वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाउदै,यस्ता छन् ठगका अनुहार


तस्वीरमा देखिएका व्यक्ति हुन, झापाको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका जयनारायण राजवंशी । हेर्दा जति सामान्य लाग्छन्न, उनको धन्दा भने त्यति नै असमान्य छ । उनका कारण यतिवेला ७ जना नेपाली ‘घर न घाट’का भएका छन् । यिनले माल्दिभ्स पठाइदिन्छु भन्दै ७ जना नेपालीबाट २ लाख १० हजार देखि २ लाख ७० हजारसम्मका दरले करिव २० लाख रुपैयाँ उठाए । र फरार भए । त्यस क्रममा यिनका महत्वपूर्ण साझेदार रहे भोजपुरको भोजपुर नगरपालिका–४ का ज्ञान बहादुर बिष्ट ।
ज्ञान बहादुर बिष्ट
यिनिहरुको सञ्जाल यति ठूलो छ कि सामान्य व्यक्तिले सहजै अनुमान लगाउन सकिने अवस्था छैन । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्मका व्यक्तिलाई यिनिहरुले फसाएका छन् । घटनाको सुरुवात व्यक्तिअनुसार फरक–फरक तरिका र ठाउँमा हुन्छ । तर जब दाङको तुलसीपुर नगरपालिका–४ स्थायी घर भएकी निलम केसी यसमा मिसिन पुग्छिन्न, तब घटनाले अर्कै रुप धारण गर्छ । निलम काठमाडौंको धापासीमा रहेको एसओएस म्यानपावरमा बजार प्रतिनिधिका रुपमा काम गर्थिन् । र यी ७ जना उनकै सम्पर्कमा आए । निलमले नै ७ जनाको पासपोर्ट लिन्छिन् । पहिलोपल्ट खाडी मुलुकमा जाने भनेर ७ जनाले निलमलाई पासपोर्ट बुझाउँछन् । तर त्यसपछि बिचमा आउँछन्, जयनारायण राजवंशी र ज्ञान बहादुर बिष्ट । उनीहरुले माल्दिभ्सको राजधानी मालेमा माछा प्याकिङ गर्ने काममा कामदारको माग आएकोे भन्दै निलमसँग मान्छे खोजिदिन भने । ज्ञान बहादुर बिष्टसँग निलमको राम्रै चिनजान भएको बताइन्छ । जो काठमाडौंको सिनामंगलस्थित होराइजन म्यानपावरमा काम गर्दथे । निलमले आफूसँग कामको खोजीमा रहेका ७ जना व्यक्ति भएको वताइन् । र उनीहरुको पासपोर्ट पनि देखाइन् । पोसपोर्ट निलमलाई बुझाएर गएका सातै जनालाई काठमाडौं बोलाइयो । उनीहरु २०७३ फागुन १३ गते काठमाडौं पुगे । र, निलमले नै उनीहरुलाई काठमाडौंको गोंगवुस्थित नेपालगन्ज गेस्ट हाउमा बस्ने व्यवस्था मिलाइन् ।
नक्कली कामदार अनुमति पत्र
एक हप्तामै उड्ने भनेर बोलाइएका उनीहरुलाई १२ वैशाख २०७४ सम्म काठमाडौंमै राखियो । त्यसबीचमा खाडीमा भन्दा माल्दिभ्समा राम्रो काम भएको र आम्दानी पनि राम्रो हुने भन्दै जयनारायण र ज्ञान बहादुरले ७ जनालाई अनेकन प्रलोभन दिए र उनीहरुलाई माल्दिभ्स जान राजी गरियो । जसबापत व्यक्तिपिच्छे २ लाख १० हजारदेखि २ लाख ७० हजार रुपैयाँ टिकट लाग्ने भन्दै असुल पनि गरियो । तर उनीहरुले माल्दिभ्स उड्नका लागि नेपालको विमानस्थल नभइ भारतको चेन्नेईस्थित विमानस्थलसम्म जानुपर्ने भने । १३ वैशाख २०७४ मा सातै जनालाई काठमाडौंबाट बसमा नेपाल–भारत सीमा झापाको काँकडभिट्टा पुर्याइयो । त्यहाँबाट रिक्सामा चढेर नाका काट्न भनियो । त्यसपछि उनीहरु ११ दिन भारतको सीलगुढीमा बसे । सीलगुढी पछि उनीहरुलाई भारतको केरेला पुर्याइयो । भारतको केरेला र चेन्नेईमा गरी उनीहरुलाई ६० दिन त्यहाँ राखियो । त्यसबीचमा केही नक्कली कागजात पनि बनाइयो । जसमा नक्कली हवाइ टिकटदेखि माल्दिभ्सको इमिग्रेसन डिपार्टमेन्टले रोजगारका लागि अनुमति दिएको नक्कली प्रमाणपत्रसम्म पनि उनीहरुलाई देखाइयो ।
नक्कली हवाइ टिकट
