नेपाल चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी गर्ने सहमति

रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा सुरक्षासम्बन्धी शनिबार जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, वन्यजन्तुका अंग, सुनलगायत गैरकानुनी तवरले ओसारपसार हुन नदिन जाँच कडाइ पारी एकआपसी सूचना आदानप्रदान गर्ने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रजिअ चोमेन्द्र न्यौपाने र चीनको जिलोङ काउन्टीका कर्णेल गाओ हुइहाइ बीच नेपाल र चिनियाँ अधिकारीबीच सम्पन्न बैठकले नेपाली भूमिमा हुनसक्ने चीन विरोधी गतिविधिका सम्बन्धमा चिनियाँ पक्षले चासो व्यक्त गरेको र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रही त्यस्ता क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा सतर्कता निरन्तररुपले अपनाउने अधिकारीले प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । व्यवसायीको हित र व्यापार व्यवसाय थप प्रभावकारी बनाउन एकदिने पासका लागि प्रजिअ न्यौपानेले गरेको अनुरोधमा चिनियाँ पक्षले तेस्रो राष्ट्रका व्यक्तिसमेत आवतजावत गर्न मिल्नेगरी नाका सञ्चालन गर्ने घोषणा भइसकेको र केही समयपछि कार्यान्वयनमा आउने उत्तर दिँदै जिलोङ काउन्टीका कर्णेल गाओले दुवै पक्षद्वारा केन्द्रीयस्तरमा पहल गरी सहमति भएमा ‘वान डे पास’ लागू गर्न सकिने बताउनुभएको बताइएको छ ।
आम किसानको हितलाई मध्यनजर गरी नेपालमा उत्पादित सागसब्जी, मासुजन्य पदार्थ र विभिन्न किसिमका तरकारीजन्य वस्तु चीनको जिलुङ (केरुङ) निकासी गर्न केन्द्रीयस्तरको पहल कदमीका लागि प्रजिअले छिट्टै समन्वय संयन्त्र तयार पार्ने निर्णय गरिएको बैठकमा नेपाल तथा चीनका भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा निकायसमेतका अधिकारी सहभागी भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...