पिछडावर्ग, दलित, जनजातिलाई मुक्ति दिलाउने बताउनु भयो । उहाँले हामी कमजोर वर्गको मुक्तिको लागि संघर्षरत रहेकोले यस मुक्तिको आन्दोलनमा सहभागि हुन उहाँले आह्वान गर्नु भयो । कार्यक्रमको अध्यक्षता गरेका सिरहा जिल्लाका अध्यक्ष सत्यनारायण यादवले यो सम्मेलन पार्टीको संगठनात्मक शक्तिलाई बढाउने र नेतृत्वलाई नेतृत्वदायी भूमिकामा अग्रसरता लिनको लागि कार्यकर्तालाई अगाडी बढाउने उद्देश्यका साथ आयोजना गरिएको बताउनु भयो ।कार्यक्रममा विभिन्न जिल्लाका करिब ३०० नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...