
वाशीङटन, आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने घोषणा गरिएको छ । यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले बताएका छन् । उत्तर कोरिया प्रतिबन्धको घोषणा पहिलो पटक गत महिनामा नै भएको थियो । उत्तर कोरियाको भ्रंमणको क्रममा जेल परेका अमेरिकी विद्यार्थीको मृत्यु्पछि यो प्रतिबन्धको घोषणा गरिएको थियो । तर यसको एकिन मितिको भने तय भएको थिएन ।
अमेरिकी विद्यार्थी ओट्टो वार्म्बिएर प्योङयाङ भ्रमणका क्रममा जेल परेको त्यसै क्रममा उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भई उनी कोमामा गएका थिए । कोमामा नै रहेको अवस्था उनको मृत्यु भएको थियो । युनिभरसिर्टी अफ भर्जि्नियाका २२ वर्षीय ती विद्यार्थी वार्म्बिएरलाई उत्तर कोरियाको विरुद्ध प्रचार गरेको आरोपमा उत्तर कोरियास्थित एक होटेलबाट पक्राउ गरी एक वर्षभन्दा बढी थुनामा राखिएको थियो । उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेर कोमामा नै उनलाई घर फर्काइएको र तर उनलाई बचाउन भने सकिएन । वार्म्बिएरको मृत्युपछि यस्ता दुखान्त घटना र निर्दोष नागरिकको हत्या रोक्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको थियो । वामबिएरको मृत्यु नै तनाव सिर्जना भएको अवस्थामा उत्तर कोरियाले हालै दुई पटकसम्म गरेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकाको रहेको छ । केही दिनअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जोबीच पनि यसै विषयमा फोनवार्ता भएको थियो । उनको कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउँदै लगेको छ भन्ने हो, ह्वाइट हाउसले जनाएको छ । उनिहरू सो कुराकानीपछि उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






