मुकुन्द गैरे
बिभिन्न राजनैतिक दलका नेता एवम् सांसदहरुले तत्कालीन सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकट प्राबधान गलत भएको बताएका छन् । पूर्वश्रम मन्त्री एबम नेकपा माओवादी केन्द्रका नेता लेखराज भटटले तत्कालीन श्रममन्त्रीले फ्रि भिसा फ्रि टिकटको प्राबधान ल्याउनु देख्दा जनतामा लोकप्रिय देखिए पनि कसैको व्यक्रिगत स्वार्थमा ल्याईएको दावी गरेका छन् । राजधानीमा नेकपा माओवादी केन्द्र निकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चद्घारा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित प्रतिनिधिलाई सम्मान एबम बधाई कार्यक्रममा बोल्दै पूर्वश्रम मन्त्री भटटले यो प्राबधान हतारमा सरोकारवाला निकाय संग छलफल नगरी ल्याईको भन्दै समय सान्दभिक नभएको आरोप लगाए । पूर्वमन्त्री भटटले बिचौलीया र सिन्डीकेटका माफियाको कारण वैदेशिक रोजगारमा जाने कामदार मारमा परिरहेको भन्दै यो क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीहरुले पनि आफना गलती कमजोरी सच्चाउन जरुरी रहेको बताए । माओवादी केन्द्रका नेता एबम पूर्व सांसद झक्कुप्रसाद सुवेदीले सामन्तकारी सोच भएका व्यक्तिले उत्पीडित जन्तालाई शोषण गदै आएको भन्दै कर्मचारी तन्त्रमा पनि सामन्तकारी सोच हावी भएको आरोप लगाए । पूर्वसांसद सुवेदीले मेनपावर व्यवसायले पनि उत्पीडीत बर्गका छो
राछोरीलाई उत्पीडन नगर्ने आग्रह गरे । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय तथा श्रम समितिका सभापति जेबी टुहुरेले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्यालाई गहिरो रुपमा अध्ययन गरी व्यवसायीका जायज माग सम्वोधन गर्ने आश्वासन दिए । श्रम समिती कै सदश्य एबम् सांसद् कमलादेवी शर्माले वैदेशिक रोजगार व्यवसायीहरुका मान्छेहरु नै नेता र मन्त्रीकै घरमा पैसाको ब्रिरकेट बोकेर सिन्डिकेट लगाउन हिड्ने गरेको भन्दै पहिला व्यवसायी सुत्रिन जरुरी रहेको बताईन् । वैदेशिक रोजगार व्यवसायको मुलुकको अर्थतन्त्र चलाएमान बनाउन ठुलो योगदान पुयाएको भन्दै सांसद शर्माले यस क्षेत्रलाई व्यवस्थित र प्रतिष्ठित बनाउन पहिला व्यवसायीहरु एक जुट हुन जरुरी रहेको बताईन् । वैदेशिक रोजगार क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य गर्ने आफुले पहल गरीरहेको बताउदै व्यवसायीले कामदारको हितको कुरामा पनि आवाज उठाउन आग्रह गरिन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बिमल ढकालले अहिलेको नेतृत्वले वैदेशिक रोजगार क्षेत्रमा देखिएका सिन्डिकेट हटाउन पहल गर्न आग्रह गदै त्यसको लागी यो टिमलाई आफुले पूर्ण रुपमा सहयोग गर्न प्रतिबद्घता व्यक्र गरे । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष महेन्द्र शेरचन, बलबहादुर तामाङ लगायत बिभिन्न सरोकारवाला निकायको सहभागीता थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






