गोर्खाल्याण्ड आन्दोलन दिल्ली केन्द्रित, मोदीलाई भेट्ने

स्कुलहरुमा बंगाली भाषा अनिर्वाय गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन अब दिल्ली केन्द्रित भएको छ। तर, पहाडको बन्द हड्ताल भने कायमै छ।

मंगलबार कालेम्बुङमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी)को बैंठकले दार्जीलिङमा आन्दोलनलाई जारी राख्दै केन्द्रीय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको थियो।

उता गोर्खा जनमुक्ति मोर्चा (गोजमो) अब यो आन्दोलनमा प्रधानमन्त्री कार्यलयको हस्तक्षेप चाहान्छ। मोर्चा प्रमुख विमल गुरुले पनि पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहेको बताएका छन्। गुरुले बुधवार मात्रै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए। उनले सिंहलाई भेटेर मोर्चा प्रतिनिधिहरुसँग मोदीको बैंठक राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीसँग भेट्न मोर्चाले रुपरेखा बनाइरहेको मोर्चा महासचिव रोशन गिरीले जनकारी दिए।

जीएमसीसीले गोर्खाल्याण्ड आन्दोलन प्रति केन्द्रको ध्यानाकर्षण गराउन १ अगस्त देखि दिल्ली केन्द्रित कार्यक्रम घोषणा गरेको छ। यसमा सबै दलका प्रतिनिध रहने छन जसले दिल्लीका विभिन्न र सांसदहरुसँग भेट गर्नेछ। मोर्चालाई लागेको छ कि केन्द्र गोर्खाल्याण्डको प्रक्षमा छ, तर न अहिलेसम्म केन्द्रले मुख खोलेको छ नत भाजपा नेताहरु नै यसबारे मुख खोल्छन्।

सुत्रका अनुसार राज्य प्रशासनले दार्जीलिङमा गरिरहेको दमन माथि केन्द्रको हस्तक्षेप चाहाने मोर्चाका प्रतिनिधिहरुलाई केन्द्रले भनेको छ,‘ यो कानुन व्यवस्था राज्यको विषय हो,यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन्। राज्यले चाहेमा अर्ध सैनिक बल पठाउन सकिने छ।’

मानव अधिकारको टोली दार्जीलिङमा
यसैबीच गोर्खाल्याण्ड आन्दोलनमा भएको भनिएको मानव अधिकार हननको अवस्थाबारे बुझ्न एक मानवअधिकारको टोली दार्जीलिङ पहाड जाँदै छ। भारतको एक प्रमुख मानव अधिकारवादी सँगठन एसोसियसन फर प्रोजेक्शन अफ ह्युमन राइट्स(एपीडीआर)को १० सदस्यीय टोली आज दार्जीलिङ पुग्दै छ।

एपीडीआरका महासचिव धीरज सेन गुप्ताले टोलीले आज त्यहाँको अवस्थाको अनुगमन गर्ने बताए। ‘गोर्खाहरुको छुट्टै राज्यको माग मानव अधिकार र मौलिक अधिकार हो। धेरै पुरानो मुद्धा पनि हो। तर राज्य र केन्द्र सरकार एउटा वैध निष्कर्ष निकाल्न इच्छुक नै छैन’, गुप्ताले भने,‘पहाडमा घरि–घरि यो आवाज उठिरहनुमा सरकारकै लापरवाही छ।’ उनले एपीडीआर टोली दार्जीलिङ, कालेबुङ, खरसाङ लगायतका क्षेत्रमा पुगरे त्यहाँका शोकग्रस्त परिवारसँग कुरा गरेर वास्तविकता बुझ्ने बताए।

छुट्टै गोर्खाल्याण्ड आन्दोलनको माग गर्दै करिब एक महिना देखि दार्जीलिङ पाहाडमा बन्द, हड्ताल सहितको आन्दोलन जारी छ। आन्दोलनमा अहिलेसम्म ९ जनाको ज्यान गईसकेको छ।

मा प्रकाशित

यसमा तपाइको मत

मुख्य अपडेट बाट अन्य

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...