प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत केही घण्टा पछि मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । मन्त्रालय विवाद मिलाउन नसक्दा सरकार विस्तार लम्ब्याएका देउवाले लामो समय पछि भाग बण्डा मिले संगै सरकार बिस्तार गर्ने बाटो खुलेको हो । देउवाले आज १९ जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । हिजो राति पाटीभित्रको मन्त्रालय संख्या विवाद मिलाएपछि प्रधानमन्त्री देउवाले आज सरकार विस्तार गर्न लागेका हुन् । श्रोतका अनुसार प्रधानमन्त्री देउवाले नयाँ मन्त्रिहरुको सपथ अघि मुख्यसचिव र केही सचिवहरुलाई बालुवाटार बोलाएका छन् । मुख्यसचिवलगायतसँग छलफल गरेर सपथको समय तया हुने बालुवाटार श्रोतले जनाएको छ ।श्रोतका अनुसार दिउँसो २ बजे नयाँ मन्त्रिहरुको सपथग्रहण गराउने तयारी देउवाले गरेका छन् । गएको जेठ २४ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन उपप्रधानमन्त्रीसहित सातजनालाई सरकारमा सहभागी गराएका देउवाले आज कांग्रेसका १०, माओवादीका ६, फोरम लोकतान्त्रिकका २ र नेकपा संयुक्तबाट एक नेता मन्त्रिमण्डलमा सहभागि हुदैछन् ।सत्तारुढ दल माओवादीसँग भएको सहमतिअनुसार कांग्रेस १३, माओवादी केन्द्र ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका लागि ४ मन्त्रालय छुट्याएपनि यो पटकको मन्त्रिमण्डल विस्तारमा राप्रपा सहभागि हुने सम्भावना नरहेको प्रधानमन्त्री देउवाका सहयोगिहरुले बताएका छन् । श्रोतका अनुसार राप्रपालगायतका दलका लागि छुट्याइएका चार मन्त्रालय भने हाललाई प्रधानमन्त्री आफैले राख्ने भएका छन् । पछिल्लो सहमतिअनुसार कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय पाउनेछ ।
त्यस्तै माओवादी केन्द्रले आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ । उता फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ भने नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउनेछ । राप्रपाका लागि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण छुट्याइएको छ । अन्ततः पौडेल पक्षले ६ मन्त्रालयको दाबी गरे पनि चारमै चित्त बुझाएको छ । पौडेल पक्षले रामकृष्ण यादव, सञ्जय गौतम, यज्ञबहादुर थापा राजेन्द्रकुमार केसी सरकारमा सहभागी हुने भएका छन् । सभापति देउवा पक्षबाट मीन विक, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुने भनिएपनि देउवा पक्षका यी नामहरु सपथ ग्रहण हुनेवेला सम्म परिवर्तन हुनसक्ने नेताहरुले बताएका छन् । कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत पनि मन्त्री हुनेछन् । सत्तासाझेदार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने भएका छन् । माओवादीका तर्फबाट मन्त्रि बनाइन लागेका नामहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम दिन थालिएको बताईएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






