काठमाडौँ । मलेशिया रोजगारीमा सिण्डिकेटको अन्तिम तयारी शीर्षकमा एक दैनिक प्रत्रिकाले समाचार प्रकाशन गरेपछि व्यवसायीहरुले त्यसको खण्डन गरेका छन् । पत्रकार सम्मेलन गरेरै उनीहरुले यस्तो खण्डन गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी असार ३० गते हुने निर्वाचनको सम्मूखमा निर्वाचनलाई नै प्रभावित पार्ने गरी नियोजित रुपमा समाचार प्रकाशन गरेको भन्दै उनीहरुले त्यसको खण्डन गरेका हुन् । ‘समाचारमा प्रकाशित भए जस्तै मलेशियाको रोजगारीका लागि सिण्डिकेट लगाउने विषयमा कहीँ कतै र कुनै ठाउँमा छलफल त के भेटघाट समेत नभएको प्रष्ट पार्न चाहन्छौँ,’ वैदेशिक रोजगार व्यवसायी संघमा ‘संयुक्त व्यवसायिक समूह’ का तर्फबाट महासचिवका उम्मेदवारसमेत रहनु भएका नरेश गेलालले भन्नुभयो, ‘सबै खालको सिण्डिकेट प्रणालीलाई नै खारेजी गर्ने अभियानलाई सफल पार्नका लागि सिण्डिकेटविरुद्धको नेतृत्व संघमा स्थापित गर्न निर्वाचनमा गैरहेका बेला यस्तो समाचार आउनु नितान्त नियोजित षडयन्त्र भएको जानकारी गराउँछौँ ।’
डिपी डाइनामिक पोजिसन प्रालीका सञ्चालक समेत रहनुभएका गेलालले भन्नुभयो–‘यस्तो हाँस्यास्पद र लज्जास्पद विषयलाई उछालेर व्यवसायीहरुको चरित्र हत्या गर्ने विषय अत्यन्त नित्कृष्ट कार्य भएकोले यसको घोर भत्र्सना गर्दै तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्दछौँ ।’
‘वैदेशिक रोजगारको क्षेत्रमा देखिएका अन्य सबै सिण्डिकेटहरु अन्त्य हुनुपर्छ भनेर विगतदेखि नै आन्दोलित हुँदै अगाडि बढिरहेको बेला यस्तो प्रायोजित, कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेर व्यवसायीलाई दिगभ्रमित पार्ने हर्कत भैरहेका छन् । यस्ता हर्कतको पछि नलाग्न पनि सम्पूर्ण व्यवसायी मित्रहरुलाई अपिल गर्दछौँ,’ संयुक्त व्यवसायिक समूह’ का तर्फबाट अध्यक्षका उम्मेदवारसमेत रहनु भएका रोहन गुरुङले भन्नुभयो ‘वायोमेट्रिक, आइएससी, ओएससी, माइग्राम्स्, भीएलएन जस्ता अबैधानिक संस्थाहरुलाई समाप्त गर्न सबै व्यवसायीहरु एक जुट हुनु पर्ने बेलामा माफियाहरुको मिलेमतोमा गरिएको यो प्रपञ्चका पछि नलाग्न हामी आग्रह गर्दछौँ । यस्ता बदनियतपूर्ण रुपमा निर्माण हुने र आम व्यवसायीहरुको हित विपरीत हुने कुनै पनि खालका विषयहरुमा हाम्रो समर्थन नरहने कुरा अवगत गराउँछौँ ।’
उहाँले यो सिण्डिकेट लागू गर्ने कुरा नभएको भन्दै यो प्रणालीलाई लागू गर्न खोज्ने तत्वहरुलाई वहिष्कृत गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘यो सबै कुरा रोहन गुरुङ नेतृत्वको ‘संयुृक्त व्यवसायी समूह’ को लोकप्रियता र जित सुनिश्चितताको विषयबाट अत्तालिएका व्यक्तिहरुले सिर्जना गरेको भ्रामक दूष्प्रचार मात्र भएकोले त्यस्ता भ्रममा नपरी निर्धक्क संयुक्त व्यवसायी समूहका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गर्दछौँ,’ डि प्रोटोन म्यानपावर सप्लायर्सका सञ्चालक हरिप्रसाद थापाले भन्नुभयो ।
सो दैनिक पत्रिकाले एफडव्ल्युसीएमएसको नक्कली ‘लेटरहेड’ बनाई व्यवसायीलाई भ्रमित पार्ने काम समेत गरेको व्यवसायीहरुको आरोप छ ।
व्यवसायीहरुले समाचार भ्रामक र तथ्यहिन भएको व्यवसायीहरुको मानमर्दन गरेको लगायतका आरोप लगाउँदै प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र वैदेशिक रोजगार पत्रकार समाजमा उजुरी समेत दिने तयारी गरेका छन् ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...






