ग्लोबल फन्डले हालै गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स) सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीहरूको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो श्रेणीका यौनकर्मी जो महँगा गाडी चढ्छन् र बाहिर कमै मात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छन् । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् । उनीहरू ठूल्ठूला होटलको सम्पर्कमा हुन्छन् । उनीहरू थोरै समयमा मनग्य कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाखदेखि डेढ लाख आसपास हुन्छ ।
तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार तथा गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन, उनीहरू मोबाइलमार्फत ग्राहकसँग सम्पर्क गरेर बोलाएको स्थानमा पुग्छन् वा आफूले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि १ लाखको आसपासमा हुन्छ । चौथो प्रकारका यौन व्यवसायी ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक हुन्छन् । उनीहरू तिनैबाट आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । घर–व्यवहार चलाउन पुग्ने आम्दानी गर्ने पाँचौं किसिमका यौनकर्मीहरू उमेर ढल्कँदै गएका हुन्छन् । उनीहरू थोरै पैसाका लागि पनि यौन बेच्न तयार हुन्छन् । काठमाडौं लगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्ज आदि सहरमा यौन व्यवसाय फस्टाउँदो छ ।
एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोड रुपैयाँबराबरको कारोबार हुन्छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारी चालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मीका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भैरहेको छ त ? यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् उनीहरू ? मोजमस्तीमै उडाइरहेका छन् ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन् ? यी प्रश्नको उत्तर सहज छैन । यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भैरहेको छैन । उनीहरूको आम्दानी बालबालिकाको पढाइ तथा परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरूले भविष्यका लागि बचत गर्ने गरेका छन् । यसका अतिरिक्त घरपरिवार, आमाबुबाको पालनपोषण, औषधि–उपचारमा पनि उनीहरूको कमाइ खर्च हुने गरेको छ ।
पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अँगाल्ने युवतीहरूको संख्या बढ्दै गएको विजया बताउँछिन् । सहरमा हाइफाई जीवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाइका लागि पठाएको सीमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरू यो व्यवसायमा आएको पाइएको उनको बुझाइ छ । राजधानीमा रोजगारी पाउन मुस्किल हुने र पाइहाले पनि न्यूनतम तलबले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाका रूपमा उनीहरूले यो व्यवसाय सुरु गरेको पाइन्छ ।
बसपार्कलाई कार्यथलो बनाइरहेकी एक अधबैंसे यौनकर्मीले भनिन्, ’समाजले हामीलाई नकारात्मक दृष्टिले मात्र हेर्छ । कहिल्यै हाम्रो विवशता बुझ्ने प्रयास गर्दैन । उनीहरूले आफूले कमाएको सबै परिवारमा लगानी गरेको हुन्छ ।’
उनका अनुसार यौनकर्मी महिलाले आफूले कमाएको पैसा फजुल खर्च गर्दैनन् । सौन्दर्य प्रसाधनका सामान किन्नु परे ग्राहकलाई किन्न लगाउँछन् । मीठो खान मन लागे उनीहरूलाई नै किन्न लगाउँछन् । आफूले कमाएको पैसा फजुल खर्च गर्ने एकदमै कम हुन्छन् । कसै–कसैले यही व्यवसायबाट काठमाडौंमा घर र गाडी पनि जोडेको उनी सुनाउँछिन् । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो, अर्थात् आधा–आधा गर्नुपथ्र्यो, तर अहिले मोबाइल तथा इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ । पढेलेखेकाले त अहिले ग्राहकसँग विदेशबाट गिफ्टसमेत मगाउँछन् । धेरैजसो यौनकर्मीले आफ्ना बालबच्चा सामु आफ्नो पेसा लुकाउँछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । उनीहरूले आफ्नो अनुहार उनीहरूमा देखिरहेका हुन्छन्न, तर बूढेसकालमा कसैगरी त्यो कुरा छोराछोरीले थाहा पाएपछि उनीहरूले त्यो विवशता बुझ्दैनन् । सीधै हेंला गर्छन् ।
दुई दर्जनभन्दा बढी जिल्लामा सञ्जाल भएको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी यौनकर्मीलाई हेर्ने समाजिक दृष्टिकोणमा परिवर्तन आउन नसकेकाले उनीहरूले नागरिकको हैसियतले पाउनुपर्ने शिक्षा एवं स्वास्थ्यको अधिकारबाट समेत वञ्चित भैरहेको बताइन् । तिवारी भन्छिन– उनीहरू पनि यो देशका नागरिक हुन् । उनीहरूलाई पनि शिक्षा एवं स्वास्थ्यको अधिकार छ तर यी सबै सहजै उपलब्ध हुने अवस्था छैन । अधिकांश यौन व्यवासायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरूका सामुन्ने विकल्प पनि छैन । शान्ति भन्छिन— सानोतिनो सिलाइ, बुनाइ, कटाइको तामिल लिएर गरिने व्यवसायबाट हातमुखसमेत जोर्न सकिँदैन, अनि उनीहरू त्यही पेसामा फर्कन बाध्य हुन्छन् ।
साप्ताहिकमा पदमराज जोशीले लेखेको समाचार
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






