सरकारबाट बाहिरिने उप्रधानमन्त्री गच्छदारको चेतावनी

लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष एवं उप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ट जनाउदै सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सम्झौता अनुसार मन्त्रालय नपाए सरकार छाड्ने उनको चेतावनी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेको बेला गच्छदार नेतृत्वको पार्टी स्थानीय विकास, सँस्कृति तथा पर्यटन र भूमि सुधार मन्त्रालय पाएका थिए ।अहिले पनि यी तीनै मन्त्रालय पाउनुपर्ने दावी गच्छदारले गर्दै आएका छन् तर सत्ताधारी दलले पर्यटन मन्त्रालयको सट्टामा अरु कुनै मन्त्रालय दिने भनेपछि गच्छदार आक्रोशित भएका हुन् । मन्त्री गच्छदारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्पर्क गरि सहमति अनुसार पर्यटन मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।
मन्त्रीविस्तार हुन गइरहेको अवस्थामा सबैलाई भागबण्डा मिलाउन मन्त्रालयको अभाव भइरहेको कारणले पर्यटन मन्त्रालयको सट्टा अरु कुनै मन्त्रालय लिन सत्ताधारी दलले आग्रह गरेको लोकतान्त्रिक फोरम स्रोतले जनाएको छ । तर, प्रचण्डको मन्त्रीमण्डलमा सहभागि हुने बेला र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि यिनै तीन मन्त्रालय लिएर सहभागि हुने सहमति भएको बताउँदै मन्त्रालय हेरफेर नगर्ने फोरम लोकतान्त्रिकले बताएको छ । सो पार्टीका उपाध्यक्ष रामजनम चौधरीले सहमति अनुसार मन्त्रालय नपाए सरकारकार बाट छाड्ने उनको पनि चेतावनी छ । फोरम लोकतान्त्रिकको चेतावनीपछि देउवा सरकार थप संकटमा परेको छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...