चुडामणि शर्माको रिटलाई पूर्ण इजलाशमा पठाउने आदेश

सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटलाई पूर्ण इजलाशमा पठाउने आदेश भएको छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाइका क्रममा रिटमा जटिल प्रश्न उब्जेको भन्दै बुधवार पूर्ण इजलाशमा पठाउने आदेश भएको हो ।

न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो । तीन वा तीन भन्दा बढी न्यायाधीश रहने इजलाशलाई पूर्ण इजलाश भनिन्छ । पूर्ण इजलाशमा सुनुवाई नभएसम्म शर्मालाई अख्तियारको हिरासतमा राखिने भएको छ ।
शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत असार २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य(सचिवसमेत रहनुभएका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ।

विभिन्न व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो। झण्डै १ हजार सात सय निवेदनमध्ये आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो।
झण्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो। आयोगमा रहँदा नाम मात्रको कर उठाएको आरोप उजुरीमा थियो। सोही उजुरीमा छानबिन हुँदा अनियमितता देखिएपछि बयानमा उपस्थित भएका शर्मालाई हिरासतमा लिइएको थियो। शर्मा जेठ १८ मा पक्राउ परेका हुन्।

मा प्रकाशित

यसमा तपाइको मत

अर्थ बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले...