नवनियूक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कुनै पनि स्वार्थमा नलागी कामदार र व्यवसायीको हितमा काम गर्न बताएका छन् । नेपाली काग्रेस भातृसंगठन निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको संगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले मन्त्रालयले मन्त्री चलाउने होईन मन्त्रीले मन्त्रालय चलाउने भन्दै आफुले बिगतका अरु मन्त्री भन्दा नया“ काम गरेर देखाउने दावी गरे । अन्तरमन्त्रालयको समन्वय नहु‘दा मन्त्रालयको कामको बारेमा गुनासो आएको भन्दै मन्त्री मन्सुरले परराष्ट्र मन्त्रालय संग समन्वय गरेर अगाडी बढने बताए । वैदेशिक रोजगार व्यवसायीहरुले फ्रि भिसा फ्रि टिकट तत्कालिन राज्य मन्त्री टेकबहादुर गुरुङले हचुवाको भरमा लगाएको र यस्तो अवस्थामा वैदेशिक रोजगारमा कामदार पढाउन नसकिने पश्नमा मन्त्री मन्सुरले यसबारेमा आफुले पनि यो नियमका कारण वैदेशिक रोजगारीको माग संख्या घटेको र नेपाल भित्रने रेमिट्यान्समा पनि कमि आएको बारेमा आफुलाई जानकारी आएको भन्दै यस बारेमा गहन अध्ययन गरेर जायज काम गर्न बताए । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले नेपालको प्रशासनमा सवै भन्दा भ्रष्ट बिभाग अन्तरगर्त वैदेशिक रोजगार बिभाग कार्यालय भएको भन्दै बिभागको भष्ट्रचार र वैदेशिक रोजगार व्यवसायी र कामदारलाई दुख दिने गरेको भन्दै आफना यस्तो गतिबिधि सुधार गर्न नवनियूक्त मन्त्री फरमुल्लाह मन्सुरलाई आग्रह गरे ।
यो वा त्यो बहाना बनाएर बिभागका कर्मचारीहरुले वैदेशिक रोजगार व्यवसायीलाई त्रसित गरेर पैसा माग्ने गरेको अध्यक्ष ढकालले मन्त्री मन्सुरलाई जानकारी गराएका थिए । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले देशको अर्थतन्त्र चलाएमान बनाउन वैदेशिक रोजगार व्यवसायीहरुको ठुलो योगदान भएको भन्दै तर सरकाले वैदेशिक रोजगार व्यसायीको समस्याको बारेमा समाधान गर्न नसकेको बताए । तत्कालिन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले सम्बधित रोजगारदाता मुलुक संग फ्रि भ्रिसा फ्रि टिकट एकोहोरो रुपमा व्यवसायीलाई लादेको कारण व्यवसाय गर्न गाह्रो परेको र माग संख्या एक दमै कम आउने गरेको दुखेसो पोखे । वैदेशिक रोजगार व्यवसायी सदैव कामदारको हितमा र जति सक्दो कम शुल्कमा नेपाली कामदार रोजगारीमा पठाउने आफुहरुको आत्मदेखी चाहना भएको भन्दै तर व्यबहारिक रुपमा फ्रि भ्रिसा फ्रि टिकटले काम गर्न अन्यन्तै अफठयारो परेको अध्यक्ष गैरेले मन्त्री फरमुल्लाह लाई जानकारी गराएका थिए । नवनियूक्त मन्त्रीलाई बधाई तथा भेटघाट कार्यक्तममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने , वैदेशिक रोजगार व्यवसायीहरु नरेन्द्रप्रसाद ढकाल, संकर श्रेष्ठ, नारायण पराजुली , असगर अली, तुल्सी काप्री,थिरमनी पौडेल लगायतको सहभागीता रहेको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






