अब विश्वज्योती मलमा पनि मोबाइल मार्ट, मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुट

 नयाँ वर्षको अवसर पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो । मार्ट सञ्चालनको असर पारेर मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको सुरुवात गरिएको हो । मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भि्सिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सात देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भि्सिंग पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’,
महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ ।बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।

मा प्रकाशित

यसमा तपाइको मत

अर्थ बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले...