चिन र भारतको सम्बन्धमा प्रश्न चिन्ह ? चिनियाँ सेना थप आक्रोशित बन्दै

चीन सरकारले आफ्नो सार्वभौमसत्ता कुनै पनि मूल्यमा रक्षा गर्ने भन्दै भारतीय सीमासँगै रहेको तिब्बत क्षेत्रमा धेरै सेना खटाउने बताएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्ता अनुसार दुवै पक्षद्वारा स्वीकार गरिएको सिमानामा भारतले चौकी पार गरेर जानु चिनियाँ क्षेत्रको उल्लंघन हो नै, यो अन्तर्रािष्ट्रय नियमको उल्लंघन पनि भएको बताउ“दै आएका छन् । चीनको रक्षा मन्त्रालयले भनेको छ, भारत उसको स्थिति प्रबल हुनेछ भन्ने गलत बुझाइमा नबसे हुन्छ । साथै चिनियाँ जनमुक्ति सेनाको पछिल्लो ९० वर्षको इतिहासले ऊ चीनको सार्वभौमसत्ता र क्षेत्रको रक्षा गर्न प्रतिबद्ध छ भनेर पुष्टि गरिसकेको पनि मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार त्यस क्षेत्रमा चिनियाँ सेनाले आपत्कालिन उपाय अपनाएको छ र स्थितिलाई मध्यनजर गर्दै सैनिकको संख्या पनि बढाउन लागिएको छ ।
उनले भने, “चिनियाँ सेनालाई हल्लाउन पहाड हल्लाए भन्दा पनि कठिन छ”। यदपी उनले विवादित क्षेत्रमा रहेका चिनियाँ सेना र उनीहरुको प्रशिक्षणबारे धेरै जानकारी दिएनन् ।दुई देशबीच विवाद गत महिना भारतको सिक्किम राज्यको सीमा नजिक रहेको भुटानको दोक्लाम क्षेत्रबाट शुरु भएको थियो।

चिनियाँ सेना त्यहाँ सडक निर्माण गर्न चाहन्छ । यो सडक निर्माण भयो भने यसबाट चीनलाई सामरिक फाइदा हुन्छ भन्ने भारतले आशंका गरेको छ ।अजित डोभालको भ्रमणलाई किन महत्व दिइरहेको छैन् चीन ? ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सका राष्ट्रिय सुरक्षा सल्लाहाकारहरुको बैठक यही साता चीनमा हुँदैछ । त्यो बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले भारतको प्रतिनिधित्व गर्नेछन् ।जुलाई २७ र २८ मा हुन लागेको सो सम्मेलनमा डोभालले आफ्ना चिनियाँ समकक्षीलाई छुट्टै भेट्न सक्नेछन्। चीनले गत जुन २७ मा दोक्लाममा आफूले गरिरहेको सडक निर्माणमा भारतीय सेनाले अवरोध पुर्याएको आरोप लगाएको थियो । यसैबीच चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले डोभालको प्रस्तावित चीन भ्रमणबारे सम्पादकीय लेखेको छ । सम्पादकीयमा लेखिएको छ, “भारतले आफ्नो भ्रम छोडिदिनु पर्छ ।अजीत डोभालको चीन भ्रमण दुबै देशबीच भइरहेको विवादलाई भारतको इच्छा बमोजिम समाधान गर्नका लागि यो सही मौका होइन”।“ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहाकारहरुको बैठक एक नियमित सम्मेलन मात्रै हो जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्ने हो। यो मञ्च चीन(भारत सीमा बारेको विवाद सुल्झाउनका लागि होइन।”
भारतीय मिडियाले डोभालको भ्रमणको सिलसिलामा यो विवादको समाधान पनि निस्कनेछ भनी आशा गरिरहेको पनि अखबारले जनाएको छ । सीमा विवादबारे चिनियाँ धारणालाई दोहोर्याउँदै सम्पादकीयमा भनिएको छ, “चीन उसको इलाकाबाट भारतीय सेनालाई हटाएपछि मात्र दुई देशबीच कुने सार्थक कुराकानी हुन सक्ने विषयमा अडिग छ”। अखबारमा अगाडि लेखिएको छ, “सीमा विवादबारे डोभालले यदि लेनदेनको कोशिश गरे भने उनी निराश हुनेछन्। यस मुद्दाको विषयमा उसले लिएको अडानबारे चीन सरकारले सबै चिनियाँ जनताको समर्थन पाएको छ । चिनियाँ जनता हामी हाम्रो जमिनको एक इन्च पनि छोड्दैनौ भन्ने विषयमा अडिग छन् । – बीबीसीबाट

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...