सानुले नाँचेको हेरुला मायाले बेरुलाः प्रतिभा सापकोटा

प्रतिभा सापकोटा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । मकवानपुर जिल्लामा बुवा प्रल्हाद र आमा भगवती सापकोटाकी कोखबाट जन्मिएकी उनले करिब दुई दर्जनभन्दा बढी लोक दोहोरी गीतमा स्वर दिइसकेकी छिन् । उनले हालै मात्र ‘तीज आयो’ बोलको लोक दोहारी गीत बजारमा ल्याएकी छिन् । उनै गायिका सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश ।

के गर्दै हुनुहुन्छ ?

गीतसंगीतको यात्रामा व्यस्त छु, हाल तीज विशेष स्टेज कार्यक्रममा समय दिई रहेको छु ।

तपाईको हालै बजारमा आएको गीतबारे केही बताइदिनुस् न ?

‘तीज आयो’ बोलको तीजको गीत बजारमा ल्याएको छु । यसको म्युजिक भिडियोलाई दर्शकले अत्यन्त मन पराईदिनु भएको छ । सानुले नाँचेको हेरुला मायाले बेरुला बोलको गीत सारै मन पराइदिनुभएको छ, यो गीतमा मलाई उमाशंकर जोशीले स्वरमा साथ दिनु भएको छ । केहि पहिले बजारमा आएको मेरो दोहोरी साँझ’ बोलको गीतसमेत दर्शक श्रोताले मन पराइदिनुभएको थियो। माया प्रेममा आधारित दोहोरी हो यो । दोहोरीहरुमा झुम्दा झुम्दै माया प्रेममा फस्न पुगको प्रेमका कथाहरुलाई समेटेर ल्याएको गीत हो दोहोरी साँझ । जुन समय सापेक्ष कथा हो जस्तो मलाई लाग्छ, यसमा मलाई स्वरमा मनोजसिं धामीले साथ दिनुभएको छ । जसमा शब्द संगीत मनोजजी कै रहेको छ । भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायाँकन अनि विष्णु शर्माको सम्पादन रहेको छ । प्रकाश सपुत र मुस्कान तामाङले अभिनय गरेका छन् ।

त्यो गितबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

अहिलेसम्म राम्रै प्रतिक्रिया पाएको छु । सबैले मन पराइदिनु भएको छ । आशा छ यस गीतले प्रतिभा सापकोटालाई दोहोरी गायिका भनेर चिनाउन थप मद्दत गर्नेछ भन्ने अपेक्षा गरेकी छु ।

अहिले सम्म कति वटा गाउनु भयो ?

अहिलेसम्म २ दर्जन भन्दा बढी गितहरु गाइसकेकी छु । अझै यस क्षेत्रमा केहि गर्ने इच्छा छ । लोक दोहोरी क्षेत्रको पर्याय प्रतिभा सापकोटा भनेर चिनाउने मेरो धोको छ ।

 यस क्षेत्रमा प्रवेश गरे पछि जिवनका भोगाईहरु कस्ता रहे ?

जिवनका भोगाइ यस्तै हो कहिले सुख त कहिले दुःख, कहिले आनन्द यस्तै हो चलिरहेकोछ भनुम न । जीवन धानिन्छ यस क्षेत्रमा लागेर ? जीवन धान्नु भनेको त्यस्तै हो तर म चाहिँ खुसी छु ।

कसको प्रेरणाबाट यस क्षेत्रमा प्रवेश गर्नुभयो ?

मलाई मन पर्ने क्षेत्र हो यो । ममि बाबाको प्रेरणा अनि मायाले यो क्षेत्रमा लागेकी हुँ ।

एल्बम निकाल्दा लगानी उठ्दैन भन्छन् नि ?

लगानी त कहाँबाट उठ्नु नि । जताततै पाइरेसी छ । उही स्टेज प्रोग्राम बाट चाहिँ अलि अलि कमाइ हुन्छ ।

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...