प्रधानमन्त्री देउवालाई मन्त्री छान्नै हम्मे हम्मे कहिले पाउला सरकारले पूर्णता ?

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको लामो समय बितिसक्दा पनि मन्त्रीहरुको टुङगो लगाउन हम्मे हम्मे परेको छ । देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसेकेको भए पनि सरकारले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाको यो सुस्तताले पाटी भित्र र बाहिर नै उनको कामको शैलीको आलोचना सुरु भएको छ । काँग्रेसभित्र रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले चाँडो मन्त्रीपरिषद विस्तारका लागि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिई रहे पनि देउवा भने अझै ठोस निर्णयमा पुग्न सकेका छैनन् । प्रधानमन्त्री र सत्तागठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाहीँ विभिन्न कारण देखाएर मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरिरहेका थिए । तर, अव संविधान संशोधनमा दुई तिहाईको सम्भावनाका खेल तत्कालका लागि सकिएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा पुगेका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको काँग्रेस निकट स्रोत बताउँछ । यद्यपि अहिलेसम्म मन्त्रिहरुको नाम र मन्त्रालयको बाँडफाँडको विवाद अझै टुंगिएको छैन ।
जव देउवा जेठ २३ मा प्रधानमन्त्रीमा चयन भए थिए, उनले २४ जेठमा सपथ लिए र कार्यभार सम्हाले । देउवावाहेक त्यसदिन तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले सपथ लिए । तर, त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन । अहिले प्रधानमन्त्रीका भागमा २३ मन्त्रालय छन् । मन्त्रीबिनाका मन्त्रालयको काम पनि प्रभावित भएको छ ।प्रधानमन्त्रीले पहिलो चरणमा सात मन्त्रीसहित मन्त्रिपरिषद् बनापछि जेठ मसान्तसम्म दोस्रो चरणमा मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर, सत्तारुढ दलभित्र मन्त्री चयनलाई लिएर भएको विवादले मन्त्रिपरिषद् विस्तार जेठमसान्तसम्म हुन सकेन ।असार लागेपछि प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानी–जानी मन्त्रिपरिषद विस्तार १५ दिन ढिला गरे । यो उनीहरुको रणनीतिक योजना थियो ।चुनाव अगाडिसम्म मन्त्रिपरिषद् विस्तार ढिलाईमा सत्तारुढ दलकै शीर्ष नेताहरुको रणनीतिले काम गरेको थियो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी्भित्रका अन्तरविरोध चुनाव अगाडि सतहमा नआउन भन्नका लागि मन्त्रिपरिषद् विस्तारको समय पछाडि धकेलेका थिए ।चुनाव अगाडि मन्त्रिपरिषद् विस्तार गर्दा दुवै पाटीभित्र अन्तरविरोध बढ्ने र त्यसले चुनावी नतिजा प्रभावित पार्ने देउवा–प्रचण्डको बुझाई थियो । चुनाव अगाडि केही नेतालाई मन्त्री बनाउँदा उनीहरु असन्तुष्ट हुने र स्थानीय तहको चुनाव प्रभावित पार्न सक्ने देउवा र प्रचण्डको बुझाई थियो । यहीँ कारण उनीहरुले असार १४ गतेसम्मका लागि मन्त्रिपरिषद् विस्तार रोकेका थिए । यद्यपी बाहिर चाहीँ मन्त्रिपरिषद् विस्तारको चर्चा भने भैरहेको थियो ।असार १४ गतको दोस्रो चरणको स्थानीय तहको चुनावपछि मन्त्रीपरिषद् विस्तार गर्ने योजनालाई फेरिक केही दिनका लागि रोकियो र कारण देखाइयो संविधान संशोधन । प्रधानमन्त्री असार तेस्रो सातातिर मन्त्रिपरिषद् विस्तारको काम रोकेर संविधान संशोधनको गृहकार्यमा लागे । चुनावलगत्तै सरकार र सत्तारुढ दल संविधान संशोधनको गृहकार्य र संवादमा जुटे । संविधान संशोधनको गृहकार्य भैरहदा मन्त्रिपरिषद् विस्तारले प्रभावित गर्न सक्ने भन्दै चुनाव लगत्तै गर्ने भनिएको मन्त्रीपरिषद विस्तारको काम साउनको पहिलो सातासम्मका लागि धकेलिएको थियो । सरकारले असोज २ का लागि प्रदेश नम्वर २ मा स्थानीय तहको चुनावको घोषणा गरेको छ । तर, आफ्ना माग पुरा नभएसम्म चुनावमा जान राष्ट्रिय जनता पार्टीले मानेको छैन । उसलाई चुनावमा भाग लिने सुनिश्चता गराउने सरकारको योजना छ । यसैका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको काम रोकेर संशोधनको वातवरण बनाउन थालेका थिए ।
यसका लागि सरकारले राजपासँगै परामर्श गरेर संविधान संशोधन विद्येयक अगाडि बढाउने तयारी गरेको थियो । यस्तो अबस्थामा एक–दुई सांसदको पनि महत्व हुने भएकाले सरकारले त्यहाँ नजर लगाईरहेको थियो । संशोधन प्रस्ताव अगाडि बढे सरकारले साना दललाई विश्वासमा लिने सोच बनाएको थियो । यसका लागि उनीहरुलाई मन्त्रीको ‘अफर’ दिएर संशोधन प्रस्तावका लागि सहमत बनाउने सरकारको योजना थियो ।तर, असार अन्तिम साता संसदमा पेश गर्ने भनिएको संशोधन प्रस्ताव तत्कालका लागि रोकिएको छ । अव संशोधन प्रक्रिया केही समय अगाडि नबढने सम्भावना छ । यस्तो अबस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार अन्तिममा वैंकक गएका थिए । उनी आइतवार मात्र काठमाडौं फर्के । संशोधन प्रस्ताव तत्काल अगाडि नबढने अबस्थामा काँग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका तर्फबाट मात्र मन्त्री थपेर सरकारलाई पूर्णता दिने सत्तारुढ दलको तयारी छ । राप्रपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । राप्रपाले सरकारमा सहभागी हुने–नहुने अझै सुनिश्चता गरेको छैन ।मन्त्रिपरिषद् विस्तारमा ढिलाईको अर्को कारण हो, सत्तारुढ दलबीच भएको विवाद । मन्त्रीहरुका आकांक्षी धेरै भएपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावमा छन् । काँग्रेसभित्र पहिलो चरणमा देउवा समूहका तीन मन्त्री मात्र गएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट देउवा सरकारमा पहिलो चरणमा कोही नेता पनि मन्त्री भएनन् । अहिले पौडेल र सिटौला समूहले चुनाव अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई दवाव दिएका छन् ।काँग्रेसमा जस्तै माओवादीभित्र पनि मन्त्रीका लागि महाभारत छ । पार्टी वैठकमा नेताहरुबीच मन्त्रीका विषयमा विवाद नै भएको छ । पटक–पटक एउटै व्यक्तिलाई अवसर दिएको भन्दै नेताहरुले पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...