किन रोजे प्रधानमन्त्रीले पहिलो भ्रमण दिल्ली नै ?

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जान आतुर भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुने बताएको छ । नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ । देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीको भनाई छ । उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणपछि नै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी छलफल र तयारी अघि बढेको छ । यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए । उनले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गरेका थिए । त्यतिबेला समकक्षी सुष्मा स्वराजबाहेक अन्य नेतासँग महराको भेटघाट भएन । उनी फर्केको दुई सातामै प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि भारतमा राष्ट्रपति निर्वाचनको चटारोले हुन सकेन । भारतले नयाँ राष्ट्रपति पाएलगत्तै देउवा भारत जानेछन् । प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए । विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन एक महिनापछि स्वराज नेपाल आउने र त्यसलगत्तै देउवा दिल्ली जाने गरी तयारी अघि बढेको अधिकारीहरु बताउछन् । ‘तिथिबारे छलफल भइरहेको होला, यसमा अपडेट हुन पाएको छैन तर भ्रमण हुने विषय आइरहेकै छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अहिले नै भ्रमणको विषयमा बोल्न नसक्ने बताउदै भने सम्बन्ध विस्तारका लागि उच्चस्तरको राजनीतिक भ्रमण नराम्रो विषय होइन ।’देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ ।

देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन । पुरानो तयारीअनुसार अर्को साता प्रधानमन्त्री भारत पुग्नुपर्ने थियो । तर, राष्ट्रपति निर्वाचनका कारण त्यो तिथि सरेको हो । उनी अब तेस्रो चरणको निर्वाचनअघि भारत      जानेछन् ।अन्तिम समयमा सधैं चटारो हुने भन्दै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले     प्रधानमन्त्री देउवाको दिल्ली यात्राको तयारी भने थालिसकेका छन् । परराष्ट्र, गृह, अर्थ, आपूर्ति,          ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे    छलफलभइरहेको छ । भ्रमणका एजेन्डा तय गर्न विभिन्न मन्त्रालयका सम्वन्धित शाखाले  परराष्ट्रकोदक्षिण एसिया महाशाखासँग पनि छलफल अघि बढाएका छन् ।परियोजनाको प्रगति, नेपाल    भारतबीच भएका           सहमति र सम्झौताको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ ।  तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग निर्माण थालनी, पहिलेका प्रतिबद्धतालगायत  विषयमा छलफल       भइरहेको छ । परराष्ट्र सचिव र राजदूतस्तरीय संयन्त्रले गरेको नियमित बैठकका  प्रगति, प्रबुद्ध व्यक्ति समूहमा भइरहेको छलफल तथा विकास र राजनीतिक एजेन्डालगायत कुराकानी  भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खासै धेरै सम्झौतामा हस्तक्षर हुनेछैनन,यसअघि भएका सम्झौता कार्यावन्यनमा जोड दिने तयारी छ । केही नयाँ सम्झौता हुने तर कुन विषयलाई अन्तिम रुप दिने भन्ने विषय अझै छलफलमै रहेको प्रधानमन्त्री कार्यालयस्रोतले जनायो । प्रधानमन्त्री न्युयोर्क जानुभन्दा अगावै भारत जाने गरी तयारी अघि बढिरहेको छ । असोज ३ मा संविधान दिवस मनाएर प्रधानमन्त्री न्युयोर्क जाने तयारी छ । करिब डेढ महिना पहिले चौथोपटक प्रधानमन्त्री बनेका देउवाको आगामी भारत भ्रमण नै पहिलो विदेश भ्रमण हुनेछ । देउवाले भारतजस्तो छिमेकलाई चिढ्याएर होइन, सहकार्य गरेर नै अघि बढ्नुपर्छ भन्ने मान्यतामा भ्रमणलगायत कार्यमा जोड दिएका छन् ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...