प्रधानमन्त्रीको पार्टी भित्र नै किन यती ठुलो लथालिङ्ग ?

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेको २४ साउनमा दुई महिना पुग्छ । यो अवधिमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठिक्क पारेको दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने बाहेक अन्य कार्यको प्रक्रियासम्म पनि अघि बढाएका छैनन् ।न संविधानमा असन्तुष्टि जनाई लामो समयदेखि आन्दोलनमा रहेको मधेस केन्द्रित दललाई राजनीतिक धारमा ल्याउन संविधान संशोधन नै गर्न सके । न त आफु नेतृत्वको सरकारलाई पूर्णता दिन नै ।
यतिसम्म कि आफ्नो ‘किचन क्याविनेट’ पनि देउवाले एक—एक जनालाई नियुक्ति दिइरहेका छन, अहिलेसम्म पूर्ण बनाउन भने सकिरहेका छैनन् ।लामो समयदेखि नेतृत्व लिने मन्त्री नहुँदा मन्त्रालय प्रशासनीक कार्य भन्दा अन्य कुनै नीतिगत निर्णय र योगनागत निर्णय गर्न सकिरहेका छैनन् । स्थानीय तहमा भर्खरै मात्र निवाचित जनप्रतिनिधिले आफ्ना कार्य अघि बढाउन सकिरहेका छैन् । नयाँ संविधान अनुरुप जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बेगरका अधिकाशं कार्यालय स्थानीय निकाय मातहतमा राखेर जनतालाई सेवा दिनु पर्ने हुन्छ । विभिन्न मन्त्रालय अन्र्तगतका जिल्लामा रहेका कार्यालयले स्थानीय तहमा समाहित गर्न र त्यहाँका कर्मचारी व्यवस्थापन गर्न पनि मन्त्री नहुदाँ समस्या परिरहेको कर्मचारीहरु बताउँछन् । यतिका समस्या हुदाँहुदैँ पनि प्रधानमन्त्री देउवा कानमा तेल हालेर बसिरहेका छन् । समस्या समाधानका लागि उनको सक्रियता कतै देखिन्न ।सरकारमा मात्रै होइन देउवाले आफु सभापतिमा निवाचित भएर आएपछि पार्टीलाई पनि लथालिङ्ग अवस्थामा पु¥याएका छन् । महाधिवेशन सम्पन्न भएको डेढ बर्ष पुग्नलाग्दासम्म देउवाले केन्द्रिय कार्यसमिति, विभिन्न विभाग गठन गर्न सकिरहेका छैनन् । निवाचित केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी दिन सकिरहेका छैनन् ।पदाधिकारी मनोनयनका लागि केन्द्रिय कार्यसमितिमा प्रस्ताव गर्न सकिरहेका छैनन् । जसको कारण २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेस २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दोस्रोमा ओर्लिएको छ । यसको अपजस पनि पार्टी नेतृत्वकर्ताको हैसियतमा देउवालाई नै जान्छ । तर, उनी यस विषयमा पनि सचेत र सजग देखिन्नन् ।अब उनीमाथि प्रश्न गर्ने बेला भएको छ, तपाई सफल बन्ने या असफल ? हो सबैलाई कुनै पदमा पुगेपछि सफल बन्ने चाहना सबैलाई हुन्छ । तथापी देउवाको कार्यशैलीले न उनी सफल बन्नेछन, न पार्टीलाई नै सहि दिशामा अघि बढाउने छन् ।कांग्रेस मुलुककै पुरानो र ठुलो लोकतान्त्रिक पार्टी हो । विश्वले उसलाई विश्वास गरेको छ । जनताले कांग्रेस राष्ट्रिय राजनीतिको र कार्यपालिकाको नेतृत्वमा पुगेपछि मात्रै आफ्ना समस्या समाधान हुन्छन भनेर सकारात्मक भई निर्वाचनमा कांग्रेसलाई जिताउन लागि पर्छन ।तर, कांग्रेसमा भने निर्वाचनमा पाटीभित्रै अन्र्तघात जिम्मेवारी लिने बेलामा योग्यलाई भन्दा चाकडिवाजलाई, राम्रालाई भन्दा हाम्रालाई दिने प्रवृत्ति मौलाएको छ । त्यो प्रबृत्तिको अन्त्यको सुरुवात पार्टी सभापतिले नगरी अन्य कुनै नेताले गर्न सम्भव हुदैन ।त्यसैले आम कार्यकर्ताले मत मार्फत देखाएको विश्वासलाई कार्यभारका रुपमा लिएर सफल बन्ने की असफल व्यक्तिको दाग भिरेर सरकार र पार्टीको नेतृत्वबाट बाहिरिने यो देउवा आफैले सोच्ने र व्यवहारका देखाउने विषय हो ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...