यति खेर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राजधानी छाडेर चुनाबी प्रचार गर्न आफनो गृह जिल्लामा व्यस्त छन् । अहिले उनी कहा के गदै छन भन्ने चासो बिषय बनेको छ । नेकपा एमालेको अव मधेशमा चुनावी भबिष्य के हुनछ भन्ने बारेमा चिया पसल देखी मन्त्री क्वाटर सम्म चर्चा चलने गरेको छ । कांग्रेस, माओवादी र केही मधेशबादी दलहरुले तराईमा एमालेको धेरै ठाउमा पराजित हुने दावी गरेका छन् । तर उनीहरुले एमाले पराजित भनिरहदा राजपाकै प्रवावशाली नेता कार्यकता चुनावी मुखमा एमालेमा प्रवेश गर्न क्रम बढदो छ । केही अवसर बादी र कहलहीमा लागेका केही मानिसहरुलाई मधेशबादी दलहरुले प्रभाव पारेर कार्यकता उचाल्ने र एमालेलाई त्रसाउने गतिबिधि भईरहेको अवस्था छ । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बढार्ने भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने चतावनी दिएका छन् । नेकपा एमालले मधेशमा भारी मतका साथ जित्ने उनको निष्कर्ष छ । झापाको कनकाई नगरपालिकामा एमालेको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ओलीले भने, ‘एमालेलाई प्रदेश नं. २ मा हराउँछौं भन्नेहरुलाई देखाइदिने र कुचो कसको हातमा त्यो चुनाव पछि थाहा हुनी बताएका छन् । अबको पहिलो शक्ति भनेको नेकपा एमाले भएको दावी गर्दै ओलीले निर्वाचनमा हार व्योहोर्नुपर्ने भएकाले सरकारमा रहेका दलहरुले पटक पटक निर्वाचन सारिरहेको दाबी गरे । एमाले राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै उनले माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दवाव दिइरहने बताए । दोस्रो चरणको स्थानीय चुनावमा आफ्नै गृहजिल्ला झापामा उम्मेदवार चयनका क्रममा उत्पन्न अशन्तुष्टि साम्य पार्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमवार झापा पुगेका हुन् ।ओली चार दिनसम्म झापामै रहने र बिभिन्न चुनावी सभाहरुलाई सम्बोधन गर्ने एमालेले जनाएको छ । ओलीले अशन्तुष्ट कार्यकर्तालाई मनाउनेछन् भने बिर्तामोड, बुद्धशान्ति, दमक, गौरादह, मेचीनगर, भद्रपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।असार ८ गतेसम्म झापामा रहने ओलीले छिमेकी जिल्लाका कार्यक्रममा समेत भाग लिने सचिवालयले जनाएको छ । ओली झापाको दमकस्थित आफ्नै निवासमा छन् ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






