नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेलाई हराउन ठुलो सडयन्त्र भएको आरोप लगाएका छन् । गृहजिल्ला झापामा नवनिवार्चित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले झापाको चुनावी परिणामप्रति पनि असन्तुष्टि पोखे । झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाको परिणाम नआउँदै एमालेले ११ उपप्रमुख जितिसकेको छ । तर, प्रमुख भने ६ स्थानमा मात्र जितेको अवस्था छ ।एमालेले यसलाई अन्तरघातको कारण भनेको छ । झापाको गौरादह, बुद्धशान्ति र मेची नगरपालिकामा प्रमुख हार्नुको कारण खोज्न ओलीले जिल्ला नेतृत्वलाई निर्देशन दिए । ‘हामीले सधैं जित्ने गरेका ठाउँमा किन र कसरी हारियो ? मलाई एक साताभित्र स्पष्टकरण चाहिन्छ’ ओलीले भने, ‘सधैंभरि एमाले हुने एक दिन मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमालेमा रहन पाउँदैन, त्यस्ता मान्छेको एमालेका स्थान छैन ।’
झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक नै बुद्धशान्ति गाउँपालिकामा पराजित भएको र सचिव मदन अधिकारी एमालेको गढ गौरादहमा पराजित भएकोमा ओली क्षुब्द देखिएका छन् । त्यस्तै मेचीनगरमा बिष्णु प्रसाईले हार्नुमा अन्तरघात भएको उनको ठहर छ ।अन्तरघात गर्नेहरुको पहिचान गरेर निर्मम कारवाही गर्न उनले निर्देशन समेत दिएका छन् । पार्टी सचिव प्रदीप ज्ञवाली र काठमाडौंका पूर्व मेयर केशव स्थापितसहित झापा पुगेका ओलीले जनप्रतिनिधिहरुलाई विपक्षीलाई समेत समेटेर विकास निर्माणको काममा लाग्न निर्देशन दिए ।
एक नम्बर प्रदेशमा धेरै ठाउँमा एमालेले अन्तरघातका कारण प्रमुख पद गुमाउनुपरेको निष्कर्ष ओलीले निकालेका छन् । १ नम्बर प्रदेशमा एमालेले १३ ठाउँमा प्रमुख हारेर उपप्रमुख जितेको छ । प्रदेशमा ६७ स्थानमा प्रमुख जित्दा उपप्रमुखमा ८० जना जितेका छन् । ओली बिजय उत्सवमा सहभागी हुन पूर्वी नेपालमा छन् ।उनी शनिवार धनकुटा पुगेका थिए । धनकुटामा एमालेले सबै स्थानीय तह जितेर इतिहास रचेको भन्दै ओलीले जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सन घोषित गरेका थिए ।पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान संशोधनको हल्ला फेरि सत्तापक्षले गर्न थालेको भन्दै विदेशीले डिजाइन गरेको त्यो प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।उनले हिमाल, पहाड र तराईलाई अलग गर्ने योजना सफल हुन नदिने बताए । ओलीले एमाले विरुद्ध विदेशीकै उक्साहटमा गठबन्धन बनेको र त्यो गठबन्धलाई जनताले चुनावबाट परास्त गरेको बताए । उनले अदालत, निर्वाचन आयोग स्ता संवैधानिक अंगहरु सरकारको लाचार छायाँ बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