जयनारायण र ज्ञान बहादुरका दलाल नेपालमा मात्र हैन भारतमा पनि थिए । जसमध्येका एक नेपालकै गोपाल नेपाली हुन् भने अर्का भारतीय नागरिक सकिल अली । गोपालले भारतमा बसेर नक्कली कागजात बनाउनेदेखि अन्य काम गर्थे भने सकिललेस्थानीय स्तरमा आवश्यक अन्य व्यवस्था मिलाउँथे ।
भारतमै मार्न खोजियो
नेपालबाट भारतको चेन्नेई पुगेर उनीहरुलाई चेन्नेइको विमानस्थलबाट २०१७ मे २९ तारिखमा उडाउने भनिएको थियो । तर त्यो दिन सेटिङ नमिलेको भन्दै उनीहरुलाई पुनः केरेला बोलाइयो । केरेलाको एक गेस्ट हाउमा बसेको बेला ७ जनामाथि नै आक्रमण भयो । विभिन्न घरेलु हतियार लिएर आएका व्यक्तिले उनीहरुमाथि आक्रमण गर्न थाले ।
आक्रमण गर्ने व्यक्तिको उनीहरुले अनुहार देख्न सकेनन् । किनकी आक्रमणकारीले मुख छोपेका थिए । ‘त्यहाँबाट बल्लतल्ल बचेर त आइयो । तर अब घर कसरी जाने ?’ काठमाडौंमा भेटिएका डडेल्धुराका एक पीडितले लोकान्तरसँगको कुराकानीमा भने, ‘विभिन्न व्यक्तिबाट ऋण मागेर २ लाख १० हजार बुझाएको थिएँ । सबै डुब्ने भयो ।’
निलम केसी भन्छिन म पनि पीडित हो’
घटनाकी मूख्य पात्र निलम केसी दुईजना व्यक्ति जयनारायण राजवंशी र ज्ञान बहादुर बिष्टबाट आफूपनि पीडित भएको बताउँछिन् ।
‘उनीहरुले मेरो पनि ३ लाख ५० हजार रुपैयाँ लगेको छन्,’ लोकान्तरसँगको कुराकानीमा निलमले भनिन्, ‘मैले उहाँ भाइहरु पीडित ७ जना लाई फसाएको हैन । मैले त कामका लागि कुरा मात्रै गरेकी हुँ । त्यसमा मेरो कुनै गल्ती छैन ।’
उनीहरु (जयनारायण र ज्ञानेन्द्र)सँग चिनाउन आफूले भूमिका खेलेपनि त्यसपछिको प्रक्रियामा भने आफ्नो कुनै संलग्नता नरहेको निलमको दावी छ । ‘उनीहरु कस्तो काममा जान लागेका हुन्, त्यसपछि के कुरा भयो मलाई केही थाहा छैन,’ निलमले भनिन्, ‘अहिले हामी सबै (पीडित ७ जना) सहित मिलेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका छौं ।’
वैदेशिक रोजगार विभागको असहयोग
ज्यान बचाएर नेपाल फर्किएका पीडितको पक्षमा काम गर्नु पर्नेमा सरकारी निकाय वैदेशिक रोजगार विभाग नै उनीहरुका लागि असहयोगी बनेको छ । पीडितहरुले वैदेशिक रोजगार विभागमा दर्ता गरेको उजुरीको शजयनारायण र ज्ञानेन्द्रविरुद्ध उजुरी दर्ता गर्न जाँदा वैदेशिक रोजगार विभागका कर्मचारीले असहयोग गरेको पीडितले बताए । ‘हामीले उजुरी दर्ता गर्न खोज्दा प्रक्रिया पुगेन, पीडितका अभिभावक पनि आउनु पर्यो भनियो,’ लोकान्तरसँगको कुराकानीमा एक पीडितले भने, ‘मुद्दा शाखामा काम गर्ने पूर्णबहादुर थापाले त उजुरी नै दर्ता गर्न मान्नुभएको थिएन । पछि १२ नम्बर कोठामा तोक लगाएर ५६६ दर्ता नम्बर रहने गरी मुद्दा दर्ता गरेका छौं । तर कर्मचारीको व्यवहार हेर्दा उनीहरुले मुद्दाको प्रक्रिया अगाडि बढाउलान् जस्तो छैन ।’पूर्णबहादुर थापा महान्यायाधीवक्ताको कार्यालयबाट विभागमा खटाइएका शाखा अधिकृत हुन् । उनले मुद्दा दर्ता गर्न खोज्दा पीडितका आफन्त पनि उपस्थित हुनुपर्ने भन्दै मुद्दाको फाइल बुझ्न नमानेको पीडितले बताए । जबकि वैदेशिक रोजगार ऐनको धारा (६१)मा वैदेशिक रोजगार ऐन विपरितको अपराध गरेको भन्ने उजुरी परे अथवा अनौपचारिक जानकारी आएमा पनि त्यसउपर छानविन गरिने व्यवस्था गरेको छ ।
स्रोत लोकान्तरबाट

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...