मण्डनदेउपुर, काभ्रे । सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि देशैभर कुशल र असल नेतृत्वको अपेक्षा जनताले गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न व्यक्तिहरूले नेतृत्व लिने सोच बनाएर चुनावी तयारीमापनि लागेका छन् । ६ नगरपालिका र ७ गाउँपालिका भएको काभ्रे जिल्ला यतिबेला निर्वाचनमय भएको छ । यस्तै काभ्रेको मण्डन देउपुर नगरपालिकामा पनि मेयर, उपमेयर बन्नका लागि धेरैले मनोकांक्षा देखाएका छन् । मण्डन देउपुर नगरको प्रमुख बन्ने आकांक्षी मध्येकी एक हुन् अम्बिका हमाल। नेकपा एमालेको तर्फबाट महिला उम्मेद्वारको रुपमा पार्टीले टिकट दिने अपेक्षा गरेकी हमालसँगको विशेष अन्तरवार्ताको सारसंक्षेप ।
१. गाउँ नगरमा स्थानीय तहको निर्वाचनको माहोल छाइरहेको यो परिस्थितिमा मण्डनदेउपुरको हालखबर के छ नी ?
स्वभाविकै छ–देशमा स्थानीय सरकार नभएको २० वर्ष हुनै लागेको यो अवस्थामा त्योपनि स्थानीय निकायको नभएर स्थानीय तहको निर्वाचन हुन लाग्दा सर्वत्र माहोल त छाउने नै भयो । देशै भरी माहोला छाइरहँदा मण्डनदेउपुरमा नछाउने भन्ने त झन कुरै भएन । त्यसैमा पनि मण्डनदेउपुर–काभ्रेकै राजनितिक सरगर्मी वढ्ने ठाउँ, राम्रै माहोल तातिरहेको छ । यहाँका गल्ली गल्लीदेखि चियापसल र चोक चोकमा २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन र त्यसका उमेदवारहरुको समेत चर्चापरिचर्चा हुन थालेको छ ।
२. आसन्न स्थानीय तहको निर्वाचनमा यहाँलाई मण्डनदेउपुर नगरपालिकाको मेयर÷उप–मेयरमा टिकट पाउने आशा छ ? यहाँले नै टिकट पाउने आधारहरु के के हुन् त ?
यो स्थानीय तहमा टिकट पाउने सन्दर्भमा मेरो मात्र नभएर समग्र नेपाली महिलाहरुको असाध्यै राम्रो माहोल छ । नयाँ संविधानले व्यवस्था गरे बमोजिम र आधा आकाश ढाक्ने महिलाहरुको प्रतिनिधित्वको सन्दर्भ यस पटकको संविधानले राम्रै व्यवस्था गरेकोले मैलेमात्र भन्दापनि समग्र नेपाली महिलाहरुले यस पटकबाट राज्यको विभिन्न तहमा हुने सबै निर्वाचनहरुमा राम्रै सहभागीता हुने ज्ञारेन्टी सहितको विश्वास छ । यो विश्वास लिई रहँदा मैले र मेरो सन्दर्भमा यस नगरबाट टिकट नपाउने भन्ने प्रश्नै हुन सक्दैन । मैले यसो भनिरहँदा मसँग थुप्रै आधारहरु पनि छन् । मैले महिला संजालको क्षेत्रमा विगत ५ वर्षभन्दा अघिदेखि आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएकी छु । त्यतिमात्र नभएर गाउँ बाल संरक्षण समितिको अध्यक्षको भूमिका निर्वाह गरिसकेकी छु । यसै नगरको प्रचलित संस्था–प्रतिभा बचत तथा ऋण सहकारी संथा लि.को लामोसमयदेखि समितिमा रही काम गर्दै जनताको सेवामा नियमित समर्पित नै छु । यहाँ स्थित महिलाहरुको आर्थिक गतिविधिमा संलग्न श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संथा लि.मा अध्यक्ष्को भूमिकामा हालसम्म अनवरत रुपमा सेवा प्रदान गर्दै आएकी छु । पछिल्लो समय शिक्षण क्षेत्रलाई समेत अँगाल्दै यहाँका महिला, दलित, जनजाती लगायत भनिने पिछडिएका वर्गको समेत क्षेत्रमा मैले आपूmले जाने र सकेसम्मका कामहरु गर्दै आएकी छु । त्यसैले पनि मलाई विश्वास छ की म केवल टिकटको देवेदार्मात्र हैन, मेरो पक्षमा अम्बिकाले नै टिकट पाउनु पर्छ भन्ने धेरै एमालेजन सहितको जनसमुदाय भएको महसुश गरिरहेकी छु ।
३. यहाँ जस्तै पार्टीबाट अन्य धेरैको टिकट पाउने आशामा छन् । के तपाईलाई नै पार्टीले टिकट देला त ?
