वैदेशिक रोजगारमा कामदार पठाउने व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही असार ३० गते हुदै छ । व्यवसायी संघको अध्यक्षका लागी वर्तमान अध्यक्ष विमल ढकाल समुह र महासचिव रोहन गुरुङवीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । यस्तै रोहन गुरुङ संयूक्त व्यवसायिक समुहले आफनो प्रचार प्रसारलाई तिब्र पारेको छ । उक्त प्यानलबाट सचिवमा ईश्वर जिसीले उम्मेदवारी दिएका छन् । वैदेशिक रोजगार व्यवसायमा वौद्घिक र स्पष्ट्र बक्ताको नाम हो इश्वर जिसी ।विगत १५ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा क्रियाशिल जिसी वैदेशिक रोजगार क्षेत्रको बारेमा नजिक बाट नियाल्दै आएका छन् ।व्यवसायी र कामदारको हितमा प्रष्ट वकालत गर्न सक्ने जिसीको सबै व्यवसायीसँग सौहाद्र्धपूर्ण सम्बन्ध छ । सचिवका प्रत्यासी जिसी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय समाजिक संस्थामा समेत आवद्व भई काम गदै आएको उनको अनुभव छ । वैदेशिक रोजगार क्षेत्रमा नीति गत सुधार गरेमात्र यो व्यवसाय व्यवस्थित र सम्मान जनक व्यवसाय हुने उनको भनाई छ ।
प्युठान बरौला हैरावती गाउँपालिका जन्मिएका जिसीले स्नातकोत्तर गरि सकेका छन् । विद्यार्थी जीवनमा प्राध्यापक बनाउने सोच बोकेका उनी बेरोजगार यूवाहरुलाई कसरी सुरक्षित रोजगार दिन सकिन्छ भन्ने सोच बोकेर यो क्षेत्रमा लागेको उनी बताउछन् । पञ्जाब युनिर्भसीटीमा अध्ययन गरेका जिसिले ०६२ बाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । अक्सफोर्ड इन्टरनेशनल प्रालिका अध्यक्ष समेत रहेका जिसी बर्तमान वैदेशिक रोजगार व्यवसायी संघको सदश्य पनि हुन । वैदेशिक रोजगार व्यवसायीको समस्याको समाधानमा उनी नितीगत रुपमा नै समाधान गर्नु पर्ने उनको भनाई छ ।
निम्न माध्यम वर्गको मान्छेलाई रोजगार दिने व्यवसाय भनेको वैदेशिक रोजगार क्षेत्र नै हो । वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्स बाटै राज्य चलेको र यस क्षेत्रले पुयाएको योगदानको बारेमा राज्यलाई बुझाउन जरुरी रहेको सचिबका प्रत्यासी जिसीको भनाई छ ।
सचिव पदको उम्मेदवार किन ?
संघमा देखिएको राजनिती छाया“लाई हटाई व्यवसायी र कामदारको हितमा काम गर्न मेरो प्रमुख भुमीका हुने छ । मेरो एजेन्डा भनेको प्रोफेसनल बनाउने हो । संघलाई पोर्टल एप्सको सिस्टम, वानडोर सिस्टम गर्नु छ । व्यवसायलाई नीतिगत सुधार गर्नुपर्छ । हामी प्रविधिको माध्यमबाट काम गर्न चाहान्छौं । संघ र विभागबीचको समन्वयलाई दरिलो बनाउने हो । नयाँ सफ्टवेयरको माध्यमबाट हरेक व्यवसायीको समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहने छ । हामी छोटो र दिर्घकालिन योजना बनाएर काम गछौं । समयमा वैठक बसाली सचिवले गर्न काम तुस्त दुस्त बनाई संघलाई नमुनाको रुपमा अगाडी लैजाने मेरो प्रमुख पहल हुने छ । संघको जग्गा भए पनि आफनै भवन नभएको कारण कार्यालय संचालन गर्न अफ्ठयारो हुदै आएकोले संघको भवन बनाउन छिटै नै पहल गर्ने छु । साथै अर्को पुस्ताले पनि यो व्यवसाय इजत र सानदार साथ गर्न पाउने बातावरण बनाउन मेरो भुमीका रहने छ ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...







