
पूर्वप्रधान मन्त्री एबम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देश कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नभएको बताएका छन् । पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको भन्दै कार्यकारी राष्ट्रपति तथा अन्यमा समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिए । पहिले दलित, गरिव तथा पीछडिएका वर्गले चुनाव लड्ने अवस्था थिएन । अहिले आएर मध्यम वर्गले पनि चुनाव लड्ने अवस्था भएन प्रचण्डले भने, ‘अब त पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने देखियो । यस्तै हो भने देश गुण्डा तस्करको हातमा जाने खतरा छ । अब कार्यकारी राष्ट्रपति प्रणालीको विकल्प छैन ।’
माओवादी अध्यक्षले पहिलो संविधानसभापछि कार्यकारी प्रणालीमा जान नेपाली काङ्ग्रेस र नेकपा एमाले दुवै सहमत भएपनि दोस्रो संविधानसभामा आफूहरु विजयी भएपछि त्यसबाट पछि हटेको दाबी गरे । उनले कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्न सबै पार्टीहरुलाई सहमतिमा ल्याउन पहल गर्ने बताए । पहिले राष्ट्रपतिमा प्रचण्डले जित्ने भन्ने उनीहरुलाई डर थियो । अब त त्यो सम्भावना अहिलेलाई छैन । जित्ने उनीहरुले नै हुन,’ उनको भनाई थियो, ‘अब त काग्रेस–एमाले पनि मान्लान् कि ?’यदी सहमतिमा नआए दबाब तथा आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने चेतावनी प्रचण्डले दिए । पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो पार्टीले शहर केन्द्रीत सुधारका कार्यक्रमहरु ल्याए पनि त्यसअनुरुप भोट नआएकोमा आश्चर्य प्रकट गरे । ‘सडक चौडा पारियो, सहर उज्यालो पारियो । अन्तराष्ट्रिय सम्बन्ध सुमधर बनाएँ । तर यहाँका टाठाबाठाले बुझेनन् बरु गाउँका जनताले माया दिए,’ उनले भने, ‘यसले देखाउँछ कामभन्दा पनि सहरमा जसले पैसा खर्च गर्यो उसले नै जित्ने रहेछ ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हार–जीत हेरेरभन्दा पनि संविधान कार्यान्वयन गराउनका लागि चुनाव गराएको उल्लेख गरे । उनले जसले जिते पनि काम भने माओवादी कै गर्नुपर्ने बताए । ‘गणतन्त्र, संघीयता, समावेशी, धर्म्निरपेक्षतालगायत सबै माओवादीका एजेन्डा हुन्,’ उनले भने, ‘जसले जिते पनि माओवादीकै एजेण्डा कार्यान्वयन हुन्छ । उनीहरुले माओवादी कै काम गर्नुपर्छ ।’
उनले माओवादी एजेन्डाको जित हुँदा पनि पार्टी किन हार्यो भनेर यस बैठकले समिक्षा गरेको बताए । उनले अब माओवादीबाट टुक्रिएर गएमा मोहन वैध, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईसँग एकताको पहल गर्ने पनि बताए । त्यस्तै अब फेरि पार्टी निर्माण गर्न गाउँ फर्कने उद्घोषसमेत गरे ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






