प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । चुनाबलाई प्रभाबित पार्न खालका समाचार र सूचनाहरु सामाजिक संजालमा नराख्न समेत प्रमुख आयूक्त यादवले आग्रह गरेका छन् । असार १४ गते हुन लागेको चुनावको तयारी अन्तिम चरणमा पुगेको समेत बताए । चुनाब हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिए । यादवले भने, निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।
मंगलबार एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताएका हुन् । यादवले भने, मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्च पनि ब्याक हुँदैन, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ । यादवले चुनावको मुखमा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने, आयोग चुनावमा होमिसकेको छ । यादवले सबै जिल्लामा निर्वाचन सामग्री पु¥याईसकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराए । उनले भने, निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संवेदनशीलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेशको निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् । यादवले अब स्थानीय तहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने, निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीय तहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।
उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जनाए ।त्यस्तै उनले सुरक्षाको प्रत्याभुती गराउन आयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै भने, सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागि हामीले सरकारलाई भनिसकेका छौं । उनले चुनावको मतपरिणाम नआउञ्जेलसम्म हरेक दिन नयाँ–नयाँ चूनौतिहरु आईरहने भएकोले सबै चुनौतिहरु सामाना गर्न आयोग तयार रहेको स्पष्ट पारे ।
निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने, “सबै राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मत हाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैले पनि गर्नुुहुँदैन् । प्रमुख निर्वाच आयुक्त यादवले सरकारले अहिलेसम्म निर्वाचन सानुपर्छ भनेर आधिकारिक रुपमा आयोगलाई नभनेको समेत जिकिर गरे । उनले मध्य असारमा नेपालमा निर्वाचन भएको पहिलोपटक भएको समेत जिकिर गरे । उनले भने, “जनताहरुको प्रत्यक्ष सहभागितामा निर्वाचन हुन्छ, सुरक्षित वातावरणमा मतदान गर्ने व्यवस्थापन गर्ने, मतपेटिकालाई मतदान अधिकृतको कार्यकक्षमा कसरी पुर्याउने भन्ने कार्ययोजना अनुसार हामी काम गरिरहेका छौं । यादवले निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम गरिरहेको समेत जानकारी गराए । उनले भने, “निर्वाचन आचारसंहिता कडाईका साथ कार्यान्वयन भैरहेको छ, यसको लागि हामीले सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाएका छौं ।
उनले अब चुनाव चिन्ह पनि दिन नसकिने स्पष्ट पारे । उनले भने, चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन् । जनता मतदान गर्न आतुर रहेकोले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचनपनि प्रभावकारी रुपमा सम्पन्न हुने स्पष्ट पारे । आम मतदाताहरुबाट आफूहरुलाई पूर्ण सहयोग भैरहेको समेत उनले जानकारी दिए । उनले राजपा नेपाल लगायत केही दलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै भने, उहाँहरुको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छ, स्थानीय तहको कानुन संशोधन, राजनीतिक दलसम्बन्धी ऐनमा पनि संशोधन गरिसकेको थियो, तीन दिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस् भनेर ।
यादवले मतदाता शिक्षालाई पनि यसपटक प्रभावकारी बनाईएको जनाए । उनले भने, “मतदाता शिक्षा कार्यक्रमलाई हामीले सबै निर्वाचन क्षेत्रमा सशक्त रुपमा चलाएका छौं, अहिले पनि चलिरहेको छ, मतदाता शिक्षा पुगिरहेको छ, शिक्षा भनेको कुरा, सबैले प्रत्येक ठाउँमा मतदाता शिक्षाको लागि कार्यकर्ताहरु छन, सामाग्री प्रकाशन गरेका छौं । निर्वाचनमा व्यवस्थापनको दृष्टिकोणबाट भन्दा पनि राजनीतिक दृष्टिकोणबाट समस्याहरु रहेको यादवको भनाई थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






