यस्तो छ कमल थापाले कार्यसमितिमा पेश गरेको प्रतिवेदन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई सदाका लागि समाप्त पार्न खोजिएको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा बुधवारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले पार्टीको विचार, नेतृत्व र समग्र पार्टीप्रति नै वितृष्णा र घृणा फैलाएर सदाका लागि समाप्त पार्न खोजिएको बताएका छन्।

थापाले हिन्दु राष्ट्र विरोधी, नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह र शक्ति केन्द्रहरुले संगठित र योजनाबद्ध रुपमा अभियान नै चलाएको कार्यपत्रमा उल्लेख गरेका छन्।

उनले हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर एक बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा राप्रपाको उदय हुँदै गएको पनि दाबी गरेका छन्। थापाले राप्रपाको विचारलाई सदाका लागि समाप्त पार्न चाहने गिरोह र प्रवृत्तिभित्र केही राजनीतिक दलका नेता, केही आमसञ्चार माध्यमका प्रतिनिधि, केही गैरसरकारी संस्था र नागरिक समाजका कथित अगुवाहरु लागेकाले पार्टी पंक्ति समयमै सचेत हुनु पर्नेमा जोड दिएका छन्।

कमजोर संगठनका कारण चुनाव हार्नु पर्‍यो

अध्यक्ष थापाले पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनले पार्टीको सबल र कमजोर पक्षलाई उजागर गरेको बताएका छन्। उनले पार्टीले अबलम्बन गरेको विचार र नीतिको पक्षमा बलियो जनमत भएपनि जनमतलाई भोटमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति कमजोर भएको स्वीकार गरेका छन्।

पार्टी एकीकरण पछि देशभर एकता प्रक्रियामा आफूहरु व्यस्त भएकाले वडा तहसम्म संगठन विस्तार सुदृढ गर्न नसकेको थापाले बताएका छन्।

थापाले पार्टीका अधिकांश नेताहरु राजधानी र जिल्ला सदरमुकामहरुमा नै अलमलिने प्रवृत्तिले समेत संगठन निर्माणमा नकारात्मक प्रभाव परेको बताएका छन्। थापाले पार्टी एकीकरण भएपनि केन्द्रमा कायम भएको एकताको भावनालाई स्थानीय तहसम्म सशक्त र प्रभावकारीरुपमा प्रवाह गर्न सकिएको पनि स्वीकार गरेका छन्।

ठूला पार्टीले निर्वाचनमा पैसा बाँडे

थापाले तीन ठूला पार्टीले चुनावलाई प्रभावित गर्न पैसाको चलखेल व्यापक गरेको आरोप लगाएका छन्। उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पैसाको ठूलो चलखेल गरेको र त्यसले आगामी दिनमा भ्रष्टाचार व्यापक हुने र प्रजातन्त्रको भविष्य संकटमा पर्ने संकेत देखिएको बताएका छन्।

उनले आफ्नो पार्टीले साधन श्रोतको परिचालनमा न्यूनतम आवश्यकता समेत पुरा गर्न नसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्,‘ अन्य पार्टीहरुसंग प्रतिस्पर्धा गर्ने कुरा त परै जावस हामीले न्यूनतम आवश्यकता समेत पुरा गर्न सकेनौं।’

संविधान संशोधनबारे अडानबारेको भ्रम चिर्न सकेनौं

थापाले संविधान संशोधनका विषयमा पार्टीको अडानका बारेमा कायम रहेको भ्रमलाई हटाउन नसकेको उल्लेख गरेका छन्। थापाले राप्रपा सत्ता केन्द्रित रहेको, हिन्दुराष्ट्र र राजसंस्था बोकेको पार्टी सरकारमा सहभागी हुनु उपयुक्त नभएको तथा संबिधान संशोधनको विषयमा अडान परिवर्तन गरेको जस्ता भ्रामक आरोपहरुको समय मै खण्डन र निराकरण गर्न नसकिएको पनि स्वीकारेका छन्।

प्रतिवेदनमा थापाले पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा परित्याग गर्यो भन्ने आधारहिन र अनर्गल प्रचारवाजीले समेत निर्वाचनमा प्रभाव पारेको बताएका छन्। उनले राप्रपाका विरुद्धमा योजनावद्ध र संगठितरुपमा फैलाइएको नकरात्मक प्रचार र भ्रमलाई चिर्न नसकेकाले त्यसले चुनावको परिणामलाई प्रभाव पारेको बताएका छन्। उनले एउटा निर्वाचनको परिणामले कुनै पार्टीको विचार, नीति र अडानको औचित्य र भविष्यको मुल्यांकन हुन नसक्ने बताएका छन्।

हिन्दु राष्ट्र र राजसंस्थाको औचित्य सधैँ रहन्छ

थापाले पेश गरेको प्रतिवेदनमा राप्रपा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा अडिक रहेको उल्लेख छ।थापाले नेपालको राष्ट्रिय एकता, अखण्डता र सम्बृद्धिका निमित्त सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको बहुदलिय प्रजातन्त्र, उदार आर्थिक नीति, सदृढ स्थानीय स्वायत्त शासन प्रणाली एवं राष्ट्रिय स्वाभिमानमा आधारित परराष्ट्र नीतिको पक्षमा रहेको उल्लेख गरेका छन्। उनले हिन्दु राष्ट्र र राजसंस्थाको औचित सधै रहिरहने पनि दाबी गरेका छन्।

उनले नेपालको सनातन धर्मलाई कमजोर बनाएर विदेशी धर्म स्थापित गर्ने होड चलेकाले राष्ट्रिय पहिचान संकटमा पर्दै गएको उल्लेख गरेका छन्। राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराष्ट्र र आर्थिक उदारवादको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्नु राप्रपाको मुल लक्ष्य भएको पनि थापाले प्रतिवेदनमा भनेका छन्।

हरेक वडामा संगठन निर्माण गरिने

थापाले पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्न हेरक वडामा संगठन निर्माण गर्ने बताएका छन्।थापाले भनेका छन्,‘उनले जनताको अभिमतबाट पार्टीको मान्यतालाई संस्थागत गर्ने उदेश्य प्राप्त गर्न आगामि दिनमा पार्टी संगठनको निर्माण, बिस्तार र सुदृढिकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वन गरिनेछ। सम्पुर्ण गाउँपालिका र नगरपालिकाहरुको वडा र टोलतहसम्म पार्टी संगठन विस्तार गर्नेछौं।’

पार्टीसंग आबद्ध रहेका भातृसंगठनहरुको ईकाई गाउँ/नगर तहसम्म गठन गरी सबै संगठनहरुको केन्द्रिय अधिवेशन सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ।

मा प्रकाशित

यसमा तपाइको मत

मुख्य अपडेट बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...