अब आइपिओ हाल्न बैंक पनि जानु नपर्ने, बिक्री बन्दको भोलीपल्टै बाँडफाँड

 केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले लगानीकर्तालाई अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुबिधा सुरु गरेको छ। सिडीएससीले संचालनमा ल्याएको मेरो शेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुबिधा दिएको हो।
‘अब आउने नयाँ प्राथमिक शेयरमा लगानीकर्ताले घरै बसी बसी अनलाइन आबेदन दिन सक्छन्, सिडीएससीका प्रमुख कार्यकारी अधिकृत देब प्रकाश गुप्ताले भने।
उनका अनुसार प्राथमिक शेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो शेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ। त्यसका लागी लगानीकर्ताले पहिले आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँमा गएर एउटा फाराम भर्नुपर्छ। निक्षेप सदस्यले अधिकतम ५० रुपैयाँ लिएर लगानीकर्ताको यस्तो खाता खोलिदिन्छन्।
मेरो शेयरमा खाता खोलेपछि लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन)’ लिनुपर्छ। अहिलेसम्म यस्तो सुबिधा छ वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका छन्। तिनमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिदार्थ बैंक, प्रभु बैंक, गुडविल फाइनान्स र युनाइटेड फाइनान्सले छन्। छिटै नेपाल बैंक, कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र माछापुच्छ्रे बैंक यो सेवा सुरु गर्ने तयारिमा रहेको गुप्ताले बताए।
मेरो शेयरमा खाता खोल्ने र बैंकबाट सीआरएन लिने प्रक्रिया सकिएपछि    लगानीकर्ताले प्राथमिक शेयरमा अनलाइन आबेदन दिन सक्ने गुप्ताको भनाइ छ ।
अनलाइनबाट शेयरमा आबेदन दिन मेरो शेयरको वेबसाइटमा गई ‘माई आस्बा’ भन्ने फिचरमा क्लिक गर्नु पर्छ। त्यहाँ प्राथमिक शेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ। लगानीकर्ताले आफुले चाहेको कम्पनी क्लिक गरि आवेदन दिन सक्छन्।
लगानीकर्ताले कम्पनी छाने पछि सबैभन्दा पहिले कति कित्ता आवेदन दिने हो त्यो खुलाउनु पर्छ । त्यसपछि यति पैसा लाग्छ भनेर सिष्टमले ‘अटोमेटिक’ देखाउँछ। त्यसपछि कुन बैंकबाट पैसा रोक्का राख्ने हो, त्यसको नाम छनौट गर्नुपर्छ। बैंकको नाम छनौट गरे पछी लगानीकर्ताको खाता भएको शाखाको नाम र खाता नम्बर अटोमेटिक देखाउँछ।
त्यसपछि लगानीकर्ताले सीआरएन नम्बर हाले पछि फाराम भर्ने काम सकिन्छ। त्यसपछि सुरक्षा र लगानीकर्ता पहिचानका लागि मेरो शेयरले  लगानीकर्ताको ईमेलमा एउटा कोड पठाउँछ। उक्त कोड हालेपछि अनलाइन फारम भर्ने प्रक्रिया सफल भएको सन्देश लगानीकर्ताले पाउछन्। उल्लेख गरिएको रकम खातामा छैन भने आवेदन स्वतः रद्ध हुन्छ।
अनलाइन आबेदन दिन नचाहनेले पनि बैंकमा गएर खाताको रकम एयर मार्क गरि आस्बा मार्फत आबेदन दिन सकिने सुबिधा पनि यथाबतै रहेको गुप्ताले जानकारी दिए। सीआस्बा सफ्टवेयर मार्फत प्राथमिक शेयरमा अनलाइन आबेदन दिँदा बाँडफाड अवधि पनि छोटो हुने गुप्ताको भनाई छ ।
सीआस्बा सफ्टवेयरले बैंक, बिक्रि प्रबन्धक र नेपाल धितोपत्र बोर्डलाई लगानीबारे एकै पटक सुचना पुर्याउछ। जसले गर्दा कति दिनमा कति आबेदन पर्यो भनेर बोर्डले पल पलमा यथार्थ तथ्य संकलन भइ रहेको हुन्छ।
सिडिएससीले सीआस्बा सफ्टवेयर सबै बैंकमा पुर्याउन ‘सीआस्बा मार्फत विद्यतीय कारोबार सम्बन्धि कार्य संचालन निर्देशिका,२०७४’ स्वीकृतिका लागि बोर्ड पठाएको छ। सिडिएससीले पठाएको निर्देशिका सामान्य परिमार्जन सहित स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको बोर्ड प्रवक्ता एवं कार्यकारी निर्देशक निरिज गिरिले जानकारी दिए।
बोर्डले आस्बा सेवा प्रदायक बैंकमा सीआस्बा सफ्टवेयर अनिबार्य गरे बिक्री बन्द भएको भोलीपल्टै बाँडफाँड गर्न सकिने गुप्ताको भनाइ छ।

मा प्रकाशित

यसमा तपाइको मत

अर्थ बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...