हेर्नुस् यो २० वर्षको अन्तरालमा हुन लागेको निर्वाचन, त्योपनि एउटा निकायको हैसियतको नभै तहको निर्वाचन हो । राजनिति र समाजसेवाको क्षेत्रमा लागेका मान्छेले आशै नगर्नु पर्ने त कारणै छैन । त्यसमा पनि नेकपा एमाले जस्तो राष्ट्रिय गरिमा बोकेको देशभक्त पार्टी र पार्टी नेता भएको पार्टीका कार्यकर्ताहरु । तथापी मलाई के आशा र विश्वास छ भने मण्डनदेउपुरबाट राजनिति र समाजसेवाको क्षेत्रमा लाग्नु भएका धेरै महिला र सज्जनबृन्दहरुले मैले आजका मितिसम्म जनस्तरमा पु¥याएको सेवाको सन्दर्भमा राम्रै नियाल्नु भएको छ । हालसम्मको व्यक्तिगत जीवन मेरालागि मात्र नभएर समग्र मण्डनदेउपुरको सन्दर्भमा समेत प्रयोग गर्दै आएकीले पार्टीले यस पटक मलाई नै टिकट दिने कुरामा म विश्वस्त छु ।
४. तपाईले टिकट पाए निर्वाचन जित्ने योजनाहरु बनाउनु भएको छ ?
निश्चित छ–बिनायोजनाको मान्छे आजको यो युगमा अघि वढ्न सक्दैन । मलाईपनि यो कुराको राम्रो हेक्का छ । योजनाकै सन्दर्भमा मैले विभिन्न संघ संस्था र सामाजिक सेवामा काम गर्दा अनुभव मात्रै नभई योजनावद्ध भैसमेत सकेकीले आगामी निर्वाचनमा मैले टिकट पाउँदा असाध्यै धेरै सुझबुझ र योजनावद्ध तरिकाले लाग्ने छु । यो स्थानीय निकायको नभएर तहको निर्वाचन भएकोले यो निर्वाचनको सन्दर्भ र उमेदवारको सन्दर्भ पहिले पहिलेको भन्दा असाध्यै पेचिलो समेत छ । यो स्थानीय सरकार हो । सिंहदरबारको अधिकार जिल्लामा नभई गाउँ तहमै आएको यो सन्दर्भमा बिना योजनाको मान्छेको कामै छैन । स्वास्थ्य, शिक्षा र खेलकुदको सन्दर्भमा युवाहरुलाई आकर्षित गर्ने खालको योजना, खेल मैदान निर्माण, सुविधा सम्पन्न अस्पतालको अवधारणालाई अगाडी सारिने छ । मण्डनदेउपुर असाध्यै उर्वर भूमीपनि हो । यसलाई विशेष क्षेत्रको रुपमा विकसित गर्ने सन्दर्भमा आलु, तरकारी लगायतका खाद्यन्नको क्षेत्रमा विशेष क्षेत्रको रुपमा विकसित गरिनु पर्दछ र यहाँको उर्वरभूमीलाई संरक्षित गर्न मण्डनदेउपुर चक्रपथको अवधारणा ल्याउनु जरुरी छ । त्यसैले म यो मिडियामा सबै कुरा र योजना भन्नु भन्दापनि असाध्यै धेरै योजना र सपनाका साथ टिकटको आशामा रहेकी कुरा बताउन चाहन्छु ।
५. यदि तपाईं मेयर हुनु भयो भने मण्डनदेउपुरमा पहिलो काम के गर्नु हुन्छ ?
