प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले सिंचाइ र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहकाः मीन विश्वकर्माले बाणिज्य वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् । त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सिटौला समूह स् भीमसेनदास प्रधान–रक्षामन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका गिरिराजमणि पोखरेल–स्वास्थ्य, टेकबहादुर बस्नेत–सामान्य प्रशासन, शिवकुमार मण्डल–आपुर्ति, महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी–पशुपंक्षी, आशा खनाल–महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–नागरिक उड्डयन र गोपाल दहित–भुमिसुधारमन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यी मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले बाताबरण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।देउवा नेतृत्वको मन्त्रिमण्डलमा ३ जनामात्र महिला मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा नेकपा संयुक्तबाट मिथला चौधरी एवं माओवादीबाट आशा खनाल मात्र मन्त्री भएका छन् । विभिन्न महिलाबादी संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको हो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