पार्टीले विश्वासका साथ पत्याएको सन्दर्भमा मैले जे चिजलाई टीकटको रुपमा प्राप्त गर्न सक्नेछु, पाएपछि विजय प्राप्त गर्ने सन्दर्भमा मलाई कुनै अनविश्वासै छैन । मेरो पार्टी नेकपा एमालेबाट टिकट पाउनु नै मेरो पहिलो विजय हो । मण्डनदेउपुर क्षेत्र नेकपा एमालेको लालकिल्ला समेत भएको कुरा २०५४ को स्थानीय निकायको निर्वाचनमा यस क्षेत्रबाट सातै गा.वि.स.हरुमा एमालेलाई प्राप्त उपलब्धी नै प्रशस्त छ । यसो भनिरहँदा मैले टिकट पाउने कुरा असज भन्ने खोजेको अर्थ नलागोस् । यहाँले जितेपछिको कुरा गर्नु भो । जितेपछि गर्नुपर्ने धेरै कामहरु छन् । मण्डनदेउपुर अथाह स्रोत र साधाले भरिपूर्ण क्षेत्र हो । यहाँ स्थित ईन्द्रवती नदिमा १ दर्जन क्रसर उद्योगहरु संचालित छन् । दैनिक ५/७ सयभन्दा वढी टिपरहरु चल्दछन् । नाल्दुमको टुप्पो नगरकोटदेखि ईन्द्रवातीको किनार ज्याम्दीसम्म यो क्षेत्र लम्पसरा पररेर विकास पर्खिरहेको छ । यहाँ सुलिकोटको थामिडाँडा मात्रै हैन नयाँगाँउको शीरमा ठूलीचौर छ । इन्द्रवातीको सुन्दरता नियाल्न मिल्ने जितारी पोखरीमात्र हैन इन्द्रावतीको किनारमा लम्पसार परेको ज्याम्दीका ठूल्डी सहित विभिन्न डिहीहरु छन् । सुन्दर रमणीय चाखोला फाँट दहिको कचौरा जस्तो मिलेको छ । बाह्रै मलिना हरियाली देखिने चाखोला फाँटलाई मण्डनदेउपुरको मात्र हरियाली क्षेत्र भनियो भने अन्याय हुने छ–यो काभ्रेकै हरियाली क्षेत्र समेत हो । विश्वमा चिनिने होटलहरु यसै नगरको वडा नं. १ र २ मा पर्दछन् । चाखोला र ईन्द्रवाती नदीले सर्पले झैं बेरेका छन् । देउपुर हुँदै र नयाँगाउँ हुँदै करिब १५/१८ कि.मि.मा सडक मार्ग हुँदै राजधानी काठमाडौं पुग्न सकिन्छ । विद्युतीय अवधारणा सहित ईन्द्रवाती जलाशय र सुरुङ मार्गको अवधारणा ल्याउने हो भने राजधानीको उकुसमुकसबाट उन्मुक्ति पाउने र्निविकल्प स्थान हो काभ्रेको मण्डन देउपुर । यी सबै चिजको उचित व्यवस्थापन गर्ने सोच राखेकी छु ।
६. मण्डनदेउपुरको समस्यालाई कसरी नियाली रहनु भएको छ ? र यसका सामाधानको लागि के के गर्नु हुन्छ ?
यहाँले समस्या नियाल्ने कुरा गरिरहँदा के भन्न भन लाग्यो भने लामो समयदेखि स्थानीय निर्वाचन नभइरहेको यो अवस्थामा र स्थानीय निकाय÷तह सहित सिंगो देश कर्मचारीबाट चलिनरहनु पर्दा समस्याका कुरा भनिसाध्यै छैनन् । त्यति मात्र नभएर कहिले संयन्त्र प्रतिनिधिको नामबाट त कहिले खारेजी भएनी तिनैको निगरानीमा स्थानीय सरकार चल्दा र १ भोटेदेखि ठूला दलको नामबाट संयन्त्र चल्दा स्थानीय निकाय मागी मात्र नभई ठगी समेत खाने भाँडोको रुपमा परिचित भैरहेको छ । यसलाई व्यवस्थापन गर्नपनि स्थानीय सरकारको आवश्यक्ता जरुर थियो र वैशाख ३१ गते त्यो चिजको व्यवस्थापन हुँदै छ । निर्वाचनबाटै यी सबै विकृती, विसंगतीको अन्त्य हुने कुरमा कुनै दुबिधा लिनु पर्ने अवस्गथा कायम हुने छैन । यहि मेरो प्रतिवद्धता समेत छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






